सेयर बजार ३.२१ अंकले घट्यो

काठमाडौ / सेयर बजार सोमबार झिनो अंकले घटेको छ । यस दिन नेप्से सूचक ३.२१ विन्दुले घटेर २०४८.२६ अंकमा अडिएको छ ।
यस दिन २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीतिपछि बजार लगातारजसो घटिरहेको छ । आइतबार अधिकांश बैंक तथा विकास बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएपछि नेप्से सूचक थप फराकिलो अंकले घट्यो ।
सोमबार पनि यहीक्रमले निरन्तता पाएको हो । यद्यपि, अघिल्लो दिनको तुलनामा सोमबार घट्ने दर भने साँघुरो भएको छ ।
यस दिन २६७ कम्पनीको ६६ लाख ४७ हजार कित्ता सेयर कारोबार भएको छ । ४३ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा नेपाल रिपब्लिक मिडिया र तेस्रोमा सोल्टी होटेल परेका छन् ।
सेयर बजार ३.०४ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्सेसूचक सामान्य अंकले घट्यो

सेयर बजारमा कहिले फर्किएला चमक ?

आजबाट आईपीओ निष्कासन बन्द गर्दै सोनापुर मिनरल्स, मागभन्दा बढी पर्याे आवेदन

नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा

सेयर बजार ४२.१४ अंकले घट्याे

आज सेयर बजार, बैंक–वित्तीय संस्था पनि बन्द हुने

प्रतिक्रिया