कुवेतमा एक नेपाली कारदारको मृत्यु

काठमाडौं । कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ। तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मान बहादुर भुजेलको मृत्यु भएको हो। कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको त्यहाँस्थित प्रहरीले जनाएको छ।
विगत १६ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएका मृतक भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए। उनकी श्रीमती पनि कुवेतमै रहेकाले घटना बारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ। पतिको शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन दूतावास र गैरआवासीय नेपाली संघ एनआरएन कुवेतलाई उनले अनुरोध गरेकी छन्।

उत्तराखण्डमा पहिरोमा बेपत्ता १७ को खोजी कार्य जारी

मणिपुरमा महिलालाई नग्न घुमाएको घटना, किन र कसरी भयो यस्तो आक्रमण ?

एनआरएनए कतारको अध्यक्षमा जैबी राई चाम्लिङको उम्मेदवारी घोषणा

दार्जिलिङमा पञ्चायत निर्वाचन हुँदा इलामको पशुपतिनगर नाका शिल : बजार सुनसान …

एसकेएमको घरदैलो अभियान जारी

गान्तोक देउराली क्षेत्रमा सफाई अभियान

पदम गुरुङलाई न्याय दिलाउन एसडीएफकाे माग

प्रतिक्रिया