साहित्यकार भुसालको उपन्यास ‘विवाह रेखा’ सार्वजनिक

अर्घाखाँची / साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास ‘विवाह रेखा’ सार्वजनिक भएको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क मा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् । विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको ‘परिवेश’ कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित