‘जबज’बारे घनेन्द्रको आलोचनात्मक पुस्तक बजारमा

काठमाडौं / स्रष्टा, पत्रकार एवं राजनीतिक विश्लेषक घनेन्द्र ओझाको नयाँ पुस्तक ‘जनताको बहुदलीय जनवाद: फरक बहस’ बजारमा आएको छ । नेकपा माले र मार्क्सवादीको एकीकरणपछि बनेको नेकपा एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनले पारित गरेर अपनाएको मार्गदर्शन ‘जबज’माथि आलोचनात्मक टिप्पणी गरिएको यस पुस्तकमा नेपालको कम्युनिस्ट आन्दोलनका आरोह-अवरोहदेखि जबजको यो तीन दशकमा गरिएको अभ्यासमा देखिएका कमी कमजोरीबारे विश्लेषण गरिएको छ । तीनवटा खण्ड रहेको पुस्तकमा जबज पूर्ण दस्ताबेज पनि समावेश छ । इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मूल्य २९९ रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित