१७ सर्जकका १७ टुक्का कविताहरू

पूर्वेली टुक्का समुहमा टुक्का अभियन्ता दुर्गा आचार्यकाे संयाेजनमा सङ्कलन गरिएका १७ सर्जकहरूमा टुक्काहरू टुक्का दुई हरफमा अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर लेखिने प्रयाेगात्मक लघुत्तम कविता हाे ।

[१]
१,
नेपालको शान पूर्व हरियो बन छाँगा छहरा,
उत्तरमा पर्ने हिम शिखर, हिमशैल पहरा।
२,
गौरव गरौ हामी नेपाली भई पौरखी हुनुमा,
अादर,सम्मान गर्व गराैँ हिमशिखर छुनुमा।
✍️दुर्गा आचार्य, मोरङ

[२]

श्रीअन्तु पाथिभरा र धेरै छन् हाम्राे पूर्वकाे सान,
जाति भाषा धर्म संस्कृतिकाे पहिचान छ महान।
२.
आफ्नै भाषा धर्म र संस्कृति प्याराे आफ्नै जन्मभूमी,
स्वर्ग जस्ताे ठाऊँ अन्त भेटाइएन संसार घुमी।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।

[३]
१,
आँउ है साथी हो घुम्न जाउँ ईलामको चियाबारी,
चियाको बुटा पिछाडि खेलौन सबैले लुकामारी।
२,
जोगमाई खोलाको तीरमा बसेर माछा मारौला,
ढुंग्रोको ऐराख खाएर रमाईलो पनि गरौँला।
✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा

[४]
१.
इलामको प्रेम यसरी हृदयमा सङ्लेर आयो
हेर्दा छन् सुमधुर ओडेर घुम्टो ‌प्रियगीत गायो।
२.
वारीपारी हरियो सौन्दर्यले तान्छ चिया बगान,
टुक्रा हो स्वर्गको भन्छ वक्ष चौडिन्छ देखेर सान।
✍️ पौडेल विमुन्स
पोखरा कास्की

[५]
१,
सगरमाथाको शिरमा गुराँस फूल्छ वरिपरी ,
नाच्छन् डाँफे मुनाल चरी हिमचितुवा नानाथरी ।
२,
बग्छन् मेची कोशी नदी यहीं झरना अति सुन्दर ,
पूर्वै छ रसिलो फलफूल मिठा अन्नैको छ भर।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

[६]
१,
नेपाली शान पहरा पर्वत अनि छ धरहरा,
गौरव गाथा चिनाउँदै हिँड्छन् नी पर्वत पहरा।
२,
गौरव गरौँ हामी नेपाली हौँ स्वाभिमानी भनेर
छन् हाम्रा धेरै हिम शिखर टापु सक्दैनौ गनेर।
✍️ सरस्वती श्रेष्ठ, इटहरी

[७]
१,
नेपालको पूर्व क्षेत्र रमाइलो र सुन्दर गाउँ
पर्यटक र हामीलाई नै मन पर्ने घुम्ने ठाउँ ।
२,
नेता जन्म्या पूर्वी क्षेत्र तर विकास खोइ भएको
जितेर गएपछि रेकर्ड छैन फर्केर गएको ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

[८]
१,
मकालु टल्किदा संखुवासभा जिल्ला लाग्दछ राम्रो,
मनोरम दृश्यमा हिमशैल कति सुन्दर हाम्रो।
२,
सिद्धकाली मनकामना धार्मिक स्थल शिव धाम,
कोशी ल्हासा हुँदै घुम्न आउनु संखुवासभा नाम।
✍️ तारा घिमिरे
संखुवासभा

{९]
१.
वनभरी लालीगुराँस सुन्दर छ फूल फुलेर,
देखियो मन लोभ्याउने दृश्य नै पालुवा झुलेर।
२.
खुसी मान्यो मन जन्मभूमि आँखाले देख्न पाउँदा,
स्वर्ग छुए जस्तो लाग्छ एक मुठी माटो समाउँदा।
✍️ रविन भण्डारी
कानेपोखरी-२,दलेली, मोरङ

[१०]
१.
हरियो परियो रमाईलो लाग्दैछ पूर्वकाे गाऊँ,
घाम उदाउँदाको दृष्य झन् लाग्ने अपूर्व याे ठाऊँ।
२.
चरा चुरुंगी, वनस्पतिहरु फल अनेक छन,
जन्मीएँ धन्य पूर्ण धरती छ पूर्व नै जाऊँ जन ।
✍️ पुष्पाशायरा, बिराटनगर

[११]
१.
जति घुम्यो घुमुँ झैँ लाग्ने इलामका चिया बगान,
मनभित्र जोश जाँगर आहा हुन्न रत्ती थकान ।
२.
स्वर्ग कस्तो हुन्छ कुन्नि मलाई यहीँ नै स्वर्ग लाग्यो,
जुनिजुनी सम्म पनि बाँचिरहने रहर जाग्यो।
✍️ वसन्त अनुभव
घोराही -१४,दाङ

[१२]
१.
झुल्के घामले हुन्छ न्यानो हजुर जूनेलीको शीत,
पश्चिममै खेल्छन् ,दोहोरी पूर्वै गाउँछन् लोकगीत ।
२.
सुनचाँदी हिरामोती फल्ने नेपाल देशको माटो ,
आफैं दिगो विकास गर्न लागे गाउँघरको बाटो ।
✍️ रिजाल विनोद
बेलबारी -२ मोरङ

[१३]
१.
नेपालको शान भनौं पूर्वीय वन पाखा छहरा
यी मनमोहक डाडा अनि हिमशिखर पहरा ।
२.
गौरव लाग्छ हामी सबैलाई नेपाली हुनुमा
निडर बनि पौरखले हिमशिखर छुनुमा ।
✍️ दुर्गा भट्टराई, मोरङ

[१४]
१.
ए! नानी तिमी पूर्वेली रहिछ्यौ लगायौ नि मोहनी,
म झिल्के परे पश्‍चिमेली ठिटो तिमीलाई सम्झनी।
२.
त्यो चियाबारी हेरेर मख्ख कञ्चनजंघा हिमाल,
धर्तीकै स्वर्ग मान्दछन् सबै यो मेरो देश नेपाल।
✍️ अनिल खग्रास, पर्वत

[१५]
१.
सधैं आफ्नो पैचान जोगाएर राख्ने हामी गोर्खाली ,
पौरखमा नै बाँच्ने नेपाल भूमिका पूर्वी नेपाली ।
२.
सक्ने काम आफैं गरेर देश विकास गर्ने दामी,
स्वावलम्बी भएर सबैलाई प्रेरित गर्छौं हामी।
✍️ भगवती दवाडी
दमक झापा

[१६]
१.
सूर्योदय सबेरैमा हुने रे श्रीअन्तु डाँडापारी
कञ्चनजङ्घा चिहाई हेर्छ, हाँसेर घुम्टो उघारी ।
२.
श्रीपाथीभरा दर्शन गर्न, खोजीखोजी नै आउने,
सुख शान्ति वरदान सब, भक्तजनले पाउने।
✍️ गोपाल कृष्ण डङ्गोल
इटहरी।

[१७]
१.
पूर्व जस्तो त राम्रो खोजेर मैले अन्त पाईन,
ठूला सहर धुलो माटो देखेर पानी खाईन।
२.
वातावरण स्वभाव सुचित्त मिलनसार पूर्व,
देवी देउता बास गरेको यहाँ लाग्छ धेरै गर्व।
✍️ कमला हरिमाया पाण्डे पराजुली, झापा

प्रतिक्रिया

सम्बन्धित