लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार डा. नवराज लम्साललाई

सुन्दरहरैंचा /    लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९ डा. नवराज लम्सालको महाकाव्य अग्निलाई प्रदान गरिने निर्णय भएको छ ।  लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा डा. लम्सालकाे कृतिलाई पुरस्कार प्रदान गरिने  उल्लेख गरिएको छ ।विज्ञप्ति जारी गर्दै ५० हजार रुपैयाँ राशिको पुरस्कार डा. लम्सालको महाकाव्य अग्निलाई दिने जनाएको हो । 

    स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट डा. नवराज लम्साल रचित ‘अग्नि’ महाकाव्यलाई ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९’ प्रदान गरिने भएको हाे।


  
    डा. लम्सालको अग्नी महाकाव्यलाई सुदूर पश्चिम साहित्य समाजले यस अघिनै १ लाख ११ हजार १ सय ११ सहित २०७८ को पुरस्कार घोषणा गरिसकेको छ । डा. लम्सालको उक्त कृति मदन पुरस्कार र पद्मश्रीको उत्कृष्ट सूचीमा समेत परेको छ । डा. लम्सालका कर्ण,धरा र अग्नि सहित ३ महाकाव्य, ३ कवितासङ्ग्रह र २ गीतसङ्ग्रह प्रकाशित छन् । रेडियो नेपालमा समेत कार्यरत रहेका डा. नवराज लम्साल राष्ट्रिय स्तरमा समेत ख्याति कमाएका बहुमुखी प्रतिभाका धनी छन् । असाध्य मिठाे बाेल्ने क्षमता भएका  डा. लम्सालद्वारा रेडियोमा नेपालमा २०५४ सालदेखि  सञ्चालित साहित्य कार्यक्रम मधुवन साहित्यिक क्षेत्रमा निकै चर्चित कार्यक्रम अन्तर्गत  गर्दछ । डा.नवराज लम्सालले लाेकगीत विधामा विद्यावारिधी समेत गरेका छन् । डा. लम्सालद्वारा रचना गरिएका  गीत तथा साहित्य सिर्जनाहरू नेपाली गीत संगित क्षेत्र तथा साहित्य विधामा  निकै चर्चित छन् ।

    तेसै गरि ‘लालबन्दी नगर वाङ्‌मय परिषद् स्थानीय प्रतिभा पुरस्कार -२०७९’ नेपाली भाषा तथा साहित्य सेवक एवम् सञ्चारकर्मी क्षितिज विश्‍वकर्माले पाउने भएका छन् । स्थानीय प्रतिभा पुरस्कारको राशि रु.१० हजार रहेकाे छ । 

     परिषद्ले ‘लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०७९’ का लागि उत्कृष्ट दश कृतिहरू समेत केही दिन अघि प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको थियो ।
लालबन्दी नगर वाङ्‌मय परिषद् केही बर्ष अघि देखि भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापना गरिएको हाे।

प्रतिक्रिया

सम्बन्धित