कविता : डोबहरु – नवराज मैनाली

उ जाँदै गर्दा
फर्केर हेर्यो
आफ्ना पाइलाहरुको
डोब कत्ती रहे
कत्ती मेटिए

कति डोबहरुले पछ्याए
कति डोबरुले बिर्सी दिए

पछ्याने डोबहरु
उस्का सहयात्री भए

बिर्सिने डोबहरु किनारा लागे।

उ जाँदै गर्दा झस्कियो
कतै कुनै डोबहरु मेरो
प्रती बिम्बित ऐना
भएर कसैलाई झुक्याएन?

अन्त्यमा उस्ले फेरि
पैतला अघि सार्दै
नया डोबहरु छोड्दै गयो।

केही डोबहरुमा
पसिना बगेको थियो
कतै रक्ताम्य थिए
कतै सुन्दर सपना थिए
अन्त्तिम डोबमा
उस्को प्रेमिकाको तस्वीर थियो।

प्रतिक्रिया

सम्बन्धित