साहित्यकार प्रसाईंका तीन पुस्तकहरु विमाेचन, अमेरिकामा बसेर नेपाली साहित्यमा याेगदान

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा ८ सलकपुर स्थित शिक्षा निकेतन माविकाे आयाेजनामा साहित्यकार कमला प्रसाईंद्वारा लेखित तीन पुस्तकहरु विमाेचन गरिएको छ ।

साहित्यकार प्रसाईंका चितामाथिकाे लास नाटक, सिमाना कवितासङ्ग्रह तथा हृदयभित्र गीतसङ्ग्रहकाे एक कार्यक्रमकाे आयाेजना गरि विमाेचन गरिएको थियाे । पुस्तककाे विमाेचन साहित्यकार प्रसाईंकी ९० बर्षिय आमा जयन्तादेवी प्रसाईंकाे जन्माेत्सव पारेर विद्यालयकाे प्राङ्गणमा गरिएको थियाे । पुस्तककाे विमाेचन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद रिजाल, विद्यालयका प्रअ ठाकुरप्रसाद सुवेदी, समाजसेवी कृष्णप्रसाद प्रसाईं, अम्बिकाप्रसाद अधिकारी लगायतले संयुक्त रुपमा गरेका थिए ।

साहित्यकार प्रसाईंद्वारा लेखित पुस्तक विमाेचन कार्यक्रममा कृति माथि समीक्षा शिक्षासेवी तथा साहित्यकार अमृतप्रसाद आचार्य तथा मेदिनीप्रसाद बरालले गरेका थिए । साहित्यकार प्रसाईं साेहि विद्यालयकाे पूर्व शिक्षिका समेत हुन् । उनी प्रवासमा (अमेरिका) बसेर, मेडिकल क्षेत्रमा कार्यरत भए पनि साहित्य सिर्जनामा क्रियाशिल छिन् । उनका कृतिहरुमा कविता / गीतसङ्ग्रह लगायत नाटक मन्चन , भिडियो फिल्मकाे कथावस्तु लगायत फुटकर रचना राष्ट्रिय / अन्तर्राष्ट्रिय विभिन्न पत्र पत्रिका तथा वेबहरुमा प्रकाशित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित