आजको फलफूल तथा तरकारीको मूल्य, सानाे गाेलभेडा ७० रुपैयाँ

काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ७०, लोकल गोलभेडा सानो ५०, भारतीय ठूलो गोलभेडा ५०, भारतीय गोलभेडा सानो ६०, घिउ सिमी लोकल ६०, काउली स्थानिय ७०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ४०, घिरौला ३० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्ले च्याँउ प्रतिकेजी ३८० रुपैयाँ ,बन्दा लोकल ६०, गाँजर १२०, मूला सेतो ९०, भन्टा डल्लो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ७०, ब्रोकाउली ३००, कागती २००, भिण्डी ४०, न्यूरो ९०, रातो बन्दा २०० रुपैयाँले भाउ पाउँदा लोकल काक्रो १२०, अदुवा प्रतिकेजी १६० रुपैयाँ पुगेकाे समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ३५०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४५०, किबि ४००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ रहदाँ रहु माछा ३८०, छडी माछा २६०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ९०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ६४, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २००, फूजी स्याँउ २५०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ९०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ५०, कन्य च्याउ २२०, तने बोडी प्रतिकेजी ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

कृषिका कर्मचारीलाई स्पष्टीकरण दिन सूचना

गोलभेडा सानो प्रतिकेजी ४० कायम, यस्तो छ आज तरकारीको मूल्य

आजको तरकारी तथा फलफूलकाे मूल्य, गुन्द्रुक २५० रूपैयाँ

आजको तरकारी तथा फलफूलकाे मूल्य, गुन्द्रुक २५० रूपैयाँ

९ वर्षमा ३ हजार १ सय सर्किट किलोमिटर विद्युत् प्रसारण लाइन थपियो

आजको तरकारी तथा फलफूलकाे मुल्य, घटदै गयाे टमाटरकाे भाउ

तरकारी तथा फलफूकाे मुल्य, मालदह आँपकाे भाउ बढेर २ सय पुग्याे

प्रतिक्रिया