सुन्दरहरैंचा उवासकाे अध्यक्ष भएर व्यापार, व्यावसायीकाे हक हितमा काम गर्ने चाहाना छ : कृष्णप्रसाद रिजाल

माेरङकाे सुन्दरहरैंचा स्थित कृष्णप्रसाद रिजाल व्यापार व्यावसायकाे क्षेत्रमा चिरपरिचित नाम हाे । उनकाे जन्म २०२७ सालमा पिता आनन्दप्रसाद तथा माता तेजकुमारी रिजालबाट सलकपुरमा भएको थियाे । उनी २०५७ साल देखि इन्द्रपुर व्यापार प्रबन्ध समितिमा प्रवेश गरेका थिए । रिजाल शुरुकाे ३ बर्ष व्यापार प्रबन्ध समितिकाे साधारण सदस्य साथै पछि कार्य समिती सदस्यमा निवाचित हुदै काेषाध्यक्ष ,सचिव ,महासचिवका साथै सुन्दरहरैंचा उवासकाे दुइकार्यकाल उपाध्यक्ष र हालका वरिष्ठ उपाध्यक्ष भएर उत्कृष्ट काम गरेका विशुद्ध व्यवसायी हुन् । साधा जीवन र उच्च विचारका धनी रिजाल केही राम्रो आयमूलक काम गरि अरुलाई राेजगारी प्रदान गरेर आफु पनि बाँच्ने र अरुलाइ पनि बचाउँने स्वभावका छन् । रिजालले ३ दर्जन भन्दा बढी जनशक्तिलाई स्वदेश मै राेजगारी समेत प्रदान गरेका छन् । सामान्य परिवारमा जन्मिएका रिजालले गरेकाे संघर्ष र सफलता अहिलेकाे व्यापार व्यावसाय गर्न चाहाने युवापुस्ताका लागि समेत लाेभ लाग्दाे उदाहरण बन्न सक्छ ।

रिजालकाे स्थानीय क्षेत्रमा राधाकृष्ण टेड्स तथा कन्चनजंघा इन्डस्टिज समेत संचालनमा छ । रिजाल सुन्दरहरैंचा उवासकाे फागुन २२ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उमेद्ववारकाे रुपमा प्रस्तुत भएर सफल हुँदै नेतुत्व समाल्ने तथा व्यापार व्यवसायीकाे हक हितमा काम गर्ने भित्र चाहाना भएको बताउँछन् । उवासको अबकाे नेतृत्वमा अध्यक्ष पदका उमेद्ववार रिजालले आफ्नो समूह बनाई व्यापारीहरु सँग भोट माग्नमा व्यास्त छन् । उनले सम्बन्धित सबै समक्ष साथ सहयाेगकाे अपेक्षा समेत गरेका छन् । स्थानीय व्यापारीहरुले पनि निर्वाचनकाे माध्यमबाट आफुले रोजेको व्यक्तीलाई नै उवासमा अघि सार्नु पर्ने उल्लेख गरेको रिजालकाे भनाइ रहेको छ । व्यावसायी , समाजसेवी साथै सुन्दरहरैंचा उवासकाे अध्यक्ष पदका उमेद्ववार रिजालसंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ ।

यहाँ लामाे समय देखि व्यापार व्यावसायकाे क्षेत्रमा लागेर सक्रिय पूर्वक काम गरि रहनु भएको छ । यहाँकाे व्यावसायिक परिचय दिनु हाेस न ।

मैले लामाे समय देखि व्यापार व्यावसाय र उद्योग वाणिज्य सङ्घमा लागेर ठूलाे संघर्ष र दु: ख गरेको छु । म व्यापार व्यावसाय भन्दा बाहिर गएर काम गर्ने पक्षमा छैन । मैले २०५४ साल देखि सलकपुरबाट पप्पु स्टोर खुद्रा व्यावसायमा आबद्व भएर व्यावसायिक यात्रा सुरु गरेकाे हाे । २०६० मा थोक बिक्रेता हुँदै २०७५ देखी उत्पादन, थोक तथा खुद्रा तिनै प्रकारका व्यावसायमा संलग्न हुँदै आएकाे छु । स्थानीय शिक्षा निकेतन माविको वर्तमान अध्यक्ष, भुल्के साकोसकाे स्थापना देखि नै अध्यक्ष भएर काम गरेकाे अनुभव छ । लाइन्स क्लबको सदस्य,जेसिजको मानार्थ सदस्य,रेडियो सुसेलीकाे शेयर सदस्य भएर सामाजिक क्षेत्रमा समेत काम गरि रहेको छु । मेरो नामले नै यस क्षेत्रमा मेरो परिचय पुग्ने भएकोले आफु स्थानीय बासिन्दा तथा जन्मजात नै व्यावसायी हाे भन्न रुचाउँछु ।

 

उद्योग वाणिज्य सङ्घमा सहमतिबाटै नेतृत्व चयन गर्ने भनिएकाे भए पनि अहिले आएर निर्वाचन गर्ने निर्णय गर्नुको कारण के हाे ?

उवासकाे वर्तमान अध्यक्ष नवराज चापागाई लाई नै अध्यक्षमा निरन्तरता दिनु पर्छ भनेर सहमति भएको थियो । तर अहिले त्यही सहमति उहाँहरूले भङ्ग आफै गर्नुभएको छ । एउटा कोठामा बसेर गरेको सहमतिले म लगायत धेरै उद्योगी व्यवसायीलाई मन परेको थिएन । फेरि गोला प्रथाको कुरा आयो । आफनो स्वार्थ परिपूर्ति गर्न र साना व्यवसायीलाई कुण्ठित गर्न खोजिएको यो गोला प्रथा धोका हो भनेर धेरै व्यवसायी साथीहरूले विरोध गर्नुभएको छ । मिडियाबाट पनि धेरै विरोध आएको छ । अहिलेको जमानामा यो गोलाप्रथा मूर्ख बनाउने कुरा हो । शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसिजका साथीहरूले सहित यस्तो कुरामा व्यक्तिको शासन लागू गर्न लाग्नु भएको छ । यस्तो गैर प्रजातान्त्रिक कुरा हो भन्न चाहान्छु ।

आसन्न उवासको चुनावमा यहाँले अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ । निर्वाचित हुनु भयो भने के कस्तो काम गर्नुहुन्छ त ?

यस उवासकाे चुनावमा सफल भएँ भने पहिला उद्योग वाणिज्य संघमा संलग्न भई गरेको कार्यहरूलाई निरन्तरता दिनेछु । यसका अतिरिक्त मैले यस पल्ट पनि मेरा प्रतिबद्धताहरू सबैलाई जानकारी गराइसकेको छु । यस संघबाट व्यापार क्षेत्रमा गर्नु पर्ने कामहरू धेरै छन् । जस्तै यो नगरमा तीन खाले व्यापार रहेका छन्– ठुला, मझौला र साना । बाहिरबाट आएका व्यवसायीहरूलाई व्यवासायिक तालिम दिनु आवश्यक छ । सहकारी, सरकारी तथा गैर सरकारी संस्थाहरूबाट व्यवसायिक तालिममा सहभागी गराउनु पर्ने अवस्था छ । व्यवसायीहरूले कुनै करकापले नभई मेरो संघ भनेर अपनत्व स्वीकार गरी व्यापार संघमा दर्ता हुनु आवश्यक छ । किनभने यो क्षेत्रमा ८ सय ४८ जना व्यवसायीहरू मात्र दर्ता भएका छन् जबकि यहाँ ५ हजार जना व्यवसायी रहेका छन् । निर्वाचित भए भने व्यावसायीकाे हक हितमा आवाज उठाएर अहिले सम्म विविध समस्याले हुन नसकेका सुधार मूलक काम गर्ने याेजनामा रहेको छु । संघकाे वार्षिक साधारण सभा प्रत्येक आर्थिक बर्षमा सम्पन्न गर्ने प्रतिवद्वता रहेको छ।

