कविता : सरकारलाई प्रश्न ? प्रिन्स-प्रमाेद कुमार ढकाल

ए सरकार !
बा र ठूलाबा हरूले
भन्दाभन्दै
नमानेर लडियाे
तिम्रो खाेक्राे बाेलीमा लागेर
२०४६सालमा
प्रजातन्त्रको लडाइँ

तिम्रै खाेक्राे बाेलीमा लागेर
फेरि
अझै बढी मागकाे साथमा लडियाे
२०५२सालमा
जनयुद्ध – लाेकतन्त्रकाे लडाइँ

यतिले पनि
नपुग्ने देखेपछि
तिमीले फेरि खाेक्राे भाषण गर्याै
२०६४सालमा
र लागियाे
पुन:
गणतन्त्रको लडाइँ

जहाँ
हरेक चिज
तिम्रो ग्राण्डं डिजाइन
अन्तर्रगत नै थियोे

र पाईयाे
तिमीले भने अनुसारकै
उपलब्धि पनि …

तर
ती सबै
तिमीलाईनै कमी भईरह्याे
कहिल्यै दिन सकेनाै
देशलाई
तिमीले युद्धताका
गरेको वाचा अनुरूप
विकासको राहत
उधाेग-उत्पादन ,राेजगार र शान्ति

अन्ततः
तिमीपनि
पहिलेकै
राजनीतिज्ञ जस्तो
आफ्नै सत्ता लिप्साकाे
आफ्नाे र आफ्नैकाे
पाेल्टा भर्ने खेलमा लागिरह्याै

सम्झना आउँछ
त्यसताका
बा र ठूलाबा हरूले
सम्झाउँदै भनेका कुरा
कि यी सबै
खाेक्राे कुराहुन भनेर ….
कि देखिसकेका छाैं
तिम्रा
एकलकाट्टे पाराहरू
२००७साल देखि
२०१७साल सम्ममा
पाएकाे
राजनीतिक उपलब्धि विरूद्द
तिमीले मच्चाएको
तिम्रो मनाेमानि,
सत्तालिप्सा र
आफू र आफ्नैकाे
पेट भर्ने खेल

र पनि
लागियाे तिम्रै पक्षमा
र त्यसैले आज
पश्चातापकाे अग्निमा
जलिरहेछ मन
जीवनकाे दुई पुस्ता(जेनरेशन)
समाप्त हुंदाकाे समय सम्म
नभएको
राजनीतिक स्थिरता
र यसले
पुनः मच्चाएको
भयावह किसिमको
लुटकाे तन्त्र
या
त्यो भन्दा
वत्तर हालात हेरेर

यदि
विगतका युद्धमा
शहिद भएका
शहिदहरूकाे आत्मा
नरूदाे हाे त
या
ती शहिदहरूकाे अपमान
नहुंदाे हाे त
या
ती शहिदहरूका आमा
र परिवारहरूकाे आँशुले
न धिकार्दाे हाे त
या
नथुक्दाे हाे त
या
याे मनमा
उनिहरूकाे बलिदानकाे कदर
नहुंदाे हाे त
या
उनिहरूकाे माया
नहुंदाे हाे त
या
उनिहरूलाई ईज्जतले
सलाम नगर्नु पर्दाे हाे त
बिचार गरेर
पुनः
भन्ने बेला आइसकेको छ
सरकार !
देशमा के
निर्दलियता नै ठिक थियो त

प्रिन्स-प्रमाेद कुमार ढकाल , विराटनगर -१०

प्रतिक्रिया

सम्बन्धित