पूर्वेली टुक्काकाे तेस्राे श्रृङ्खलामा १९ सर्जकका १९ टुक्काहरू

पूर्वेली टुक्का समुहकाे साप्ताहिक टुक्का लेखन अभ्यास श्रृङ्खला-३ सम्पन्न भएकाे छ । टुक्का अभियन्ता दुर्गा आचार्यकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपालकाे पूर्वाञ्चल तथा बिभिन्न स्थानबाट १९ टुक्काकारहरूकाे सहभागीता रहेकाे थियाे । सहभागी सर्जकहरूलाई “नेपालको गौरव सगरमाथा” सम्बन्धी बिषयमा केन्द्रित भई १६ अक्षरका टुक्काहरू सिर्जना गर्न आव्हान गरिएकाे थियाे । अभ्यासका क्रममा सङ्कलन गरिएका १९ टुक्काकारका टुक्काहरू

[१]
१.
नेपालको चिनारी दिने हाम्रो सगरमाथा,
वीर नेपाली हामी गाउँछौँ वीरताको गाथा।
२.
नेपाललाई मान अनि सान दुबै दिएको,
लाखौँको सुन्दरता दिँदै पर्यटन लिएको।
✍️ दुर्गा आचार्य
मोरङ

[२]
१.
तराई पहाड हिमाल सगरमाथा हाम्राे,
नेपालकाे गाैरव बन्याे उच्च शिखर राम्राे ।
२.
दाैरा सुरुवाल भेष छ टाेपि सगरमाथा
संसार मै चर्चित नेपालीकाे गाैरब गाथा ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।

[३]
१.
विश्वको शिर सगरमाथा गौरव नेपाली,
पसिना पोखी सिँचेर धर्ती पौरख उचाली।
२.
हिमाल हाँस्छ दिएर शान नेपाली माटाेमा,
मिलेर हिडाैं उचालि मान पूर्खाकाे बाटाेमा।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर,झापा

[४]
१.
पश्चिम कि चेलीको केवल चोखो माया लिन्छु,
पूर्वको कोसेलीमा घाम जून पठाइ दिन्छु ।
२.
यो सानो देशको नाम अहंकारले लेख्दैन,
नेपाल भन्दा अर्को स्वर्ग विदेशीले देख्दैन ।
✍️ रिजाल विनोद
बेलबारी -२ मोरङ

[५]
१.
विश्वमा चर्चित छन् हाम्रा यिनै धेरै हिमाल ,
यसैका काखमा नै छ सुन्दर देश नेपाल ।
२.
प्रकृतिका धनी हामी सगरमाथा हो सान ,
बिश्वभरी फैलिएको यही हाम्रो पहिचान ।
✍️ दुर्गा भट्टराई
मोरङ

[६]
१.
नेपालको सान हो हाम्रो सगरमाथा शिर ,
विकास गर्ने छौँ नेपालको उचाल्न तग्दिर।
२.
नेपाल हाम्रो घर सगरमाथाको छ छानो ,
तराईका फाँट झुलेका छन् लटरम्म दानो।
✍️ तारा घिमिरे
संखुवासभा

[७]
१.
बिश्वको सर्बोच्च शिखर नेपालको सान,
झुक्दैन गोर्खाली कहिले यही स्वाभिमान।
२.
चाँदीको सुन्दर पर्खाल झैँ नेपाल घेरेको,
बिर्सदैन पर्यटक हिम शिखर हेरेको।
✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा

[८]
१.
नेपालको उच्च-शिखर सगरमाथा शिर ,
विश्व चिनारी हाम्रो नेपाल केको मान्नु पीर ।
२.
नेपाललाई चिनाउने सगरमाथा सान ,
हेर्न आउने पर्यटक हो नेपाल यो जान ।
✍️ बेदु न्यौपाने
काठमाडौ

