पुरस्कारका लागि छनोटमा परेका दश कृतिहरू सार्वजनिक

सुन्दरहरैंचा / लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९’ का लागि छनोट भएका दश कृतिहरूको नाम उक्त परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्‌गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्‌मय परिषद्ले एक विज्ञप्ति मार्फत् दश कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरू सहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा वर्णानुक्रमानुसार
अग्नि – डा. नवराज लम्साल , उज्यालो कर्णाली – प्रतीक ढकाल, तेल भिसा – सुरेन्द्र अस्तफल, तृषा – सुशीला पौडेल, देखेको देश – मोहन मैनाली, प्रिय मौनता – डा. नेत्र एटम, भ्रूण प्रश्‍न – टीका आत्रेय, मरीचिका – महेश थापा, यादको सन्दुक – दिपा मेवाहाङ राई, याम्वुनेर – बिना थिङ , कृतिहरू छनोटमा परेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

वाङ्‌मय परिषद्लाई प्राप्त १ सय २८ कृतिहरूमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका दश कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्‌मय परिषद्ले पुरस्कृत गर्ने भएको छ । सम्मान तथा पुरस्कार छनोट समितिले उक्त दश कृतिहरूमध्येबाट पुन: एक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९ प्रदान गरिने छ । पुरस्कारको राशि रु. ५० हजार र सम्मानपत्र रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित