गान्तोक देउराली क्षेत्रमा सफाई अभियान

गान्तोक / राष्ट्रिय तथ्याङ्क कार्यालय क्षेत्रीय कार्यालय, गान्तोकले सार्वजनिक स्थानहरूमा विशेष गरी बजार क्षेत्र, बस वा ट्याक्सी स्ट्यान्ड वरपरको सामुदायिक सरसफाई अभियान सञ्चालन गरिरहेको छ। वार्ड पार्षद नोर्बु तामाङको सहयोगमा देवराली-पानीहाउसमा एक दिने सरसफाई अभियानको आयोजना गरेको थियो।

अभियानमा कार्यालयका क्षेत्रीय, प्रशासनिक अधिकारीहरु र कर्मचारी र १५ पानीहाउस वार्डका प्रतिनिधिसहित ६० जनाको सक्रिय सहभागिता रहेको थियो। सम्पूर्ण टोलीलाई तीन समूहमा विभाजन गरिएको थियो र यी समूहहरूले तीन फरक क्षेत्रहरूमा अभियान चलाएका थिए। समूहले देवराली स्कूल रोड र सिलगढी ट्याक्सी स्ट्यान्ड र वर्किंग वुमेन्स होस्टेलदेखि इन्दिरा बाइपाससम्मको फुटपाथ र देवराली स्कूल क्षेत्र आमदो गोलाई सफाई गरेको थियो। अभियानका क्रममा सहभागीहरूले फोहोर सङ्कलन र फोहोर फाल्ने मात्र नभएर फेस मास्क, प्लेकार्ड तथा ब्यानर प्रदर्शन गर्ने र सार्वजनिक स्थानमा स्वच्छताको महत्त्वबारे सचेतना र सन्देश फैलाउन ब्लिचिङ पाउडर छर्केका थिए। उपस्थित दुई पर्यवेक्षकहरूले अभियानको समन्वय र व्यवस्थामा सन्तुष्टि व्यक्त गरे र सिक्किम राज्यमा उच्च स्तरको सरसफाई र आम जनतामा स्वच्छताको बारेमा उच्च स्तरको चेतनाको प्रशंसा गरे। सरसफाई अभियान आम्दो गोलाईमा समापन भयो। दुबै पर्यवेक्षकहरूलाई परम्परागत खदा प्रदान गरेको द रिपब्लिक इन्डियन डटकमले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित