सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घ व्यावसायीकाे हक हितका लागि हुनु पर्दछ : कृष्णप्रसाद रिजाल

माेरङकाे सुन्दरहरैंचा स्थित कृष्णप्रसाद रिजाल व्यापार व्यावसायकाे क्षेत्रमा चिरपरिचित नाम हाे । उनकाे जन्म बि.सं. २०२७ सालमा पिता आनन्दप्रसाद तथा माता तेजकुमारी रिजालबाट सलकपुरमा भएको थियाे । उनी बि.सं. २०५७ साल देखि इन्द्रपुर व्यापार प्रबन्ध समितिमा प्रवेश गरेका थिए । रिजाल शुरुकाे ३ बर्ष व्यापार प्रबन्ध समितिकाे साधारण सदस्य साथै पछि कार्य समिती सदस्यमा निवाचित हुदै काेषाध्यक्ष, सचिव, महासचिवका साथै सुन्दरहरैंचा उद्याेग वाणिज्य संघकाे दुइकार्यकाल उपाध्यक्ष र हालका वरिष्ठ उपाध्यक्ष भएर काम गरेका विशुद्ध व्यवसायी हुन् । साधा जीवन उच्च विचारका धनी रिजाल केही राम्रो आयमूलक काम गरि अरुलाई राेजगारी प्रदान गरेर आफु पनि बाँच्ने र अरुलाइ पनि बचाउँने स्वभावका छन् । रिजालले ३ दर्जन भन्दा बढी जनशक्तिलाई स्वदेश मै राेजगारी समेत प्रदान गरेका छन् । सामान्य परिवारमा जन्मिएका रिजालले गरेकाे संघर्ष र सफलता अहिलेकाे व्यापार व्यावसाय गर्न चाहाने युवापुस्ताका लागि लाेभ लाग्दाे उदाहरण बन्न सक्छ । उनकाे स्थानीय क्षेत्रमा राधाकृष्ण टेड्स तथा कन्चनजंघा इन्डस्टिज समेत संचालनमा छ । रिजालले सुन्दरहरैंचा उद्योग वाणिज्य संघकाे साधारण सभा तथा आसन्न निर्वाचनमा अध्यक्ष पदकाे आकाक्षा समेत राखेका छन् ।

उवासको हालको नेतृत्वको लागि अध्यक्षमा कृष्णप्रसाद रिजाल तथा टीका कट्टेलको नाम सार्वजनिक भईरहेको छ । लामो समय अघि देखि नै अध्यक्ष पदका आकाक्षी रिजालले आफ्नो समूह बनाई व्यापारीहरु सँग भोट माग्दै आएकाे बताएका छन् । तर अर्का अध्यक्ष पदका दावेदार तथा समूह भने चुनावी प्रक्रियाबाट नभई सहमतीको प्रक्रियाबाट आफू अघि आउँने भन्दै केही दिन अघि संङघका एक पूर्व अध्यक्षको घरमा सिमित व्यक्तीहरु बसेर गोलाप्रथा गरेको घटना सार्वजनिक भएको रिजाल बताउँछन् । गोलाप्रथामा केही सिमित व्यक्तीले टीका कट्टेललाई अध्यक्षमा चुनिएको भनेर दाबी गरेकाे तर यस घटनाको आधिकारीक पुष्टि अहिले सम्म उद्योग वाणिज्य संङघले सार्वजनिक नगरेको रिजालकाे भनाइ छ । स्थानीय व्यापारीहरुले भने निर्वाचनकाे माध्यमबाट आफुले रोजेको व्यक्तीलाई नै उद्योग वाणिज्य संङघमा अघि सार्नु पर्ने उल्लेख गरेको रिजालकाे भनाइ रहेको छ । सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घकाे अध्यक्ष पदका आकाक्षी रिजालसंग गरिएको कुराकानी :

(१) लामाे समय देखि सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घकाे साधारण सभा तथा निर्वाचन गर्ने भनिए पनि याे सफल हुन सकेको छैन् । अहिले आएर गाेलाप्रर्था बाट अध्यक्ष पदकाे टुङ्गाे लागेकाे भन्ने कुरा बाहिर आएकाे छ नि ?

= यहि दिन साधारण सभा र चुनावी माहाेल हुन्छ भनेर आधिकारिक रुपमा घाेषणा गरिएको छैन् । तर फागुन २२ गते गर्ने कुरा गरिएको छ । अहिले म सुन्दै छु अचम्मकाे कुरा पूर्व अध्यक्षकाे घरमा मेराे उपस्थिती बेगर केही सिमित मान्छे बसेर उवासकाे अध्यक्ष चयनका लागि भाग्य चिठ्ठा जस्तो गरेर गाेलाप्रथाकाे काम गरियाे रे । व्यापार सङ्घ भनेकाे कसैकाे गाेजीकाे संस्था हाेइन । संङघमा निर्वाचनबाट अध्यक्ष पदकाे टुङ्गो लगाउँने बहुमत हुँदाहुदै आफ्नाे मनखुसीले गाेलाप्रर्थाबाट पदकाे चयन गर्नु जिम्मेवारी केही नभए जस्तो गैर प्रजातान्त्रिक भएको छ। यस्तो खालकाे गलत क्रियाकलाप र सहमतिलाई उद्योग वाणिज्य संङघले मान्यता दिदैन र दिएकाे छैन पनि । गाेला प्रथाकाे प्रकृया गर्दा सम्बन्धित व्याक्तिहरुलाई नराखी गरिएकोमा मेराे आपती र असहमति छ । मैले लामाे समय देखि व्यापार व्यावसायमा लागेर ठूलाे संघर्ष र दु: ख गरेको छु । म व्यापार व्यावसायी भन्दा बाहिर गएर काम गर्ने पक्षमा छैन् । मलाई व्यावसायिकहरुले सम्झनु भयाे भने निर्वाचनमा जान सक्छु ।व्यावसायीहरुले तपाईं अध्यक्ष पदकाे आकाक्षा छाडी दिनु भन्नू भयाे भने मात्र यसबाट पछि हटन सक्छु । तर उवासकाे साधारण सभा भयाे भने अहिले भएको पक्षपात पूर्ण व्यवहार तथा नराम्रो घटना क्रमलाई भने सबै व्यावसायी मार्फत प्रस्तुत गर्नेछु। म २२ बर्ष देखि उवासमा लागेर सेवा गरेकाे मान्छे हुँ ,यसबाट महिले के पाए ? मलाई पदकाे लाेभ हाेइन, राम्रो काम गर्ने चाहाना छ । केही साथिहरुले मेराे भावना र कुरा नबुझ्दा मेराे मन राेएकाे छ । आफुलाई व्यापार संङघबाट पाखा लगाउँन खाेज्दा मायाकाे चिनाे स्वरुप अहिले आशुकाे ठिक्का स्कार गर्नु परे जस्तो महसुस भएको छ ।

