गजल – ईश्वर दाहाल

नसोध कोहि जिन्दगी कस्तो गुजारेँ मैले !
आफैं बचाइ आफुलाइ आफैंले मारेँ मैले !

कुनैदिन यति फुर्सदमा रहेछु स्विकारेँ मैले!
बगरको ढुङ्गालाई समेत समुन्द्र तारेँ मैले !

जित्नेकापनि आखाँमा आँसु खसिरहेछन
हरेक हार आजसम्म यति सुन्दर हारेँ मैले !

तिम्रो तस्बिर बनाएर समय मात्र फालिन,
मेरै तस्बिर बन्नेपनि कागज बिगारेँ मैले !

अझै म किन बारम्बार पछाडि फर्किरहेछु?
अझै रित्तो गोजिबाट अनमोल के झारेँ मैले?

– धनकुटा

प्रतिक्रिया

सम्बन्धित