दार्जिलिङमा पञ्चायत निर्वाचन हुँदा इलामको पशुपतिनगर नाका शिल : बजार सुनसान , पर्यटकहरू आधाबाटाेबाटै फर्किए

इलाम । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुने पञ्चायत जनरलका कारण नेपाल सँग जोडिएको सिमाना इलामको पशुपतिनगर नाका शिल गरिएको छ । इलामको पशुपतिनगर नाका शिल भएपछि बजार सुनसान हुन पुगेका छन् भने दार्जिलिङ घुम्न आएका पर्यटकहरू आधाबाटाेबाटै फर्किएका छन् ।
निर्वाचनलाई मध्यनजर गर्दै नाका तीन दिनका लागि शील गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । बिहीबार साँझ ५ बजे शील गरिएपछि शुक्रवार र शनिवार बजार सुनसान भएको हो । नाका सञ्चालन हुँदा ‘भारत, बङ्गलादेश, भुटानलगायत पर्यटक आउने र व्यवसाय चहलपहल हुने गरेको त्यहाँका व्यापारीहरू बताउँछन् ।
नाका नै शिल भएपछि पर्यटकहरूको आगमन सुनसान हुँदा व्यापार शून्य बनेको व्यवसायीहरू बताउँछन् । दार्जिलिङमा आज उक्त निर्वाचन हुँदैछ । आज बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

उत्तराखण्डमा पहिरोमा बेपत्ता १७ को खोजी कार्य जारी

मणिपुरमा महिलालाई नग्न घुमाएको घटना, किन र कसरी भयो यस्तो आक्रमण ?

कुवेतमा एक नेपाली कारदारको मृत्यु

एनआरएनए कतारको अध्यक्षमा जैबी राई चाम्लिङको उम्मेदवारी घोषणा

एसकेएमको घरदैलो अभियान जारी

गान्तोक देउराली क्षेत्रमा सफाई अभियान

पदम गुरुङलाई न्याय दिलाउन एसडीएफकाे माग

प्रतिक्रिया