सेयर बजार ३.०४ अंकले बढ्यो

काठमाडौं /  सेयर बजार ३.०४ अंकले बढेको छ ।चालु साताको कारोबारको दोस्रो दिन सोमबार  नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो । 

सोमबार २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ । सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित