दुखिरहन्छ मेरो देश

कसैका बुइ चढेर नेता उचालिएका हुन् वा
कसैले फँसाउन मेरो देशमा पासा फिंजाएका हुन्
बुझ्न सकिएन बिल्कुल देश र देश चलाउने अगुवा
खालि मुटुभित्र पसेर दुखिरहन्छ कुटुकुटु मेरो देश ।

देशले नेता नजन्माएको हो वा
नायकले नेपालभित्र नअटाउने गरी
देशको नक्सा हराउन खोजेको हो
मेटाउन खोज्दैछ मेरो राष्ट्रियता कसैले
सम्झिनासाथ देश तरङ्गित बनेर
एकैनास दुखिरहन्छ मभित्रको मेरो देश ।

सख्त बिरामी परेको छ मेरो देश अहिले
विमानबाट दिल्ली पु–याउनु पर्ने हो वा
दिल्लीबाट झिकाएर चिकित्सक
कोमामा राखी उपचार गराउनु पर्ने हो ;
स्वास्थ्य लाभको कामना गर्नुबाहेक
अरू के नै गर्न सक्छु र म ?

================
पदम दाहाल
मादी, न.पा. ६, संखुवासभा
हाल: लोकन्थली, भक्तपुर
९८४२०९९८३१

प्रतिक्रिया

सम्बन्धित