डेंगु संक्रमणबाट साहित्यकार राधा रमाको निधन

इटहरी / इटहरीकी चर्चित साहित्यकार राधा नेपाल (राधा रमा) को निधन भएको छ ।डेंगु संक्रमणबाट ग्रस्त भएकी साहित्यकार राधा रमा घरमै आराम गरी बसेकोमा आज बिहान स्वास्थ्य अवस्था जटिल भई उपचारार्थ काठमाडौँस्थित एक अस्पताल लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषित गरेको पारिवारिक श्रोतले जनाएको छ ।

झापाको दुर्गापुर माइती भएकी साहित्यकार राधा रमा गजल र मुक्तक विधामा बढी कलम चलाउँथिन् । यसका अतिरिक्त कविता र लघु कथा लेखनमा पनि उनको रुची रहेको थियो ।
इटहरीको नमस्ते एफएममा उनले लामो समयसम्म साहित्यिक कार्यक्रम सृजना बाटिकासमेत सञ्चालन गरेकी थिइन् । नेकपा एमालेनिकट साहित्यकारहरुको संगठन प्रगतिशील लेखक संघमा पनि उनको आबद्ध रहेको थियो । रमाका दुई छोरी, एक छोरा र श्रीमान् छन् । दिल्लीमा रहेकी जेठी छोरी आएपछि काठमााडौँमै साहित्यकार राधा रमाको दाहसँस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित