बिवेकी भनिएका नै अबिवेकी बने पछि कसको के लाग्छ

बिवेकी प्राणीकारुपमा मानिसलाई लिने गरिन्छ । सर्वश्रेष्ठताको दावा पनि मानिस आफैले गरिन्छ तर त्यही सर्वश्रेष्ठ बिवेकी भनिएका नै अबिवकी बने पछि कहिले काँही संकट पनि थपिन सक्छ । मुलक यतिवेला कोरोना संकटको दोश्रो चरणमा छ भने योसँगै अन्य चरणहरु समेत देखिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सजग हुदै सावधानी अपनाउन सवैमा आग्रह गरेको छ ।

विश्वभरी महामारीकारूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को संकट हामीले गत बर्ष पनि सामना गर्यौ भने अहिले पनि सोही संकटको सामना गरि रहेका छौ । यो संकट कति चरणमा गएर अन्त्य हुन्छ, यो न कुनै मानिस न कुनै ज्यातिष कसैले पनि भन्न सक्दैनन । साना कमजोर मुलुक देखि ठूला शक्तिशाली राष्ट्रहरु समेत कोरोनाबाट पिडित छन । चीनबाट शुरु भएको कोरोना संकट अहिले दोश्रो चरणमा पुगेको छ ।

कोरोना जोखिमका कारण हाम्रो सानो मुलुक नेपालमा पनि सवै क्षेत्र अस्तब्यस्त बन्न पुगेको छ । अर्थतन्त्र डामाडोल बनेको छ भने बौदिक र साक्षर बनाउने शैक्षिक क्षेत्रहरु महिनौबाट ठप्प अवस्थामा छन । बन्द अवस्थामा रहेका शैक्षिक संस्थाहरु पुन पहिलेकै अवस्थामा फर्केर भविष्यका कर्णधार मनिएका बालबालिकाले कहिलेबाट नियमित अध्ययन गर्न पाउँछन त्यसको समेत ग्यारेन्टी छैन ।

नागरिकको स्वास्थ्यका लागि बजेट खर्च गर्ने र उपचारको जिम्मा लिने कार्य राज्यले नै लिनु पर्छ, कोरोना संकटका बिचमा पनि अहिले नेपालको रानीतिक क्षेत्र समेत परिवर्तन भएको छ । यसले गर्दा मुलुक हाक्ने जिम्मा पाएका प्रधानमन्त्री नै परिवर्तन भएका छन । तर जे भए पनि कोरोना जोखिमको नियन्त्रण र जनतालाई जोगाउन अघिल्लो सरकारले समेत केही मात्रमा भए पनि खोपको ब्यवस्था गरेको छ भने अहिलेको नयाँ सरकारले समेत पहिलो प्राथमिकता जनता जोगाउने हुने भन्दै सवै नागरिकलाई अन्य राष्ट्रसँग ऋण लिएर भए पनि खोप लगाउने प्रतिबद्धता गरेको छ । तर यो प्रतिबद्धता गफ मै सिमित हुन्छ कि काम नै हुन्छ त्यो भने केही समय पर्खन नै बेश हुन्छ ।

संकटका वेला नागरिकले अनुहार हेर्ने सरकारको नै हो । संकटको घडीमा राज्यले नागरिक प्रति उत्तरदायित्व देखाउन सकेन भने राज्य भएको प्रत्याभुमि गर्न सकिदैन । यति भनि रहँदा सवै दायित्व राज्यले मात्र लिनु पर्छ त भन्ने चाँही हैन । नागरिकका पनि संकट समाधानका लागि केही दायित्वहरु हुन्छन, त्यस तर्फ हामी जिम्मेवार हुनु पर्छ । बिविध समस्याका बावजुद पनि हाम्रो अहिले प्रमुख चुनौती कोरोना संकट नियन्त्रण हो । सधै मुलुकलाई बन्दा बन्दीको अवस्थामा राख्न सकिदैन त्यसै कारण कोरोना संकट नसकिए पनि बन्द अवस्थामा रहेका ब्यावार ब्यवसाय, उद्योग धन्दा समेत बिस्तारै खुल्नेक्रममा छन ।

जिल्ला जिल्लामा गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लगिएको छ । तर यसलाई पुन पहिला कै अवस्थामा सहज भएको र कोरोना जोखिम हटेकोरुपमा पनि केही मनिसहरुले लिने गरेका छन । जसका कारण पुन पहिला कै अवस्थामा जोखिम बढने त होइन भन्ने पनि देखिएको छ । यो अवस्थामा झन सावधानी र सचेत अपनाउँदै स्वास्थ्यका मापढण्ड अपनाउन पर्नेमा त्यसलाई चुनौती दिन थालिएको छ । कोरोना जोखिमबाट बच्ने उपायकारुपमा मास्कलाई पनि लिने गरिन्छ । तर अहिले धैरेले मास्कको प्रयोग गर्न छोडी सकेका छन भने सामाजिक दुरी कायम गर्न समेत छोडेका छन । यो दुवै कार्य कसका लागि गर्ने स्थानीय प्रशासन र प्रहरी देख्दा सावधानी अपनाए जस्तो गर्ने अरु बेला जस्ताको तस्तै । यो बानीको सुधार गर्नु जरुरी देखिन्छ । हाम्रो देशको स्वास्थ्य अवस्था अन्य मुलुकहरुको तुलनामा धैरे नाजुक छ । अहिलेसम्म हामीले देशभरमा सरकारी अस्पतालतहरुमा सामान्य भेन्टिलेटर समेत राख्न सकेका छैनौ । अलि बढी बिरामी देखिएमा हामीले अस्पतालहरुमा राख्ने ठाउँ समेत भेटदैनौ । यस्तो अवस्थामा तपाई हामी आफै सचेत हुन सकिएन भने के होला अवस्था, एक पटक मनन गरौ त ?

कोरोना भनेको खेलाची गर्ने बिषय होइन । केही गल्तीहरु पहिल्यै भई सकेका छन । महामारी फैलिंदै गर्दा पनि त्यसलाई गम्भीररुपमा लिन नसक्नु, अन्तर्राष्ट्रिय उडानहरु वेलैमा बन्द गर्न नसक्नु, स्वास्थ्य जाँचका लागि आवश्यक सामग्रीको प्रबन्ध गर्न नसक्नु, विदेशबाट आएकाहरुलाई निस्फिक्रीरुपमा घुमफिर गर्न दिनु जस्ता गल्ती भई सकेका छन । त्यसैले अवका दिनमा हामीले यी गल्तीहरुलाई पुन दोर्याउने गरी काम गर्नु हुदैन ।

पछिल्लो २४ घण्टामा बिहिवार मात्र नेपालभर ३ हजार ३६५ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ पीसीआर परीक्षणमा २ हजार ३ सय ३५ जना र ४ हजार ६ सय ८७ एन्टिजेन परीक्षणमा १ हजार ३० जना गरी ३ हजार ३ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख ९० हजार ३ सय ४२ पुगेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ९० जना रहेका छन् ।

यो तथ्यांकबाट पनि हामीले मुल्यांकन गर्न सक्र्छाै नेपालमा कोरोना संक्रमण दरमा कमी आएको छैन । सबै लडाइँ मैदानमा गएर मात्रै लडिँदैनन् र जितिँदैनन । युद्धमा भनिए जस्तै सबभन्दा राम्रो युद्ध त्यो हुन्छ, जुन नलडेरै जितिन्छ । हो कोरोना भाइरस पनि हामीले घरमै बसेर र सावधानी अपनाएर जित्न सक्छौं । त्यसैले हामी सचेत बनौ, सजग बनौ, आफनो स्वास्थ्य आफनै हातमा छ ।

बिवेकी भनिएका नै अबिवेकी बन्न पुगियो भने कसको के लाग्गा र । यसलाई मनन र आत्मसाथ गर्दे हातमा हात राखेर अगाडी बढौ, पक्कै पनि कोरोना संकट परास्त गर्न सकिन्छ ।

लेखक : बिगत दुई दशक देखि भोजपुरमा रहेर पत्रकारिता पेशामा आवद्ध छन ।

प्रतिक्रिया

सम्बन्धित