सेयर बजार ४२.१४ अंकले घट्याे

काठमाडौ । सेयर बजारले फेरि दबाबको सामना गरेको छ । नेप्से सूचक आइतबार ४२.१४ अंकले घटेर १९६४.९१ अंकमा आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचकमा गिरावट आएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । 

 यही ब्याजदर सार्वजनिक भएपछि सेयर बजारका लगानीकर्ताले थप नकारात्मक प्रतिक्रिया दिएका हुन् । हुन त ब्याजदर घटाउने र बढाउने बैंकहरुको संख्या बराबरी छ । 

 यस दिन २७८ कम्पनीको ५६ लाख ५९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ५४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र एभरेष्ट बैंक परेका छन् । 

प्रतिक्रिया

सम्बन्धित