कवि तथा साहित्यकार धनकुटे कान्छा वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कारबाट सम्मानित हुने

झापा । कवि तथा साहित्यकार धनकुटे कान्छा वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार २०७९ बाट सम्मानित हुने भएका छन् ।उनलाई नगद १० हजार र ताम्रपत्रसहित उक्त पुरस्कार राजधानीमा श्रमिक दिवसका दिन अर्पण गरिने वनिता प्रकाशनकी प्रकाशिका तथा प्राज्ञ लक्ष्मी उप्रेतीले बताइन् ।

नेपाली भाषा साहित्यमा स्थापित वनिता प्रकाशनले हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, पत्रकारिता, गीत, संगीत लगायतका विधामा स्रष्टाहरुलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रम दयाराम श्रेष्ठ सम्भव, दिनेश अधिकारी लगायतका स्रष्टाहरु सम्मानित हुँदै छन् । झापा दमकलाई कार्यक्षेत्र बनाइ तीन दशकदेखि साधनारत धनकुटे कान्छा युवा वर्ष मोतीराम साहित्य पुरस्कार लगायत राष्ट्रिय पुरस्कारबाट सम्मानित स्रष्टा हुन् । उनी दमक प्रज्ञा प्रतिष्ठानका कार्यसमिति सदस्य समेत हुन्। उनका ५ वटा कृति प्रकाशित छन् भने सम्पादनका क्षेत्रमा समेत उनी सक्रिय छन्।

प्रतिक्रिया

सम्बन्धित