पूर्व सांसद तथा साहित्यकार तामाङको ब्रुनोको देशमा लाेकार्पण

सुन्दरहरैँचा / माेरङकाे बेलबारी स्थित साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङको चौथो कृति ब्रुनोको देशमा कथासंग्रह शनिवार लाेकार्पण भएको छ । बेलबारी ३ मा रहेको आदिबासी जनजाति महासंघको सभाहलमा साहित्यकार तामाङकाे कृति सार्वजनिक भएको हाे। उनकाे सो कृति बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई, प्रा.डा.टंक न्यौपाने लगायतले संयुत्त रुपमा बिमोचन गरेका थिए ।

कृतिमा ९ वटा कथाहरू संग्रहित रहेका छन । साहित्यकार तामाङको पुस्तक बेलबारी साहित्य बिकास समितिले प्रकाशन गरेको हो । यस क्षेत्रबाट सांसद बनिसकेका तामाङ पछिल्लो समय साहित्य तथा लेखनमा सक्रिय छन् । पुस्तक विमाेचन कार्यक्रम आयाेजक समिति अध्यक्ष तिला गौतमको सभापतित्व तथा सचिव धनजित पराजुलीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित