महामारीका कारण खस्केकाे सांगीतिक उद्योगमा केही टेवा पुगाेस् भन्नकालागी गीत सङ्गीत निर्माणमा सक्रिय छु । पाेखरेल

इटहरीमा सञ्चालित एपेक्स अस्पतालका निर्देशक अशेक पाेखरेल अस्पताल लगायत लगायत बिभिन्न व्यवसाय संचालनका अलवा गीत सङ्गीत निर्माणमा सक्रिय रहेका छन् । सफलता पूर्वक बिराटनगर जुटमिल लिमिटेडमा चेयरमेनकाे जिम्मेवारी सम्हालिसकेका उनिमा पछिल्लो समय गीत सङ्गीत प्रतिको आकर्षण बढ्दाे छ । उनका कति राम्री, पल पल तिम्राे याद, पियारी, मयुर जाेडी, छुरा धस्नेबानी, जति रूनु राेए  लगायतका गितहरू बजारमा आइसकेका छन् । उनि यसबेला एक चलचित्र निमार्णमा समेत सकृय रहेका छन् ।

समाजसेवा र सामाजिक अभियानताकाे रूपमा स्थापित पाेखरेलको चर्चा नेपाली चलचित्र र गीत सङ्गीतमा समेत हुने गरेको छ । इटहरीका स्थायी बासिन्दाको रूपमा रहेका उनी देशमा मात्रै नभएर विदेशमा समेत परिचित व्यक्ति हुन । पूर्वेली न्यूजले उनी सँग रहेको कुराकानीको सम्पादित अंश ।

गीत सङ्गीत प्रति कसरी आकर्षित हुनु भयो ?

गीत सङ्गीत प्रती हरेक जिबजन्तुकाे बिशेष आर्कषण रहेकाे हुन्छ । संङ्गीत बिना का जीवन कल्पना समेत गर्न सकिन्न । याे सृष्टिमा संङ्गीतकाे जस्ताे आनन्द अरू के ले नै दिन्छ र ? गीत सङ्गीतले मानब जिवनलाइ सदैव सकरात्मक साेच ल्याउनकाे साथै यसले जिवललाइ उर्जावान बनाउछ । यसले डिप्रेसनबाट समेत टाढा राख्ने गर्दछ । हिजाेका दिनमा अरूले गीत सङ्गीत निर्माण नगरिदिएकाे भए हामीले यसबाट टाढा हुन्थ्याै । भाेलिका सन्नतीका लागी मैले पनी यस क्षेत्रमा केही गर्नु पर्छ भन्ने उदेश्यले लागी परेकाे हु । म गित संगित मनोरञ्जन लिन र तनावबाट भुल्न धेरै गीत सङ्गीत सुन्ने गर्छु । मनोरञ्जनका लागि मुख्यतया गीत सङ्गीतको नै उपयाेगी हुने गरेको छ । मनोरञ्जनका अलवा तनाव कम गर्न गीत सङ्गीत आवश्यक भएकाले यस प्रति मेरो आकर्षण बढेको हो ।

गीत सङ्गीतमा बाल्यकालदेखीकै चाहाना हो कि समयको माग ?

चाहाना त बाल्यकाल देखी नै हो । विभिन्न कारणले गर्न सकिएको थिएन, अहिले हेर्दा समयको माग जस्तो पनि देखिन्छ तर सानै उमेर देखि मेरो गीत सङ्गीतमा रुचि थियो । तनाव भुल्न म धेरै गीत सङ्गीत सुन्ने क्रममा अझै आकर्षण बढ्यो र अहिले यो क्षेत्रमा प्राथमिकता साथ काम गरिरहेको छु ।

कोरोना महामारीका बिच गीत सङ्गीतकाे बजारमा आउनु भएकाे छ , चुनौती कत्तिको देख्नु हुन्छ ?

मलाइ चुनौतीमा नै काम गर्न रमाइलो लाग्छ । यस्तो विषम परिस्थिति सधैँ रहिरहने पनि होइन, त्यसैले त्यस्तो चुनौती त मैले देखेको छैन । याे एक प्रकार हेर्ने हाे भने मानवसेवा पनि हाे ।  अब नयाँ वातावरण बन्दै छ यसलाई सदुपयोग गरेर काम गर्नु पर्छ । मैले चलचित्र निर्माणकार्य पनि थालेकाे छु । चुनौतीलाई अवसरको रूपमा हेरेर काम गर्नु पर्छ सफल भइन्छ भन्नेमा विश्वस्त छु ।

माेफाेसलमा बसेर काम गर्न कति सहज छ ?

त्यस्तो सहज पनि छैन । सबैले केन्द्र, काठमाडौँमा नै बस्नु पर्छ भन्ने पनि छैन । प्रविधिका कारण अहिले जहाँ बसेर पनि काम गर्न सक्ने अवस्था छ ।  हाम्रो देश सानो छ जता बसेर काम गरे पनि केन्द्र सँग जोडिन अप्ठेरा छैन ।

इटहरीमा रहेर लामाे समय देखी अस्पताल संचालन गर्दै हुनुहुन्छ, यसबारे कहि बताउनुहाेस् न ?

एपेक्स हस्पिटलले इटहरीमा रहेर गुणस्तरीय स्वास्थ्य सेवामा प्रदान गरिरहेको छ , यसले अझै राम्राे सेवा प्रदान गर्ने कुरामा म विश्वस्त छु । हाल २५ बेडको अस्पताल सञ्चालन गरिरहेका छौँ । जसमा अर्थाेपेडिक्स सेवा पनि रहेको छ । यसमा हात खुट्टा भाच्चिएकाे, जोर्नी आदिको सम्पूर्ण उपचार हुने गरेको छ । जेनेरल सर्जरी लगायतका सेवाहरू पनि रहेका छन् । २४ घण्टा फिजिसियन डाक्टरको उपस्थितिमा सेवा सञ्चालन भइरहेको छ । अब निकट भविष्यमा यसलाई ५० शैयामा पुर्‍याउने सोचमा छौँ ।

नयाँ व्यवसायीहरूलाइ के भन्न चहानुहुन्छ ?

व्यवसाय गर्दा सधैँ हिम्मत चाहिँदो रहेछ । हिम्मत साहस र आत्म विश्वासका साथ काम गर्न सकियो भने सफल भइन्छ जस्तो लाग्छ । नयाँ व्यवसायीहरूले यसैलाइ आत्मसाथ गर्ने हाे भने सफलता मिल्ने गर्छ ।

अस्पतालका अलवा आगामी याेजना के कस्ता रहेका छन् ?

यसका अलावा म इटहरीमा हाेटल व्यावसाय सञ्चालनको तयारीमा छु ।  कृषि क्षेत्रमा पनि केही कार्य गर्ने योजना रहेको छ । यसरी नै  दिनचर्या बिती रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…