एमसीसी राष्ट्र हितमा छ, संसदले अनुमोदन गर्नुपर्छ : मानबहादुर विश्वकर्मा

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम के हो ?
एमसीसी कार्यक्रम नेपालको विकासका लागि अमेरिकाले छुट्याएको परियोजना हो । यसमा लगभग ६० अर्ब रुपैयाँ बराबरको सहयोग रकम छ । उक्त रकम अमेरिकाले विद्युत् र सडकको विकास र विस्तारका लागि अनुदानस्वरूप दिन लागेको हो ।

फिर्ता पनि गर्न नपर्ने र व्याज पनि दिन नपर्ने गरी प्राप्त हुन लागेको अनुदान नेपालको हितमा छ । यदि नेपालमा एमसीसी परियोजनालाई स्वीकार गर्न सकियो भने विकास, आर्थिक उन्नति र गरिबी निवारणका लागि अत्यन्तै राम्रो हुनेछ ।

नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता पढ्नु भएको छ ? सम्झौतामा के रहेछ ?
मैले एमसीसी सम्झौता पढेको छु । नेपालमा विद्युत् उत्पादन र सडक विस्तारका लागि अमेरिकाले सहायता रकम दिने भनिएको छ । लगभग ६० अर्ब रुपैयाँ बराबरको रकम नेपालले विकासका लागि खर्च गर्ने सम्झौता भएको छ । नेपालमा अमेरिकी सेना आउँछ भनेर भ्रम फैलाइएको छ । तर एमसीसी सम्झौतामा उक्त विषय उल्लेख छैन । यो भ्रम किन सृजना भइरहेको छ ? मैले बुझ्न सकेको छैन । एससीसी सम्झौता नेपालको संविधानभित्र रहेर अनुमोदन गर्ने भनिएको छ ।

एमसीसीले नेपालको हित गर्छ कि गर्दैन ?

राष्ट्रको विकासका लागि प्राप्त हुने अनुदानले अवश्य पनि नेपालको हित गर्छ । यो नेपालको विकास र नेपाली जनताको हितमा छ ।

हित गर्ने भए यसको किन विरोध भइरहेको छ त ?

यसको विरोधमा एउटा समूह लागेको छ । देश विकासलाई केन्द्रविन्दुमा राखेर छलफल गर्नुपर्नेमा विरोधी समूह सक्रिय भएका कारण त्यसो हुन सकेको छैन । दुईवटा ठूला शक्ति राष्ट्रबीचको खेलमा नेपाल परेकाले नेपालका पनि केही दल र नेताले यसको विरोध गरिरहेका छन् ।

एमसीसीलाई संसद्ले किन अनुमोदन गर्नुपर्छ वा गर्नु हुन्न ?

नेपालमा एमसीसी कार्यान्वयनका लागि संसदले अनुमोदन गर्नुपर्छ । यो राष्ट्र हितमा छ ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…