१६ सर्जकका १६ टुक्का कविताहरू

टुक्का दुई हरफमा अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर लेखिने काव्यकाे नविनतम उपविधा हाे । छाेटाे समयमा लाेकप्रियता हासिल गर्न सफल याे उपविधाकाे आधिकारीक दर्ता भएकाे संस्था “टुक्का साहित्य समाज” हाे । टुक्काकाे उन्नयनकाे लागि सबै सदस्यहरू समान पिलरकाे रुपमा रहेर टुक्का “अभियन्ता समुह” ले पनि विभिन्न कार्यक्रमहरू सन्चालन गर्दै टुक्काकाे विकास र लाेकप्रियतामा मुख्य भूमिका खेल्ने गरेकाे छ। टुक्का लेखन अभ्यासकाे सिलसिलामा पूर्वेली टुक्का समुहमा सिर्जना गरिएका केही टुक्का कविताहरू ।


[१]
१.
पहिलाे झुल्काे घाम आउने ठाउँ घमाइलाे,
हरियाली रमणीय प्रिय पूर्वै रमाइलाे।
२.
सबै मिलि हातेमालाे गर्दै अघि बढाैं,
मेहनतले उन्नति शिखरमा चढाैं।
✍️ ताराप्रसाद चापागाई
धुनिबेसी।

[२]
१.
जीवनमा नत तिमीलाई पाए न हार खाए,
अन्जानमा नै मैले व्यर्थ किन किन माया लाए।
२.
तिम्रो चोटिलो प्रहारले छाती छिया पारेकाे,
जहिले त तिमी जित्नखोज्छौ मैले त हारेकाे।
✍️ दुर्गा आचार्य, मोरङ्ग

[३]
१.
चरी उड्यो टुक्का बनि पूर्वै रमायो,
मन छुने सृजनाले खुसी बनायो।
२.
भर्छ अब फूल्ले पनि बास्ना हरर,
गुड्छ सधैं बस चढी टुक्का सरर ।
✍️ होम प्रसाद नेउपाने
धरान ,सुनसरी ।

[४]
१.
हिमाल राम्रो पहाड राम्रो तराई छ राम्रो
झरना ताल प्रकृति राम्रो गुराँस छ हाम्रो ।
२.
विकास हामी गरौंला देश उज्वल पार्नलाई ।
छिमेकीलाई सक्दैनौ दिन सिमाना सार्नलाई ।
✍️ तारा घिमिरे, संखुवासभा

[५]
१.
किसान को जीवन कष्ट कर भयो
बेमौसमी बाढीले बाली सबै लयो।
२.
खेतमा बाली बगेको हेर्न नसकी आँशु झर्छ बरर
भोलि को दिनलाई सम्झी ल्याउँदा यो मन काम्छ थरर।
✍️सरस्वती श्रेष्ठ,
इटहरी २, हवाईचोक

[६]
१.
गाउँ सहरमा अधिवेशन हुदैछ भोटको
विपत्तिमा किसानले राहत पाएनन् चोटको ।
२.
परदेशी फर्कि आऊ खुसी दिन
चेलीले माइतीघर डाक्दै छिन ।
✍️ रिजाल विनोद
बेलबारी ०२, मोरङ

[७]
१,
जीवनको हरेक घडीमा बाँसुरीले साथ दिएन,
सोह्रसय गोपिनी लाई कृष्णले पनि हात लिएन।
२,
जन्मे पछी मर्नै पर्ने यो कस्तो बाध्यता रहेछ,
विश्वमा शान्ति देखाउने बुद्ध पनि त मरेछ।
✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा

[८]

मृत्युको पीडा असह्य हुन्छ सकिन्न पाेखेर
बुझ्दैन मन राेकिन्न आँशु हातले छोपेर ।

उमेर छँदै टुटेकाे साथ बिर्सने कसरी
चखेवा बिना चखेवी कहाँ बाँच्दछ जसरी ?
✍️ त्रिलोचन भण्डारी
मेचीनगर,झापा

[९]
१.
बल्झि रहन्छ सधैंभरी याे मन भित्र चोट
आफन्तले लगाई दिन्छ्न धेरै धेरै खोट।
२.
साउन भदौमा आउने बाढी कार्तिक मा आयो
बिचरा तिनै किसान लाई धुरुधुरु रुवायो।
✍️ गोमा गुरागाँई पोखरेल
इटहरी

[१०]
१.
दसैँ गएर तिहार आयो
सबै तिर रमाइलो छायो।
२.
सयपत्री फूल फुल्दै छ बारीमा,
रमाइलो भयाे वारि र पारीमा।
✍️ साधना पाैडेल, अाेखलढुंगा

[११]
१.
दुःख भने धेरै नै गरियो,
मन मेरो पीडाले भरियो।
२.
काठमाण्डौ घुम्ने हो सहर,
सानो मान्छे ठूलो छ रहर।
✍️ रविन भण्डारी
कानेपोखरी मोरङ

[१२]
१.
मन दिएँ, दु:ख पाएँ, दिल दुखाएर गयो
भन्यो अब लाउँदिन माया, भयो अब भयो।
२.
भाग्यमा नभए माया लगाए नि छुट्छ
बेलुन-पानीको फोका झैं अवश्य फुट्छ।
✍️ परिक्रमा श्रेष्ठ
धरान

[१३]
१.
मेहनत गरे सकिनेछ उच्च शिखर छुन
अभावले नै सिकाउँछ असल मानिस हुन।
२.
आफ्नो लक्ष्यमा पुग्न अति नै हतार हुन्छ
सफलताले परिश्रमको मिठो फल दिन्छ ।
✍️ दुर्गा भट्टराई
मोरङ

[१४]

पूर्व देखि पश्चिम गए घाम घमाईलो,
जति हेरेपनि मलाई पुर्वै रमाईलो।

जाडो गर्मी बराबर रमाइलो सहर,
ठुलो छ महल घर्मशाला नदि नहर।
✍️ कमला हरिमाया पाण्डे पराजुली
चारअाली, झापा

[१५]
१.
खुसी खोज्दै हिडकी छु भेटिन्छ कि कतै भनी
बाँच्न चाहन्छु म पनि हाँसीखुसी सुखी बनी ।
२.
बसेकी छु दर्द भोगी संसारमा मिल्ने जति,
क्रूर रैछ भगवान् दियो चोट मलाई अति ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

[१६]
१.
तिहारको रमझम हुने शहर,
बत्तीहरू बलेका हेर्नुहोस् लहर।
२.
चाडबाडमा केटाकेटीको हुन्छ रहर,
रमाइलो मानेर खेल्छन् पीङमा सरर।
✍️ भगवती दवाडी
दमक,झापा

::::: जय टुक्का! जय साहित्य!! :::::

प्रतिक्रिया

सम्बन्धित