व्यावसायीकाे मनाेबल उच्च बनाउँने तथा संघमा आबद्व व्यावसायीलाइ बिमा कार्यक्रम ल्याउँने लगायतका हाम्रो प्यानलकाे साझा प्रतिबद्वता रहेको छ । समृद्धि ,सहकार्य र सहयात्राका साथ आफु पद पाउँने आशमा भन्दा नेतुत्व समालेर राम्रो काम गर्ने विविध याेजनामा रहेको छु । सुन्दरहरैंचा उवास विशुद्ध व्यापार व्यावसायीकाे हक हितका लागि हुनु पर्दछ। यसमा कुनै पनि गलत पक्षले ठाउँ पाउँनु हुँदैन भन्न चाहान्छु । मलाई व्यावसायी तथा मतदाताहरुले सम्झनु भयाे भने सफलतता प्राप्त गरि व्यापार व्यावसायकाे क्षेत्रमा सेवामूलक काम गर्नेछु । मेराे अध्यक्षता व्यापार व्यापारीको हक हित साथै उवासको विकासका लागि पनि हो । विशुद्ध रुपमा यहाँको व्यापारी भएर राजनीतिक सोच भन्दा फरक तरिकाले काम गर्ने साेच बनाएकाे छु । व्यापार व्यवसायीहरुमा सरकारको करहरु लगायत अन्य धेरै समस्याहरु छन् । त्यसकाे सावधान गर्ने पहल गर्ने छु । व्यवासायीलाई राहत दिने र उनीहरुको समस्या निराकरणका लागि सहयोग गरि युवाहरुलाई व्यवसायमा संलग्न गराउँने समेत ठूलाे चाहाना रहेको छ ।

यहाँ उम्मेदवारका रुपमा अहिले व्यापारी मतदाता हरूसँग के कसरी भोट मागिरहनु भएको छ ? व्यापारीहरूको प्रतिक्रिया र साथ सहयोग कस्तो भएको पाउँनु भएको छ ?

व्यापारी व्यवसायीहरूको घर दैलो र व्यापारिक प्रतिष्ठानहरुमा जाने कार्यक्रम गरिरहेका छौँ । व्यवसायीहरूका माझमा म पनि उत्साहित भएको छु । व्यवसायीहरू पनि मेरो कार्यक्रमले गर्दा उत्साहित हुनुहुन्छ । साथ सहयाेगकाे लागि राम्रो प्रतीक्रिया समेत पाएकाे छु । मलाई पूर्णरूपमा विश्वास र भराेसा छ मेराे मतदाताहरुमा। आफु पनि अघि बढेकाे युवा व्यावसायिक भएको नाताले युवाहरुबाट समेत ठूलाे सहयाेगकाे अपेक्षा राख्दछु । अरुलाई पटक पटक नेतुत्वमा बस्न दिनु भएको हुँदा मलाई पनि उवासकाे प्रमुख नेतुत्वकाे रुपमा काम गर्ने माैका एक पटक दिनु हाेला भनेर विनम्र अनुराेध गर्न चाहान्छु ।

वाणिज्य संङघकाे कार्य समितिमा कतिपयकाे गलत राजनीतिक चलखेलका कारण व्यापारीहरु मर्कामा परेको गुनासो पनि छ नि ?

ठिक भन्नू भयाे । हुन सक्छ उहाँहरुको गुनासो पनि र कुरा सही पनि हो । मेरो कुरा उवासमा विशुद्ध व्यवसायी नै हुनुपर्छ । व्यापार व्यवसायीले नै समस्या बुझेको हुन्छ । एउटा राजनीतिक नेताले चलखेल गरेर व्यापार व्यवसायीको संस्था धराशायी हुन सक्छ भन्ने मेरो मान्यता हो । ६ वर्षमा यो साधारण सभा र निर्वाचन भइरहेको छ ।
यो गलत नेतृत्वले गर्दा भएको हो । उवास विशुद्ध व्यापार व्यवसायिक संस्था हो । यसमा राजनीतिक व्यक्तिले प्रवेश पाए पछि आफ्नो अनुकुल गर्नाले नै साधारण सभा धकेलिएको हो । यस्तो राजनीतिक गतिविधिले यसरी नै हरेक काम ढिलो हुन्छ, व्यापारीहरूको कुरा कुण्ठित भइरहन्छ ।

यसाे हाे भने सुन्दरहरैँचा उवासमा व्यवसायीहरुको हक हितका लागि के कस्ता सुधार मूलक कार्यहरु गर्न आवश्यक रहेको ठान्नुहुन्छ ?

