भानु जयन्तीमा गण्डकी सरकारले सार्वजनिक बिदा दिने

पोखरा । भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपसचिव शुरणप्रसाद शर्मा पौडेलले बताए ।


प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने बताइएको छ । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्य तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ आसार २९ गते जन्मिएका थिए । असार २९ गते देशभर भानु जयन्ती मनाउने गरिन्छ ।
 

प्रतिक्रिया

सम्बन्धित