कविता : साउन

फुलेको असारे झरेको छ छैन ?
डुलेको जुरेली कराएन छैन ।
कतै छैन क्वैली वनै शून्यतामा
दिनै भिन्न भो यो झरीको बिलौना ।१।

रमाएन ब्यारे जुनी न्याउलीको
रुने जङ्गलैमा बिलौरी बुनेको ।
गरो खेत बेग्लै उचालेछ रोपो
नयाँ याम प्यारो कटी तिर्सनाको ।२।

कुदेको छ खोलो युवाझैं जवानी
हराएन वर्षा खुसी घामपानी ।
घुमी बादलैले फिंजारेर छायाँ
कुन्ना कन्दरामा बिसाएछ माया ।३।

अहो ! साउनै मास यो रूपदाता
खुलायो खुले चाड चौडा निकासा ।
रुमानी भयौ रे धरा रूपधारी
भरी मानवीमा अलङ्कार भारी ।४।

================
पदम दाहाल
मादी, न.पा. ६, संखुवासभा
हाल: लोकन्थली, भक्तपुर
९८४२०९९८३१

प्रतिक्रिया

सम्बन्धित