व्यवसायिक ज्ञान र तालिमहरु प्रदान गर्नु जरुरी छ । नयाँ नीतिहरुका बारेमा ज्ञान हुनु जरुरी छ । सुन्दरहरैँचा नगरभित्र व्यापारिक क्षेत्र फोहोरको समस्या छ । घरधनीहरु र व्यापारी बीच असभझदारी छ । धेरै लगानी गरेर गरेको व्यापार १/ २ वर्ष भित्रमा त्यहाँबाट निस्कनु पर्ने हुन सक्छ । लगानी खेर जाने हुन सक्छ । त्यसैले घरधनी र व्यवसायीबीच समझदारी गराई सुमधुर सम्बन्ध विकास गर्नु पर्ने आवश्यकता छ । व्यापारी व्यावसायीलाइ सुधारमूलक प्रशिक्षण आदिको आवश्यकता छ ।

अहिले सम्म यस्ता सुधारमूलक कार्य हुन नसक्नुका कारणहरु के के हुन् जस्तो लाग्छ ?

समस्याहरुकाे समाधान गर्न पहल गरिएको थियो । समितिहरु पनि गठन गरेका थियौँ । अघि बढ्दा बढ्दै समस्याहरु आयो । सुन्दरहरैंचामा नेपालमै नभएको बन्द निषेधित क्षेत्र घोषणा गर्न सक्याै । अन्य कामहरु प्रक्रियामा रहँदा रहँदै पनि कोभिड महामारी लगायतका समस्याले गर्न सकेनौँ । व्यवसायी साथीहरुले मलाई सहयोग गरेर अध्यक्षमा चयन हुन सकेमा यस्ता समस्याहरु समाधान गर्न सक्दो प्रयास गर्नेछु ।

सुन्दरहरैंचा उवासंघले खासै राम्रो काम गर्न नसकेको, व्यापारीहरु असुक्षित भएकाे साथै चोरीका घटनामा ध्यान नदिएको लगायतका धेरै गुनासो यहाँका व्यापारीहरुमा छ नि ?

यो वास्तविक गुनासो सही हो । व्यापारीहरू मर्कामा परेका छन् । उवासकाे नेतुत्वमा वसेका कतिपय आफू राजनीति गर्दै हिँडछन् । विशुद्ध व्यवसायी हाेइनन् ।कतिपय नक्कली व्यावसायी बनेर चुनावकाे बेला चर्चामा आउँन खाेज्छन् । यस्ता व्यावसायी भनाउँदाकाे भर हुँदैन । व्यवसायीकाे पिरमार्का म जस्तो विशुद्ध उद्योगीले मात्र बुझ्न सक्छ । समसाँझै यही विराटचोकमा, सलकपुरमा व्यपारीहरू लुटिएको छन् । तर कसैले केही चासो देखाएको छैन, मौन देखिएका छन् । हामीले के पहल गर्न सक्यौँ ? आफ्नो विवेक र क्षमता प्रयोग गर्न सक्नु पथ्र्यो । यो कुरामा मेरो विरोध पनि हो । अध्यक्षमा चुनिए पनि नचुनिए पनि यसमा मैले नै चासो राखी काम गर्नु पर्छ भन्ने मेरो सोचाइ भएकोले मलाई सहि रुपमा बुझि दिनु हाेला भन्न चाहान्छु।

विशुद्ध व्यवसायीमा के कस्ता गुणहरु हुन आवश्यक छ । कतिपय व्यापारीहरु व्यापारमा घाटा भयो भनेर छोड्ने गरेको सुनिन्छ नि ?

व्यापारीहरुले मैले यो व्यवसाय गर्छु भनेर निर्णय गरेपछि त्यस व्यवसायमा लागिरहनु पर्छ । एउटा व्यवसाय सुरु गरेर अन्य तिर फाइदा हुन्छ भनेर धेरै तिर हात हाल्दा पक्कै पनि असफल भइन्छ । व्यवसायीले राजनीति भन्दा माथि उठेर काम गर्नु पर्छ । ग्राकहलाई भगवान् सम्झेर व्यापार गर्नु पर्छ । नाफा र घाटाकाे नामै व्यापार हाे । जुनसुकै पार्टी वा जुनसुकै मानिस भए पनि व्यवसायीलाई सहयोग गर्नु पर्छ । व्यापार व्यवसायीलाई यो पार्टीको वा यो अर्को आस्थाको भनेर बिल्ला भिराउने गर्नु हुँदैन । पहिला आफै आत्मनिभर हुनु पर्छ । व्यवसायको समस्या व्यापारी आफैबाट सुरु हुन्छ । अर्को कुरा व्यापार चल्ने उपयुक्त स्थानको छनौट सही हुनुपर्छ । त्यसपछि मलाई लाग्छ व्यापार व्यवसायका लागि खासै समस्या छन् जस्तो लाग्दैन । सुन्दरहरैँचा नगरमा धेरै सम्भावनाहरु छन् । यस ठाउँमा आपसी सद्भभाव र भाइचाराकाे सम्बन्ध कायम रहेको छ । सानो उद्योग वा व्यापार भए पनि राम्रो काम मेहेनत पूर्वक गर्न सकेमा फाइदा हुन्छ ।

यहाँको विचारमा पहिले र अहिले यस क्षेत्रकाे व्यापार व्यावसायको अवस्था तथा फरक के कस्तो छ ?

धेरै फरक छ । मैले जतिखेर व्यापार सुरु गरेँ, व्यवसाय कम, वस्ती कम भएकाले व्यापार त्यति फस्टाउन सकेको थिएन । यहाँको सबै संघ संस्था, जन समुदाय, केही राजनीतिक दल, स्थानीय निकायको सहयोगका कारणले व्यवसायको लागि उचित स्थान भएको तथा व्यवसायको ठूलो सम्भावना मैले देखेको छु । यस ठाउँमा व्यापार व्यवसाय पहिलाको भन्दा धेरै परिवर्तन भएको देखिएको छ । अहिले यस ठाउँमा धेरै लगानीका व्यापारहरु पनि सुरु भएका छन् । याे सुन्दरहरैंचा नगर अहिले व्यावसायका लागि उपयुक्त हुँदै गइरहेको भन्ने कुरा सिद्ध भइसकेको छ ।

यहाँको आगामी योजना के छ ? के आफू निर्वाचनमा सफल हुन्छु जस्तो लाग्छ ?

मेरो पक्का विश्वास छ । म मत माग्न घुमिरहेको बेला व्यवसायीहरूको उत्साहले मलाई दिनुभएका कुराले ममा उत्साह भरिएको छ । एउटा व्यक्तिले शासन गरेर लादेको कुरामा हामी मान्ने तयार छैनौँ । त्यसै कारणले म यो निर्वाचनमा लागि परेको छु । मैले लिखित रुपमा म तथा मेरो टिमका प्रतिबद्धताहरू जनाई सकेको छु ।
मैले उवासको विकासको लागि धेरै कुराहरु गर्न सक्छु । उवासलाई नमूना बनाउनु पर्ने सवालमा काम गर्न सक्छु । यहाँका सबै उद्योगी व्यापारीहरुले साथ सहयोग गरेमा अध्यक्ष भएर अझ राम्रो गर्न सक्छु । भर्खर मैले खोलेको उद्योगमा अझै रोजगारी बढाउन चाहन्छु । निरन्तर व्यापार व्यावसायकाे क्षेत्रमा लागि रहने तथा अरुलाई पनि हाैसला साथ सहयाेग गरेर लक्ष्यमा पुग्ने मेरो धोको भएकोले मेराे भवनालाई सहि रुपमा बुझि दिनुहाेला । सुन्दरहरैंचा उवासकाे आसन्न निर्वाचनमा मेराे नेतुत्वकाे व्यावसायिक साझा समूहलाई माया गरि अमुल्य मत प्रदान गरिदिनु हुन सम्पूर्ण व्यावसायिक महानुभावहरुमा अनुराेध समेत गर्दछु । धन्यवादप्रस्तुति : मणिराम दाहाल

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…