छन्दपान विमाेचन ,संस्था समुद्घाटन तथा सङ्गगीतिक प्रस्तुति सम्पन्न

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित उद्योग वाणिज्य सङ्घकाे सभाहलमा कवि छवि ‘वैरागी’ घिमिरेद्वारा लिखित छन्दपान कविता सङ्ग्रहको विमोचन गरिएको छ । छन्द कविताकाे वारेमा विविध आवश्यक जानकारी र ज्ञान समेत समेटिएको छन्दपान छन्दाेवद्व कविता सङ्ग्रहकाे सुन्दरहरैंचा नपाका नगर प्रमुख शिवप्रसाद ढकाल, प्राज्ञ डा. दधिराज सुवेदी तथा साहित्यकार डा. नवराज लम्साल लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

कृति विमाेचन कार्यक्रमकाे अवसरमा प्रमुख अतिथि नगर प्रमुख ढकालले कवि घिमिरेद्वारा लेखित छन्दपान कविता सङ्ग्रहले साहित्य क्षेत्रमा एउटा इटा थप्ने काम गरेकाे उल्लेख गर्दै अन्य पक्षकाे विकास सँगै भाषा, कला तथा साहित्यकाे विकासले समाज समृद्धि तर्फ अघि बढ्ने बताए ।

कार्यक्रममा प्राज्ञ सुवेदीले विमोचित कृतिका बारेमा चर्चा गर्दै छन्दपानभित्र राखिएको के छैन नेपालमा शीर्षककाे कविता वाचन गरेका थिए । छन्दपान कृति विमाेचनमा डा.नवराज लम्सालले भोलि यस्ता पुस्तकको महत्त्व अनि मूल्य धेरै हुने उल्लेख गर्दे समय तथा परिस्थिति अनुसार लेखक कविकाे जन्म हुनु राम्रो पक्ष भएकाे बताए ।

छन्दपान छन्दाेबद्व सङग्रहमा राखिएको आचार्य अ द्वारा लिखित छन्द परिचय तथा नेपाली कविता साहित्यमा यसको प्रयोग राख्नाले यो पुस्तकको उचाइ अझै बढेकाे साहित्य क्षेत्रमा दखल राख्नेहरु बताउँछन् । छन्दपान कृतिको प्रकाशक गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौले गरेको कवि छवि वैरागी घिमिरेले बताए । उनले १ सय २४ पृष्ठको छन्दपान सङ्ग्रहमा ५३ वटा कविताहरु रहेकाे साथै छन्द सिक्न चाहाने नव कविहरुका लागि समेत कृति महत्वपूर्ण हुने दावी गरे । भोजपुरमा जन्मिएका घिमिरेले यस अघि केवल तिम्रै लागि उपन्यास, जूनतारा लेख सङ्ग्रह, माटाको आस्था कविता सङ्ग्रह तथा आहत हिपत कविता सङ्ग्रह प्रकाशन गरिसकेका छन् ।

कृति विमाेचनकाे कार्यक्रम सँगै कला साहित्यिक विकास समिति गठन तथा संस्थाको उद्घघाटन समेत गरिएको छ । संस्थाको अध्यक्षमा छवि वैरागी घिमिरे चयन भएका छन् । यस्तै उपाध्यक्षमा दीपक न्यौपाने र दुर्गा श्रेष्ठ, सचिवमा केपी घिमिरे, सहसचिवमा दुर्गा पराजुली, कोषाध्यक्षमा हीरादेवी खड्का चयन भएका छन् ।

समितिका अध्यक्ष घिमिरेलाई प्राज्ञ सुवेदीले पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराएका थिए । अन्य पदाधिकारीलाई अध्यक्ष घिमिरेले शपथ ग्रहण गराएका थिए । नेपाली कला, साहित्य र संस्कृतिको जगेर्ना गर्ने तथा स्थानीय क्षेत्रलाई परिचित गराउँने उद्देश्यले संस्था स्थापना गरिएको उल्लेख गरिएको छ । कार्यक्रममा लाेकप्रिय गायक हेमन्त शर्माले आफ्ना केही चर्चित गीत संगित प्रस्तुत गरि उपस्थित सबैलाई मनाेरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित