होसियार रहू युवती ! होसियार !!

होसियार रहू युवती होसियार !
किनकि
तिम्रो शरीरउपर दागा धर्ने
प्रशस्त नायकहरू चिनेको छु मैले
तिम्रो लहलहाउँदो बैंसमाथि थुक निलेर नजर झार्ने
थुप्रै बैंसालुहरू बुझेको छु मैले ।

तिम्रो भर्भराउँदो यौवनमाथि काँगा बनेका
यथेष्ठ युवाहरू पाएको छु मैले
तिम्रो शिष्टताप्रति अश्लील सुस्केरा बगाउने
कैयौं कुटिलताहरू भेट्टाएको छु मैले ।

मान्छे नै मान्छेको प्रलयकारी भीडबाट
बनेर बाजको नजरझैं
कटाक्ष आँखाका डोबहरू
तिम्रो शरीरको कुलकुलाउँदो जवानीमाथि
खिलैखिल गाडेको बुझेको छु ;
तिम्रो सुन्दर वक्षस्थलमा पौडिएर
अतृप्त प्यास मिटाउन खोज्ने
नितान्त सुकुमारहरूलाई पनि
यहाँ मैले सुस्पष्ट बुझेको छु ।

साथी बनाएर मनको खुफियालाई
क्षत विक्षतरूपमा झम्टा मार्दै
धीत मरुन्जेल रसपान गर्न खोज्ने
बरालाहरू पनि देखि राखेको छु ।

रक्तिम ओठ र तप्त गालाभरि
चुम्बनका निला खत र डाम पठाएर
चोक र बाटोघाटो ढुकी बस्नेहरू
र टाढैबाट चुस्की लिनेहरूको
गुमनाम नाम लेखी पठाएको छु ।

================
पदम दाहाल
मादी, न.पा. ६, संखुवासभा
हाल: लोकन्थली, भक्तपुर
९८४२०९९८३१

प्रतिक्रिया

सम्बन्धित