[९]
१.
बिहानीपख पूर्वको सूर्य उदायो सुटुक्क,
जाडोले भाग्या मुस्कान मेरो आयो लौ खुसुक्क।
२.
कञ्चनजंघा हिमाल हाम्रो युगौँ त्यो बाँच्दछ,
लोभ्याइ सारा विश्‍वका जन मुसुक्क हाँस्दछ।
✍️ अनिल खग्रास
पर्वत

[१०]
१.
गहाना छ राम्रो नेपालको चाँदी झै टल्केको,
गौरव हाम्रो सगरमाथा नेपाल झल्केको।
२.
नेपाललाई नै नेपालको गाथा सुनाउने,
संसारका पर्यटक काखमा नै डुलाउने।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

[११]
१.
नभन्नू हेर कलिला बाला नसोची भागेछन्,
भोकले आँत रुँदो हो कति तब त मागेछन्।
२.
यही हो मेरो देशको दुःख बुझेर को आयो,
गरीवलाई अन्याय देखि कसले बचायो?
✍️ पौडेल विमुन्स
पोखरा कास्की

[१२]
१.
पूर्वको किरण आकाशमा धुर्व तारा जून,
संस्कृति हाम्रो साहित्य राम्रो पूर्वकै छ धुन।

इलाम बजार घुमेर रमाईलो ठाउँमा,
गोठालो जान्छौँ चिनो नै दिन्छौ मायाको नाउँमा।
✍️ कमला हरिमाया
झापा

[१३]
१.
सगरमाथाको देश हाम्रो, गुराँस फुलेको ,
प्राकृतिका धनी हामी, पर्यटक छ झुमेको ।
२.
नेपाली गौरव गर्छौँ , सगरमाथा हेरेर ,
पर्यटक आउँछ , सुन्दर हिमाल देखेर ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा

[१४]
१.
सगरमाथा शिर हाम्रो,आनअनि हो मान,
स्वाभिमानी उच्च शिर नेपालीको सधैँ शान ।
२.
भन्छ हाम्रो सगरमाथा बिनागल्ती नझुक,
स्वच्छ कर्म गर मनु, व्यर्थै कहिले नलुक ।
✍️ दुर्गा वनवासी, झापा

[१५]
१.
सगरमाथा हाम्रो सान विश्वमै उच्च शिर,
नेपाली हामी गौरव नै गर्छौँ भएर वीर ।
२.
संसारकै लागि लोकप्रिय यो सगरमाथा,
आऊ हामी सबै मिलेर गाउँ यसको गाथा ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ

[१६]
१.
हिमाल चुली फेदमा सानो रहेको छ घर,
बसेका हामी कर्म यो गरी नेपाली हो थर।
२.
सुन्दर आफ्नो पैरन छोडे नेपाली हुन् बोली,
नेपालको पहिचान हुन्छ सान गुन्यू चोली।
✍️ भगवती दवाडी, दमक

[१७]
१.
संसारकै अग्लो हिमाल हाम्रो सगरमाथा,
विश्वभर चर्चित छ गोर्खालीको वीरगाथा ।
२.
सेताम्य दन्त लहर देखाइ हाँस्छ हिमाल,
स्वर्गकोझैँ टुक्रा लाग्दछ मेरो प्यारो नेपाल।
✍️ वसन्त अनुभव
घोराही १४, दाङ

[१८]
१.
हरियो वनपाखा सुन्दर देखियो भीरले,
चम्काउँछ नाम सगरमाथा भनी शिरले।
२.
चौतर्फी नेपाली तराई पहाड हिमालमा,
नाता गहिरो बसेको हाम्रो प्यारो नेपालमा।
✍️ रविन भण्डारी
कानेपोखरी २, मोरङ

[१९]
१.
सगरमाथा सर्वोच्च शिखर नेपालको माथ,
धेरै जात भाषा भेष मिली बसेका एकै साथ ।
२.
नेपाली हामी विश्वमै छौ अति नै धनँ मानौँ,
सगरमाथा नेपालको शिर हो यत्ति जानौँ ।
✍️ पुष्पा शायरा
बिराटनगर

प्रतिक्रिया

सम्बन्धित