बेलबारीमा विरहीको अनुसन्धानात्मक कृतिले नयाँ इतिहास रच्दै

सुन्दरहरैँचा / माेरङ बेलबारीका सञ्चारकर्मी तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति ‘बेलबारीको साहित्यिक इतिहास’ ले अनलाइनकाे माध्यमबाट माग तथा बिक्री भएर पूर्वमा नयाँ इतिहास रच्न सफल भएको छ ।

प्रकाशोन्मुख अवस्थामै रहेको कृतिलाई अग्रिम भुक्तानी विधिबाट बिक्री गर्न आफू इच्छुक रहेको भनेर सूचना प्रवाह गरेको एक हप्ता नबित्दै ३ सय प्रति बिक्री भएर पूर्वमा नयाँ इतिहास रच्न सफल भएको पुस्तकका लेखक विरहीले दाबी गरे । कृतिलाई अग्रिम भुक्तानी प्रणाली मार्फन बिक्री गर्ने सूचना समाजिक सञ्जालमा पोस्ट भए पछि देशविदेशका शुभचिन्तक तथा पाठकहरूले विरहीकाे खाेलमूलक साहित्यिक कृतिकाे ग्राहक बन्न इच्छा प्रकट गरेका हुन् ।

पुस्तक प्रकाशन नहुँदै पाठकले देखाएको रूचिले आफूलाई हौस्याएको विरहीले उल्लेख गरे ‘साहित्यलाई माया गरौँ, कृति मागेर होइन किनेर पढौँ’ भन्ने उद्देश्यका साथ आफूले यो अभियानको सुरूवात गरेको उनले बताए ।

कृतिमा बेलबारीको २०१३÷१४ सालदेखि हालसम्मको साहित्यिक इतिहास , साहित्यिक पुस्तक प्रकाशन गर्ने तथा लामो समयदेखि साहित्य साधनामा लागेर पनि कृति प्रकाशन गर्न नसक्ने लेखक तथा स्रष्टाको परिचय तथा बेलबारीमा गठन भएका साहित्यिक सङ्घ–संस्था तथा सञ्चार मिडियाको समेत परिचय समेटिएकाे उल्लेख गरिएको छ ।

कथा, उपन्यास, गजल, बालकथा, तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका यस अघि नै ‘कहालीलाग्दा गोरेटाहरू’ (उपन्यास –सहलेखन) २०५५, ‘आमाको माया’ (उपन्यास) २०५६, ‘सुस्केरा (सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजलसङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१ जस्ता आधा दर्जन साहित्यिक कृति बजारमा आइसकेका छन् । यो उनकाे आठौँ कृतिको रूपमा बजारमा आउन लागेको हो ।

लामाे समय देखि बेलबारीलाई कर्मथलो बनाएर साहित्य साधना गरिरहेका विरहीले माेफसलकाे साहित्यिक क्षेत्रलाई चिनाउने अभिप्रायले यो कृति बाहिर ल्याउँने प्रयास गर्नु सकारात्मक पक्ष भएको अधिकाश स्रष्टाहरूकाे समेत धारणा रहेको छ। यहाँका पूर्व सासद तथा साहित्यकार हर्कमान तामाङले साहित्यलाई पाठकसँग जाेडने भरपर्दाे विधिकाे रूपमा विरहीकाे प्रकाशोन्मुख कृतिले काम गरेकाे उल्लेख गरे। `एउटा गतिबाट चलिरहेको माेफसलकाे साहित्यलाई नयाँमाेडकाे रूपमा अघि बढाएकाे छ´ तामाङले भने `पुर्वमा याे साहित्यिक कृति बिक्री गर्ने पहिलाे विधि भएकोले यसकाे विकास गरेर पुस्तक मागेर हाेइन किनेर पढ्नु पर्छ भन्ने सन्देशकाे विकास गर्न अझै जरुरी छ´।

कृति प्रकाशन गरेर उपहारमै सिद्धाउनु पर्ने बाध्यता रहेको बेलामा सुरू गरिएको यो अभियानले लेखकलाई उचित सम्मान गर्ने स्रष्टा आचार्य अ.को बुझाइ रहेको छ । मङ्सिर भित्रमा बजारमा आउने यस पुस्तकले प्रकाशन नहुँदै पाठकले रूचाएकोले खोज तथा अनुसन्धानमूलक कृतिको माग रहेको कुरालाई पुष्टि गरेको सुन्दरहरैँचा साहित्य विकास समितिका अध्यक्ष छविवैरागी घिमिरेले बताए।

लामो समयदेखि लेखन तथा पत्रकारिता पेसा अपनाउँदै आएका विरहीले भागबण्डाका आधारमा गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठानमाप्रति विमत्ति समेत जनाउँदै आएकाे बेलबारीका सक्रिय सञ्चारकर्मी तथा समाजिक व्याक्तित्व नरेन्द्र बस्नेतले बताए ।प्रज्ञा–प्रतिष्ठानजस्तो नगरकै गरिमा बोकेकाे संस्थाको गठन दलीय भागबण्डाको आधारमा नभई योग्यता, क्षमता तथा योगदानका आधारमा हुनु पर्ने विरहीकाे अडान रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित