कविता :मूलबाटो – नवराज मैनाली (भिडियाेसहित)

हौउ साल्दाजु यहाँको मूलबाटो मेटिएछ
यहाँ नीर यतै९कतै देउराली थियो
वर९पिपलको जोडी थियो
पैयूँको बोट थियो
सप्पै९सप्पै काटिएछ
मासिएछ र पुरिएछ ।

यहि मूलबाटो हुँदै माथीको पहाडी गाउँ पुगिन्थ्यो
तल बेसी हुँदै मधेस ओर्लने गरीन्थ्यो

मूलबाटोको मुखैमा भुजेल जेठाको घर थियो
भुजेल्नी भाउजुले कता पुगेर आयौ कान्छा रु
लु बस है भनेको
अहिले जस्तो लाग्छ।

चैतको डढेलोले घर जलेछ
बिरक्तिएर गएछ जेठा दाईको परिवार
र पो मूलबाटो बिरानो भएछ।

यहि मूलबाटो हुँदै
वस्तु चरनमा गएको
घाँसदाउरा बोकेको
ठूलीकान्छि सँग रमाएको

माथी तीन ठुटे निरको कुवा पनि सुकेछ
झ्याम्म परेको करमको रुख बूढो भएछ
धमेराको रुख ध्वान्दृएछ
सिदुरेका बोट बिलाएछ ।

मूलबाटोकै छेउमा हुनु पर्छ
भोटीनी बजुको चिहान
त्यो पनि पुरिएछ।

यहि कतै हुनुपर्छ
बिहानै मेरो काका नुहाउने कुलो
नुहाएर जनै फेर्ने चौतारो
यी सप्पै नाम निसान भएछन्।

साल्दाजु कत्रो युग बितेछ
गाउँ नफर्केको
अनुहार चाउरेपछि
लेदो पानी पिउनु परेपछि
बिदेशी कस्मेटिक ड्यामेज भएपछि
आयातित खाद्यान्नले पेट नभरीएपछि
म गाउँ आएको।

त्यति मात्रै कहाँ होर साल्दाजु
मुङलान छिरेकाहरु कोहि रोगी भए
कोहि शरणार्थी भए
त्यही भएर यो मुलबाटोको
चिनो पत्ता लाउन म आएको।
साल्दाजु मलाई माफ गर्नु होला है।
यो मुलबाटो खोजौं।

भोटीनी बजुको चिहान संस्कृति संग्राहलय बनाउ
भुजेल जेठा दाजुलाई बोलाऊ
गाउँ फर्क अभियान चलाऊ
ढुङ्गेधारा र कुवाको ब्यवस्थित गरौं
यहि मुलबाटोमा ठुलिकान्छी सँग
धित मरून्जेल मुलबाटोको गीत गाउने
जिन्दगीको अन्तिम रहर छ ।
२०७६।१२।२४
३। सत्ता र म
सत्तालाई अरुले बनाएको गित चाहिन्छ
अरुले बनाएको भौतीक बस्तु चाहिन्छ
निस्संदेह उसलाई चल्न अरुकै साहारा चाहिन्छ
सत्ता अरुकै खेलमा रमाउछ।

म । म।।नै हो
मेरो गित
भौतिक बस्तु
म आफै कोर्छु र लेख्छु
खेलकुदमा आफै सहभागी बन्छु
आफ्नै गतिमा चल्छु।

सत्ता मदहोसमा हुन्छ
म होसमा हुन्छु
सत्ता सधैं समाचार बन्न चान्छ
म बिचार बनाउन चाहन्छु

सत्ता सँग धेरै छन
क्यारामबोर्डको बीस वटा गोटी मध्येरु
उन्न्नाइस सत्ता हो
बाकी रहेको म एउटा हुँ

सत्तालाई छिर्ने चारैतिर दुला हुन्छ्न
दुलामा सबै मुख बुवाएर बस्छ्न
म जहिले एक्लै खेल मदानमा हुन्छु

त्यसैले ,
सत्ता सँग धेरै भिड हुन्छ
त्यो सत्ता हिर्काउने मै हुँ
सत्ताले देख्ने हरामी बदमास मैहुँ
र त म सत्ता भन्दा फरक छु।

प्रतिक्रिया

सम्बन्धित