खानपान तथा अस्वस्थ्य जीवनशैलीका कारण बढ्दैछ मुटुरोग : डा. निकेशराज श्रेष्ठ

बिराटनगर / पुर्वाञ्चलमा डा. निकेशराज श्रेष्ठ कुनै अपरिचित नाम होईन । पुर्बाञ्चलकै पहिलो सिनियर कन्स्ल्टयाण्ट ईन्टरभेशनल कार्डियोलोष्टिका रुपमा उनी परिचित रहेका छन । स्वीटजरल्याण्डबाट अध्यायन सकेपछि सुनसरीको धरानस्थित बिपि प्रतिष्ठानमा कार्यरत रहेका उनी हाल मोरङको बिराटनगरस्थित न्यरो अस्पतालमा कार्यरत रहेका छन ।

नेपालमा पछिल्लो समय बढदै गएको मुटु रोगका बारेमा मुटुरोगका लक्षण,बच्चे उपाय र रोग लागेपछि के गर्न सकिन्छ र मुटु रोग लागिहालेमा के कस्ता प्रबिधिबाट उपचार गर्न सकिन्छ लगायत मुटुका बिरामीलाई राज्यले र अस्पताले कस्तो सुबिधा उपलब्ध गराएको छ । साथै डा.श्रेष्ठको सामाजिक योगदान र रिसर्चका बिषयमा गरिएको भिडियो कुराकानी :

विशेषगरी मुटुरोग दुई कारणले हुन्छ, एउटा भित्री वा मुटुको भागमा समस्या सिर्जना भएर र अर्को बाहिरी क्रियाकलापले । भित्री कारण भनेको धड्कनसम्बन्धी समस्या, ब्लकेज आदि हुन् । बाहिरी कारण धूम्रपान, मध्यपान, कोलेस्ट्रोल, ब्लडप्रेसर बढ्नुलगायत हो । थाइराइड, सुगर, मोटोपना आदि कारणले पनि मुटुरोग हुन्छ ।

मुटुको पम्पिङ कमजोर हुने, चालमा गडबडीलगायतको समस्या आएमा त्यसलाई मुटुरोग भनिन्छ । रगतको कमी हुँदा पनि मुटु ढुकढुक हुने समस्या हुन्छ । उसो त थाइराइडका कारण पनि यस्तो हुन सक्छ । यी मुटुरोगका लक्षण हुन् । यो बुझ्न जरुरी छ कि लक्षण नै मुटुरोगचाहिँ होइन । वंशाणुगत कारण पनि मुटुरोग लाग्न सक्छ । यस्तो कारणले मुटुरोग लाग्नेलाई जन्मिनेबित्तिकै लक्षण देखिन्छ । तर, कसैकसैलाई भने ४०/५० वर्षको उमेरमा पनि मुटुरोग लाग्न सक्छ । मुटुको चाल अकस्मात् घटबढ हुने, पेसमेकर राख्नुपर्ने अवस्था सिर्जना भएमा पनि मुटुरोग लाग्छ ।

मुटुका मांसपेशीसम्बन्धी समस्याका कारण पनि मुटुरोग लाग्ने गर्छ । जसले गर्दा हार्ट फेलियर नै हुन्छ । मुटुको मांसपेशी कमजोर, रक्तसञ्चार अनियन्त्रित भएमा मुटु कमजोर हुन जान्छ र रोग लाग्छ । मुटुको भल्बसम्बन्धी समस्याका कारण पनि मुटुरोग लाग्ने गर्छ । भल्बले एउटा चेम्बरबाट अर्को चेम्बरमा सजिलै रगत जान दिने तर फर्किन नदिने काम गर्छ । भल्बमा समस्या आएमा यस्तो प्रक्रियामा असर पुग्छ र मुटुरोग लाग्न सक्छ ।

मुटुरोगको अर्को कारण डर र तनाव पनि हो । विशेषगरी महिलामा महिनावारी सुक्ने वेला आत्तिने, स्वाँस्वाँ हुने, पसिना आउने हुन सक्छ, जुन सस्या मुटुरोगको लक्षण पनि हुन सक्छ ।

यसका लक्षण

मुटु ढुकढुक हुने, मुटुको चाल छिनछिनमा गडबडी भएको अनुभूति हुने । स्वाँस्वाँ हुने । मुटुरोगीलाई खासगरी एक्सरसाइजको वेला अत्यन्त बढी स्वाँस्वाँ हुने गर्छ । हर्ट फेलियर भएका व्यक्तिलाई पनि यस्तो समस्या हुन्छ । मुटुरोग लागेमा खुट्टा, अनुहार, पेट सुन्निने हुन्छ । बेहोस हुनु पनि मुटुरोगको लक्षण हो । मानिस दुई कारणले बेहोस हुन्छ, एउटा छारेरोग र अर्को मुटुरोग । त्यसैले बेहोस हुनेबित्तिकै यसको पहिचान गर्न जरुरी हुन्छ । मुटुरोग भएमा निकै थकाइ लाग्छ, जुन असामान्य हुन्छ ।

१. अहिले मुटुरोगबारे मानिस निकै सचेत छन् । जसका कारण सामान्य रोग लागेको आवस्थामा पनि मुटुरोग भएको आकलन गरी जाँच गर्छन् । यसबारे निकै अनुसन्धान पनि भएका छन् र मुटुरोगसम्बन्धी डाक्टरको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । कसैको अचानक मृत्यु भएको अवस्थामा मुटुरोगको अड्कल गरिहाल्छन् । तर, पहिला–पहिला यस्तो घटना भइहाले पनि मुटुरोगले नै हो भन्ने पत्तो हुँदैनथ्यो । काेभिडकाे कारण रगत बाक्लाे बनाउने हुनाले फाेक्साे पश्चात मुटुमा यसकाे प्रभाव धेरै हुने गरेकाे पाइएकाे छ ।

२. यसो भन्दैमा मुटुरोगीको संख्या बढेको छैन भन्नेचाहिँ होइन । हामीकहाँ पाश्चात्य संस्कृतिको विकास भएको छ । जसले गर्दा मानिसको लाइफस्टाइलमा पनि परिवर्तन आएको छ । धेरैले व्यायाम गर्दैनन् । २० वर्षपहिले र अहिलेको दैनिकीमा निकै परिवर्तन आइसकेको छ । अहिले बच्चाहरूमै सुगर, कोलेस्ट्रोल, उच्च रक्तचाप देखिन थालेको छ । त्यसैले मुटुरोगीको संख्या पनि ह्वात्तै बढेको छ ।

३. जति उमेर बढ्दै गयो, त्यति मुटुरोग लाग्ने सम्भावना हुन्छ । हाम्रो जस्तो विकासशील मुलुकमा महिला ५५ र पुरुष ४५ वर्षभन्दा बढी भएमा मुटुरोग लाग्ने सम्भावना अत्यधिक हुन्छ । पछिल्लो समय मानिस प्रविधिका कारण अलि बढी बाँच्ने गर्न थालेका छन् । जसले गर्दा पनि मुटुरोगीको संख्या बढ्न गएको छ ।

मानिसले समयमै मुटुरोगको पहिचान गर्न सक्यो भने यसबाट सजिलै बच्न सकिन्छ । यति धेरै प्रविधिको विकास भइसकेको छ कि समयमै उपचार गराउन सकेमा जस्तोसुकै मुटुरोगीको उपचार सम्भव छ । समयमै उपचार नपाउँदा मात्र यसले भयावह स्थिति सिर्जना गर्ने हो ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…