बेलबारीमा नथाक्ने मान्छे सार्वजनिकीकरण

सुन्दरहरैँचा / माेरङकाे बेलबारीमा गजलकार जे बी थुलुङकाे गजल संग्रह नथाक्ने मान्छेको दोस्रो संस्करण सार्वजनिकीकरण भएको छ । स्रष्टा समाज बेलबारीकाे आयाेजनमा मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा कार्यक्रम भएको थियाे । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख डि पी राई थिए । विशिष्ट अतिथिहरूमा वरिष्ठ कलाकार मधु गुरूङ तथा साहित्यकार इरान राई रहेका थिए ।

विगत बर्षमा प्रथम पटक प्रकाशित भएको थुलुङकाे कृती दोस्रो संस्करणका रूपमा बजारमा आएकाे हाे । गजल सङ्ग्रहमा ६५ वटा गजल सिर्जनाहरू रहेकाे गजलकार थुलुङले जानकारी दिए । कार्यक्रममा टीका आत्रेयले पुस्तक माथि विचार व्यक्त गरेकी थिइन् । कलाकार साजन राई, गजलकार सुविद गुरागाईँद्वारा पुस्तकभित्रका गजल वाचन र शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित