इटहरीकी कवि टीका आत्रेय राष्ट्रिय कविता महोत्सवमा पहिलो

सुन्दरहरैंचा / नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने राष्ट्रिय कविता महोत्सव २०७९ मा इटहरीकी कवि टीका आत्रेयको कविता पहिलो भएको छ । आत्रेयकाे ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको हाे । आत्रेय जनता बहुमुखी क्याम्पस इटहरीकी उप प्रध्यापक समेत हुन् । छन्द कविता विधामा आत्रेय उत्कृष्ट कविता सिर्जना गर्ने नारी कवि अन्तर्गत पर्छिन्। तेसै गरि प्रतियोगितामा धादिङका कवि यात्रीप्रकाश पाण्डेको ‘आगोमा फुलेको देश’ कविता दोस्रो भएको छ ।

साथै भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’ शीर्षकको कविता तेस्रो भएको छ । साथै सुनसरीका कवि किरण शिवाको ‘बुवाको सिलाइ मेसिन’ र अछामका कवि कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ शिर्षककाे कविता तेस्रो भएको थियाे ।

प्रतियाेगितामा उत्कृष्ट भएका कविताहरुलाई पुरस्कृतकाे लागि छनाेट गरियाे । प्रतियाेगितामा देश विदेशका गरि करिव ५ सय ८८ कविहरुकाे सहभागिता रहेको थियाे ।प्रतिष्ठानले असार ९ गते आफ्नो ६५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौमा प्रतियोगिता गरेको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित