कवि रेखा सुवेदी सहित विभिन्न सष्टाहरू सम्मानित

सुन्दरहरैंचा / विगत ३ दशक देखि साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान सञ्चालन गरिरहेको ‘साहित्य सन्ध्याले २०४३ सालदेखि नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने एकजना राष्ट्रियस्तरको साहित्यकार तथा अन्य चारजना स्रष्टालाई काठमाडौंमा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरेको छ ।

यस वर्ष रु.१५ हजार राशिको २०७८ सालको साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ ले मोरङको बेलबारी निवासी क्रियाशील कवि रेखा सुवेदीलाई सुशाेभित गरिएकाे छ । तेसै गरि क्रमशः रु.१० हजार राशिको ‘साहित्य सन्ध्या–कृष्णप्रसाद–बालकुमारी पुरस्कार तथा सम्मान’ सामाजिक रूपान्तरण अभियानका अभियन्ता, नारायणप्रसाद भण्डारीलाई प्रदान गरिएको छ। साथै रु.१० हजार राशिको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ निशा रोका मगरलाई तथा रु.२ हजार ५ सय राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्रखर कवि डम्बर पहाडीलाई प्रदान गरियाे । साथै रु.२ हजार ५ सय राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ साहित्यकार विन्दु अधिकारी ढकाललाई र रु.१० हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया–हरिप्रसाद चापागाईँ साथै नियात्रा पुरस्कार तथा सम्मान’ नियात्राकार डा.फणीन्द्रराज निरौलालाई समर्पण गरियाे ।

उक्त पुरस्कार अर्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति गंगाप्रसाद उप्रेतीले कार्यक्रमकाे समुद्घाटन गरेका थिए । अग्रज पत्रकार भैरब रिसाल विशिष्ट अतिथि रहेकाे सम्मान कार्यक्रममा प्रा.डा.कृष्णप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।कार्यक्रमकाे संचालन साहित्यकार रमेश पाेखरेलकाे सञ्चालन तथा वरिष्ठ साहित्यकार राम विनयकाे अध्यक्षतामा सम्पन्न भएको थियाे।

प्रतिक्रिया

सम्बन्धित