वेदनिधि खनालकाे स्मृतिमा ‘अधुरो सपना ‘ लाेकार्पण

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित कालिमन्दिरमा वेदनिधि खनालकाे स्मृतिमा स्मृतिकाव्य ‘अधुरो सपना ‘ लाेकार्पण भएको छ । स्व. शिक्षक बेदनिधि खनालकाे स्मृतिमा कवि उमानाथ भट्टराई `अचल ´द्वारा लिखित स्मृतिकाव्यकाे एक कार्यक्रमकाे आयाेजना गरि लाेकार्पण गरिएको हाे ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार अमृतप्रसाद आचार्य थिए । उनले शिक्षासेवी स्व. बेदनिधि खनालकाे स्मृतिमा काव्य रचना हुनु महत्त्वपूर्ण कुरा भएको बताए । आचार्यले समान्य ठानिएका मान्छे पनि काव्यनायक हुन सक्छन् भन्दै समाजमा केही राम्रो काम गरेकाहरुकाे तत्काल महत्त्व नभए पनि पछि उनिहरुकाे खाेजी हुनु राम्रो पक्ष भएको उल्लेख गरे । उनले कविद्वारा खनालकाे सम्झनामा स्मृति काव्य अधुराे सपना रचना भएर लाेकार्पण हुनु महत्त्वपूर्ण कुरा भएको उल्लेख गर्दै कार्यक्रम आयाेजक परिवारमा सुख शान्ति छाओस भन्दै समारोहमा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

शास्त्रीय छन्दमा लेखित पुस्तककाे संक्षिप्त रुपमा समिक्षा कवि छविवैरागी घिमिरेले गरेका थिए । कार्यक्रममा अतिथिहरुका तर्फबाट गाेपाल दाहाल , मेगराज दङ्गगाल ,महेन्द्र मावि सुन्दरहरैंचा ११ का प्र.अ. सुनिलकुमार झा लगायतले स्व. खनालकाे व्यातित्वका बारेमा बाेल्दै खनाल स्वाभिमानी ,इमान्दार , कतर्व्यनिष्ठ तथा आदर्श शिक्षक भएको उल्लेख गरेका थिए । काव्यनायक स्व. शिक्षक खनालका धर्मपत्नी सीता अधिकारी खनालकाे सभापतित्वमा कार्यक्रम भएको थियाे । कार्यक्रममा स्वागत मन्तव्य रामप्रसाद खनालले राखेका थिए भने लक्ष्मण खनालकाे सञ्चालनमा कार्यक्रम भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित