सुन्दरहरैंचा दर्पण लोकार्पण

सुन्दरहरैंचा / सुन्दरहरैंचा कला साहित्य विकास समितिकाे आयाेजनामा भएको कार्यक्रममा नगरका ३१ जना कविहरुको संयुक्त कविता संग्रह सुन्दरहरैंचा दर्पण लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, विशिष्ट अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने तथा अतिथिहरु डा. दिवाकर रेग्मी, दधिराज सुवेदी, डा. भोलानाथ पोखरेल, आचार्य अ, मोहनप्रसाद काफ्ले, बम देवान, गायक रामा मण्डल तथा लक्ष्मी सिर्जन बजगाईं लगायतले संयुक्त रुपमा सङ्ग्रहको लोकार्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख ढकालले साहित्यकारसँग आफ्नो न नजिकको न टाढाको सम्बन्ध रहेको बताए । उनले भाषा , कला तथा साहित्यकाे विकासका लागि नगरमा आफुले सकेको साथ सहयाेग उपलब्ध गराएकाे उल्लेख गरे । कार्यक्रममा भाषाविद् प्रा. डा. टङ्क न्यौपाने , साहित्यकार आचार्य अ , प्राज्ञ दधिराज सुवेदी लगायतले बाेलेका थिए ।

कार्यक्रममा डा. दिवाकर रेग्मीले लोकार्पित पुस्तकमाथि समीक्षा गरेका थिए । कविता नभएको भए सभ्यताको विकास असम्भव रहेको उनले उल्लेख गर्दै पुस्तकका सबै सर्जकहरुकाे रचना उत्कृष्ट तथा महत्त्वपूर्ण भएको बताए ।

उत्त कार्यक्रममा रोहिणी रसिक, बम देवान, पशुपति पराजुली, चन्द्र सम्बाहाम्फे, लक्ष्मी अच्युत ढुङ्गाना लगायतले आआफ्ना सिर्जना वाचन गरेका थिए । साे कार्यक्रममा साहित्यकार मोहनप्रसाद काफ्ले तथा गायक तथा संगीतकारद्वय रामा मण्डल र लक्ष्मी सृजन बजगाईंलाइ सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरेको सभापतित्वमा कार्यक्रम भएको थियाे । कार्यक्रममा आयाेजक समितिका उपाध्यक्ष दीपक न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सुन्दरहरैंचा नगरपालिकाकाे व्यावस्थापनमा भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित