बेलबारीमा लालिगुराँसकाे जेष्ठ नागरिक सम्मान            

सुन्दरहरैँचा /  माेरङ बेलबारीकाे  पुरानो संस्था लालीगुराँस सहकारीले कुँशे औँसीको अवसर पारेर बुबा सम्मान नाम दिएर जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।     बेलबारी ३ मा मुख्य कार्यालय रहेको संस्थाको सभाहलमा आयोजित कार्यक्रममा जेष्ठ नागरिकलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दिलप्रसाद राई, संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले संयुक्त रुपमा जेष्ठ नागरिकहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले सहकारीले बचतको बानीको विकास गराउँदै चाहिएको बेलामा त्यही बचतबाट ठूलो गर्जो टार्न सहयोग पुगेको बताउँदै जेष्ठ नागरिकलाई  सम्मान गर्नु राम्रो काम रहेको बताए । तनावले दुःख प्रदान गर्ने, रोग बढाउने बताउँदै नगरप्रमुख राईले जेष्ठ नागरिकलाई तनावरहित जीवन जिउन पनि आग्रह गरे । नगरप्रमुख राईले बुबाहरूको स्वास्थ्यलाभको कामनासमेत गरे ।   संस्थाका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदीले जेष्ट नागरिकको आशीर्वाद लिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए । जेष्ठ नागरिक बुबा आमाको आसिर्वाद पाइरहने आसा पनि व्यक्त गरे ।

कार्यक्रममा १६ जना सहस्यका बुबा तथा ससुराबुबालाई सम्मान गरिएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए । अध्यक्ष गौतमले विगत लामो समयदेखि संस्थाका ७० वर्षमाथिका सदस्यका आमा बुबाहरूलाई सम्मान गर्दै आएको बताए । सम्मानित हुन पाएकोमा सम्मानित जेष्ट नागरिकहरूले खुसी व्यक्त गरेका थिए । उनीहरूले संस्थाको सफलताको कामनासमेत गरे ।

   कार्यक्रममा बेलबारी उद्योग वाणिज्य सङ्घका कार्वाहक अध्यक्ष राजेशजङ्ग कार्की, पूर्व अध्यक्ष तथा संस्थाका सल्लाहकार हरिप्रसाद सुवेदी, सल्लाहकार तथा पधाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।    ८ हजारबाट सुरु संस्थाको हाल ३७ करोडको पूजी रहेको छ । ३२ सयको हाराहारीमा सदस्य रहेकाे पनि सहकारीले जनाएको छ । संस्थाकी उपाध्यक्ष कन्चन बुढाथोकी शुभकामना मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन भने संस्थाका सचिव नारायणप्रसाद आचार्यको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित