भ्यालेनटाइनमा सुटुक्क उपहार दिन : ‘डियर एक्स’

‘डियर एक्स’ युवापुस्ता त्यसमा पनि पोष्ट मोर्डन टिनएज बर्ग जसलाई अहिले टिकटक र ट्विटर पुस्ता पनि भनिन्छ । सोहि सामाजिक संजालमा व्यस्त बर्गलाई लक्षित गरी लेखिएको कथाहरूको सङ्गालो हो । कथाहरूमा लेखकले युवापुस्ताको, त्यसमा पनि पुरूषहरूको समाजिक, यौन, प्रेम र विछोडका मनोविज्ञानलाई मिहीन रूपमा केलाउने प्रयास गरेका छन् । साथै, कौशिक नवराजले निजामती क्षेत्रका समस्या, बेथिति तथा कर्मचारीहरूको मनोविज्ञानलाई समेत आफ्नो कथामा अटाएका छन् । समाजको आँखि झ्यालबाट चियाँउदै निजामती सेवा र प्रेमलाई फरक ढंगबाट कथाहरु कथिएका छन । कथा विशेष गरी प्रेम सम्बन्धमा रहेर एक्स हुन पुगेका जोडिहरुलाई फोकस गरी तयार गरिएको छ । कथा संग्रहमा दश वटा कथाहरु रहेका छन । ३२० पृष्ठ रहेको पुस्तक सिमल बुक्सबाट बजारमा आएको हो । पुस्तकको मूल्य ५९९ रहेको छ । नामले कथा संग्रह डियर एक्स भएपनि यस कथा भित्र निजामती सेवा सँगै देशको विभिन्न जिल्लाको भुगोल, सरकारी कार्यालयको अनुभव, भौगोलिक परिवेशलाई लेखकले प्रेमसँग जोडेर प्रयोगात्क शैलीमा जागिर र प्रेमको फ्युजन गराएको देखिन्छ ।

लेखक स्वयम पनि निजामती सेवामा रहेर विभिन्न भुगोल र जिल्लाहरुमा रहेका कारण कथाहरुका पात्र, परिवेश र प्रवृतिहरु निजामती सेवासँग जोडिएर आउने हुँदा आम पाठक जो निजामती सेवासँग जोडिने गर्छन उनीहरुले यसलाई स्वरैकल्पना भन्दा यथार्थबादी कथाहरु भनेर महशुस गर्न सक्छन । यस कथा संग्रह भित्र निजामती सेवामा रहँदा विभिन्न पात्रले भोग्नु परेका आरोह अवरोह देखि पदसोपानका श्रृङखलाहरुदेखि निजामती सेवा भित्रको चेन अफ कमाण्डलाई गहन विश्लेषण गरेर केलाइएको छ । कथा संग्रह भविष्यमा नेपालको सार्वजनिक प्रशासन तत्कालिन समयमा कस्तो रहेको थियो । कसरी संचालन हुन्थ्यो । तल्लो र माथिल्लो लेभलका कर्मचारीको खाडल र मनोवैज्ञानिक विभेद कस्तो रहेको थियो भने इतिहासकारहरुलाई अध्ययन गर्न सहयोग पुग्ने देखिन्छ भने जागिर प्रेमलाई एकसाथ अगाडि बढाउन सकेका सफल र असफल प्रेम सम्बन्धले सेवा प्रवाहमा के कस्तो असर पुराउछ र युवा पुस्तामा नै निजामती सेवामा प्रवेश गरेका कथाका पात्रहरुको के कस्तो मनोविज्ञान रहन्छ भन्ने बारेमा केही प्रयोगात्मक शैलीमा कथा लेखिएको हुँदा यसले नव प्रवेशी कर्मचारीहरु देखि स्कुल कलेजका विद्यार्थीहरुलाई थप कौतुहुलता थप्ने देखिन्छ ।
डियर एक्स चाहि अहिलेका बजारमा आएका भन्दा नयाँ शैली र नयाँ स्वादको कृति हो । यसमा कथाको परम्परागत धारलाई भत्काउने प्रयास गरिएको छ । समाज, साहित्य जगत र समिक्षकहरुका लागि डियर एक्समा समेटिएका कथाहरु चुनौति हुन सक्छन । कथाहरु निजामती सेवा र प्रेमलाई संयोजन गरी प्रयोगात्मक शैलीमा लेखिएका छन । कथाहरु काल्पनिक भन्दा समाजमा हुने र भएका पात्र र परिवेशलाई आधार बनाएर लेखिएका छन । निजामती सेवाका विकृतिहरुलाई कथामा सुक्ष्म ढंगमा केलाइएको छ । समाजमा महिलालाई कुन नजरले हेरिन्छ अनि समाजका श्रेष्ठतम, योग्यहरु मध्येबाट आएका निजामती सेवामा महिलालाई जिम्मेवारी दिने, सोच्ने र गरिने व्यवहार कस्तो छ ।

FPN र TPN को सम्बन्ध डियर एक्ससँग

आफ्नो पुस्तक मोक्षान्तः काठमाडौं फिभरमा लेखक कुमार नगरकोटीले भन्नुभएको रहेछ बजारमा फिक्सनहरु प्राय दुई धारमा लेखिन्छन, FPN र TPN । हो आदरणीय कुमार नगरकोटीलाई झै डियर एक्स कथा संग्रह लेख्दै गर्दा मलाई दुईवटा अप्सन प्राप्त थियो । TPN अर्थात थर्ड पर्सन न्यारेशन गर्दै पात्रहरु, तिनका संवाद, परिवेश खडा गरी कथा अगाडि बढाउनु मेरा निम्ति सुविधाजनक विकल्प थिएन । TPN को नजरबाट कथाहरु लेख्दै गर्दा कथाको मुल पात्रसँग म कसोकसो बग्न सक्दिन जस्तो लाग्यो । कथा मूल पात्रको फिलिङ म थर्ड पर्सनको कुनै सिम्बोलिक नाम राखेर अगाडि बढाउन सक्दिन कि जस्तो लाग्यो । म पात्र राख्दा कथालाई म जति न्याय दिन सक्छु त्यति नै थर्ड पात्र राख्दा दिन सक्दिन कि भन्ने लागेकै हो ।

मेरा आजसम्म अनलाइन र मिडियाहरुमा जे जति कथाहरु प्रकाशित भइरहेका थिए/छन । तिनमा मैले प्राय FPN लाई नै आधार बनाउदै आएको सर्वविदित नै छ । त्यसो त TPN मा मैले कथा लेखेकै छैन भन्दा पनि हुन्छ । TPN को कन्सेप्टमा आधारित भएर कथा लेख्दै गर्दा कथासँग म बिरानो भएँ कि भन्ने महसुस सधै भइरहने, कथामा आफ्नो फिलिङ नआउने हुँदा प्राय म फिक्सनहरु FPN अर्थात फस्ट पर्सन न्यारेशनमा लेख्ने गर्छु/गर्थे । पुस्तक विमोचन समारोहमा अतिथिका रुपमा उपस्थित त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा प्रखर समालोचकले समालोचना गर्ने क्रममा डियर एक्स कथामा प्रयुक्त FPN अर्थात म मात्र कतै लेखक होइन । लेखकले बढो चलाखी गर्दै अन्य पात्र मात्र समाज र निजामती सेवाका विकृतिहरु उदाङगो पार्दै आफु म पात्र चाहि सच्चरित्रवादी, आदर्शवादी रहेको भनेर कतै लेखकले आफूलाई म मात्रको रुपमा उभ्याउन खोजेको त होइन भने प्रश्न गर्नु भएको थियो । कथा बजारमा आइसकेपछि पाठक तथा समिक्षक हुदै विभिन्न इन्टरभ्युहरुमा के यसका पात्रहरु रियल नै हुन त भनेर प्रश्न गर्ने गरेका छन ।

हो डियर एक्स कथा FPN मा लेखिएको हुँदा यसमा प्रयुक्त म पात्रलाई कथाको हिरोको रुपमा प्रस्तुत गर्न खोजेको पक्कै हो । हरेक कथा, फिल्म र नाटकमा एक हिरो हुन्छ र हिरोले नै जटिलतालाई मुक्त गर्दै सद्मार्गमा तान्ने प्रयास गर्छ । अहिले हाम्रो राजनीतिक र प्रशासनिक अवस्था हेर्ने हो भने राजनीतिमा खलपात्रहरुको विगविगी बढ्दै गएको देखिन्छ । राजनितिज्ञहरु धर्मछाडा, कर्मचारी कर्मछाडा र समाज गतिछाडा बन्दै गएको देख्न सकिन्छ । म पात्रको हिरोगिरीले गर्दा पाठकलाई कतै यो लेखकको आत्मकथा त होइन वा लेखकको जीवन भोगाई होइन भन्ने लाग्न सक्छ । यस्तो लाग्नु अस्वभाविक पनि होइन । तर कथामा संवादहरु छन, पात्र र परिवेश अनि तिनका विचमा द्न्वद र अन्तरक्रियाहरु हुँदा साहित्यको पाठकले सहजै अनुमान गर्न सक्छ कि यो आत्मरती वा आत्मगान गाइएको आत्मकथा हुनै सक्दैन । यसर्थ कथालाई न्याय गर्न डियर एक्स का सम्पूर्ण कथाहरु FPN अन्तर्गत नै लेखिएका रैछन भनी चाल पाउँदा प्रिय पाठकहरु केहि हदसम्म खुसी नै हुनुहोला भन्ने अपेक्षा गर्दछु ।

डियर एक्स कथा संग्रह किन पढ्ने त

कोरोना कालभन्दा अघि नेपाला हरेक शुक्रबार फिल्म रिलिज हुन्थ्यो । जसमा पत्रकारहरुले निर्माता निर्देशकहरुलाई एउटा प्रश्न सोध्ने गर्थे । तपाइको फिल्म किन हेर्ने, दर्शक किन हलमा जानुपर्ने, अरु फिल्म भन्दा तपाइको फिल्म किन फरक छ । हो यसैगरी आज मलाई प्रश्न सोध्नुभन्दा अगाबै म आफै उतर दिन चाहन्छु डियर एक्स कथा संग्रह किन पढ्ने त, युवा पुस्तालाई टार्गेट गरेर लेखिएको कथासंग्रहको लागि आम युवाले किन पाँचसय उनान्सय रुपैया खर्च गर्ने डियर एक्स किन्नको लागि । खर्चको मात्रै सवाल हैन यसमा किन समय विताउने भन्ने प्रश्न उठ्नु अस्वभाविक होइन । हरेक साता फिल्म रिलिज भएजसरी अहिले नेपाली साहित्यमा नयाँ नयाँ लेखक र कृतिहरु बजारमा आइरहेका छन । वजारमा धेरै विषयमा लेखिएका पुस्तकहरु आउने गर्छन जसमा सबैभन्दा धेरै विकाउ भनेको प्रेम र यौन नै हो । हरेक मान्छेको आफ्नै आफ्नै प्रेम कथाहरु र प्रेम भोगाइहरु हुन्छन । प्राय प्रेम सम्बन्धमा यौन जोडिएर आउने गर्छ नै । आजको फाष्ट जमनाका युवाहरु चार डेट र दुई सेक्समा लागेको कारण राधा कृष्ण र मुना मदन जस्तो लभस्टोरी पाउन मुश्किल देखिन्छ । लङ्ग डिस्टाङ्स लभस्टोरी कम हुदै फिजिकल एक्ट्राक्सन र दुरी मेटाउनेहरुको जमात बढ्दै गएको वर्तमान पुस्ताका पिडा र भोगाइहरु यसमा समेटिने प्रयास गरिएको छ । यसर्थ डियर एक्स पनि कुनै युवाले आफ्नो सफल, असफल प्रेम सम्बन्ध र सरकारी सेवालाई कसरी सँगसँगै अगाडि बढाउछ भन्ने बारेमा निजामती सेवामा नै रहेर लेखकले तयार गरेको पुस्तक हो । पुस्तकमा हाम्रै भुगोलमा भएका पात्रहरु रहेका छन । पुस्तक स्वरैकल्पनाको जादुमयी संसार भन्दा पनि यथार्थवादी धरातलमा रहेर लेखिएको छ ।

कुनै युवा जो सरकारी सेवामा प्रवेश गर्न लागिरहेको उसका लागि यो पुस्तक नयाँ खुराक हुन सक्छ । यसका साथै जो प्रेममा परेका छन उनीहरुले पनि यो पुस्तक पढ्नुपर्छ भन्ने लाग्छ । पुस्तकले हरेक पाठकलाई आफ्नो विगत सम्झाउन बाध्य पार्छ । हरेक मान्छेको विगत हुन्छ फरक यति हो कतैको विगत अर्थात प्रेम सफल भएको हुन्छ त कसैको असफल भएर एक्स हुन पुगेको हुन्छ । हो यो पुस्तक पढ्दै गर्दा हरेक पाठकले आफ्नो विगत सम्झन्छन । उनीहरुले आफ्नो पहिलो प्रेमको रिकल गर्न सक्छन । ति रोमान्चक दिनहरु सम्झन्छन । आफ्नो प्रेम के कारणले असफल भएको थियो । आफ्नो अहम वा गल्ती सम्झन्छन र आफ्नो त्यो गल्तीलाई रिलाइज गर्ने अवसर समेत पुस्तक पढ्दै गर्दा महसुस गर्न सक्छन । यसका साथै जो युवा प्रेममा परेको छैन या मेरो त एक्स नै थिएन । मेरो त लभ नै परेन भनेर स्वाङ्ग गरिरहेको छ उसले पनि पढ्न पर्छ । अझ पुस्तकले के भन्छ भने विगत सबैको हुन्छ । एउटा स्वस्थ मान्छेको लभ अनिवार्य पर्छ नै । कसैले लभ परेको थिएन भन्छ भने उसले कि झुट बोलिरहेको वा झुटलाई लुकाइरहेको हुन्छक कि उसको शरीर विकासको लागि आवश्यक पर्ने लभ हर्मोनहरुको कमी भैरहेको हुन्छ ।

पुस्तक उपहार

यो समय अलिक अर्कै भै सकेको छ । पुस्तक पसल देखि समाजमा पनि केटाकेटी हरु खुलेर कुरा गर्छन । प्रेम र यौन सम्बन्धि पुस्तकहरु विक्रि हुन्छन । समय र समाज पनि हिजोको जस्तो छैन । अहिले पनि तपाइका घरका केटाकेटीहरु एक्सको बारेमा खुलेर चर्चा गर्छन । गर्लफ्रेण्ड भएको स्वीकार गर्छन । प्रेमका कुरा गर्छन । नेपालमा गिफ्टको रुपमा पुस्तक उपहार दिने प्रचलन एकदमै कमी रहेको देखिन्छ । प्रेमि प्रेमिकाहरुले भ्यालेन्टाइनमा पुस्तक गिफ्ट दिने प्रचलनको विकास गर्न जरुरी छ । आफ्नो पूर्व प्रेमि प्रेमिकाहरुलाई तथा वहालवाला रिलेशनमा रहेको पार्टनरलाई समेत डियर एक्स पुस्तक उपहार दिन सक्नहुनेछ । त्यसमा पनि आफ्नो एक्स जो फेसबुकमा ब्लक होला, टिकटकमा ब्लक होला तर उसको हरेक कुरा याद आइरहेको हुन सक्छ उसको सबै कुरा थाहा हुँदा हुदै अन्जान बनेर हिड्नुपर्ने अवस्थामा भ्यालेनटाइनमा डियर एक्स पुस्तक किनेर खुसुक्क एक्सहरुलाई गिफ्ट दिन सकिन्छ । डियर एक्सलाई गिफ्ट दिने यो वेस्ट तरिका पनि हुन सक्छ ।

नयाँ अभ्यास

डियर एक्स कथासंग्रह पढिरहँदा यसले तपाइलाई बाँधेर राख्छ । कथामा अव के होला भन्ने एक किसिमको स्पेन्ड थ्रिल उत्पन्न भैरहन्छ । कथा सलल बगेको कारण लामा लामा कथाहरु भएपनि यसले बोरिङ उत्पन्न हुन दिने छैन भने लेखकले यो कथा संग्रह मार्फत नेपालमा नै पहिलो पटक कृतिको समालोचना गर्नेहरु मध्येलाई उत्कृष्ट तीन पाठकलाई पुरस्कारको समेत व्यवस्था गरेको देखिन्छ । यसका लागि केही शर्तहरु पालना गर्नुपर्ने हुन्छ । जसमा पहिलो शर्त रहेको छ पुस्तक किन्नुपर्ने र यसको गुण र दोष पक्ष केलाउनुपर्ने छ । जुन पाठक महानुभावले राम्रो गुण र दोष केलाउन सक्नुहुन्छ उहाँहरु मध्येबाट उत्कृष्ट तीनलाई पुरस्कारको व्यवस्था रहेको छ । जसमा पहिलो पुरस्कार नगद रु पन्ध्र हजार, दोस्रो पुरस्कार बाह्र हजार र तेस्रो पुरस्कार दश हजार रहेको छ । आफ्नो कृतिको क्रिटिकल्ली आलोचना गर्नेहरुलाई पुरस्कार प्रदान गर्न लागिएको यो नेपालको हकमा पहिलो नयाँ अभ्यास हुन सक्छ । यसबाट नेपाली साहित्यलाई प्रवर्दन गर्न पाठकहरुमा पुस्तक पढ्ने बानी बसाल्न केही मदत गर्ने अपेक्षा गर्न सकिन्छ । समालोचना वापतको पुरस्कार प्रदान गर्न यसका लागि जज मेन्डल तयार गर्नुपर्ने र समालोचनाहरु माग्नका लागि कुनै अनलाइनमा विज्ञापन स्वरुप आवेदन तयार गर्नुपर्ने लगायतका कारणहरुले गर्दा केही समय ढिला हुन गएको पक्कै हो । यसमा पाठकहरुले यसै अनलाइन मार्फत समेत समाचारबाट क्रिटिकल्ली किट्रिसाइजको लागि इमेल माग माग गरिएको भनेर जानकारी प्राप्त गर्नुहुनेछ । यसमा लागि साहित्य अनुरागी पाठकहरुले अनलाइन हेर्दै गर्नुपर्नेछ ।

डियर एक्सको गन्तब्य

नेपाली साहित्यमा कुनै बेला यौन विषयमा लेखिएका पुस्तकहरु पाउन मुश्किल थियो । प्रकाश कोविद, मोहन कोइराला, विशेश्वर प्रसाद कोइराला लगायतका पुस्तकहरु त्यो पनि परिवारको आँखा छलेर पढ्नुपर्ने अवस्था थियो भने २०६३ साल पश्चात समाज विकासक्रमसँगै नेपाली साहित्यमा यौन विषयले खुला रुपमा प्रवेश पाएको देखिन्छ । हो डियर एक्स कथा संग्रह पनि समाजमा चलेका प्रेम, यौन लगायतका विषयमा अलिक उदार ढंगमा तयार गरिएको विषयवस्तुमा आधारित रहेको छ ।

प्रेममा सेक्स समझदारीको होला जोडिहरुको तर सेक्सकै लागि प्रेमको नाटक गर्नु चाहि अपराध हो, धोका हो । कुनै जोडिहरु सम्बन्धमा छन, सम्बन्धलाई सम्मान गरेका छन तर समाज उनीहरुको पछि लाग्छ । यिनिहरुले प्रेम मात्रै गरेनन सेक्स पनि गरे भनेर मान्छेहरु चियो चर्चा गर्छन । प्रेम छ भने सेक्स सामान्य कुरा हो । तिलको पहाड बनाउन जरुरी देखिदैन । प्रेम भनेको खुल्दुलीको विषय पक्कै हो । प्रेममा पर्ने हरेक जोडिहरुले यस्तो खुल्दुलीको अनुभुती गरेकै हुन्छन । अलिक पहिले सानो हुँदा लभ परेको छ भनेर कसैलाई निर्धक भन्न डर कता कता लाज लागेर आउथ्यो तर अहिले लभ परेको छैन । मेरो गर्लफ्रेण्ड छैन म सिंगल छु भन्दा अप्ठेरो लाग्छ । धक लाग्छ । मान्छेहरु पत्याउदैन । एउटा उमेर हुँदो रहेछ जतिबेला गर्लफ्रेण्ड अनिवार्य हुन्थ्यो, तर उमेर बढ्दै गएपछि केटालाई केटी र केटीलाई केटा प्रतिको आकर्षण कमि भएर हो वा अन्य केही जिम्मेवारीहरु थपिएर हो केटीको रुप, गुण अनि टाइप हुन्छ नि यस्तो टाइप र उस्तो टाइप खोज्न थालिदो अनि थाल्दा रहेछन मान्छेहरु । एउटा यस्तो उमेर हुन्छ जहाँ आकर्षणलाई प्रेम भनिन्छ । तर यस्तो आकर्षण केटाहरुको स्वभाविक भएपनि यसले केटीहरुको हकमा भने स्वतन्त्रता प्रदान गरेको देखिदैन । सम्बन्धमा रहने अनि मन नपरेर सम्बन्ध तोड्ने र फेरी मन मिलेको नयाँ सम्बन्धमा रहेन केटीहरुलाई पुरुषवादी मानसिकता बोकेको समाजले स्वभाविक रुपमा लिन सकेको देखिदैन । अझै पनि हाम्रो समाजमा महिलालाई घाम अस्ताउनु अघि घर प्रवेश गर्नुपर्ने नियम लगाइन्छ । महिलाहरुप्रति पुरुषहरुको दिनमा गर्ने र रातमा गर्ने व्यवहार फरक पर्छ । दिनभरी लगाउने मुखुन्डोहरु रात पर्नासाथ उत्रिन थाल्छन । – कौशिक नवराज

प्रतिक्रिया

सम्बन्धित