(२) सहमति तथा गाेलाप्रर्थाकाे माध्यमबाट उवासमा अध्यक्ष पदकाे टुङ्गो लगाउँने भन्ने सहमति भएको थिएन र ?

= गाेलाप्रथाबाट अध्यक्ष पदकाे टुङ्गो लगाउँने भन्ने कुरा सबै सम्बन्धित व्याक्ति राखेर सिस्टम पूरा गरि गर्ने भनिएको थियाे । तर गैर जिम्मेवारी पूर्वक प्रजातान्त्रिक प्रणालीकाे ख्याल नराखी आफ्नाे हिसावले गाेलाप्रथा एकातिर गरेर अर्काेतिर गाेइ तान्ने काम गरि टीका कट्टेललाई अध्यक्ष बनाउँने भन्ने कुराले मान्यता पाउँदैन । यदि गाेला प्रर्थाबाट अध्यक्षकाे चयन गर्ने हाे भने सहमतिबाट सबै भेला भएर छलफल गरि जेसिसकाे जस्ताे स्वच्छ तरिकाले गर्नु पर्दछ । आफुखुसि जे मन लाग्याे तेहि गर्न पाहिदैन् । व्यावसायी र समाजले जे भन्छ तेहि मान्यता पाउँछ । यदि अध्यक्षबाट पछि हट्नु पर्छ भने सिस्टमले मात्र पछि हटने छु । राम्रो सँग बुझे हुन्छ कसैकाे छलकपट मलाई मन पर्दैन । सिधासाधा मान्छेलाई कसैकाे छलकपट ठिक लाग्दैन । सहमति , गाेलाप्रर्था तथा चिठ्ठाकाे नाममा आत्माघाती व्यवहार र धाधली गर्न पाहिदैन् । सुन्दरहरैंचा उवास कसैकाे गाेजीकाे संस्था हाेइन् । यस कुरामा मेराे जहिले पनि विराेध र असहमति छ भन्न चाहान्छु ।

(३) यहाँ सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घमा अध्यक्ष पदको आकाक्षी हुनु भयाे । यहाँको अध्यक्ष पद के का लागि ?

= मेराे अध्यक्षता व्यापार व्यापारीको हक हितका लागि हो । यहाँको उद्योग वाणिज्य संङघको विकासका लागि हो । विशुद्ध रुपमा म यहाँको व्यापारी र व्यवसायीको हकहितका लागि आकाक्षा राखेको छु । राजनीतिक सोच भन्दा फरक तरिकाले काम गर्ने साेच बनाएकाे छु ।

(४) यहाँ अध्यक्षमा चयन हुनुभयो भने के कस्ता काम गर्नुृहुन्छ त ?

= व्यापार व्यवसायीहरुलाई धेरै समस्याहरु छन् । सरकारको करहरु लगायत अन्य धेरै समस्याहरु छन् । व्यवासायीलाई राहत दिने र उनीहरुको समस्या निराकरणका लागि सहयोग गर्ने, युवाहरुलाई व्यवसायमा संलग्न गराएर उद्योग धन्दा कल कारखाना आदि खोल्न उत्प्रेरणा दिने, प्रशिक्षण दिने आदि कुराहरु गर्नुपर्ने छ । धेरैपटक स्थगित हुँदै आएर अहिले कोभिडका कारणले मंसिरको १५ गते निर्वाचन गर्ने भनेर लागेका थियाै । हाम्रो छाता संगठनकाे चुनाव भर्खर मात्रै सम्पन्न भयो । यही कारणले फेरि स्थगित गरेका थियौँ । अब चाँडै नै अध्यक्ष पदकाे टुंगो सिस्टम पुयाएर सबैकाे सहमतिबाट हुन्छ भन्ने विश्वास गरेकाे छु ।

(५) वाणिज्य संङघमा कतिपय व्यवसायीहरुको गलत राजनीतिको चलखेल छ भन्ने गुनासो छ नि ?

= हुन सक्छ । उहाँहरुको गुनासो पनि, कुरा सही पनि हो । मेरो कुरा त्यहाँ विशुद्ध व्यवसायी नै हुनुपर्छ । व्यापार व्यवसायीले नै समस्या बुझेको हुन्छ । एउटा राजनीतिक नेताले चलखेल गरेर व्यापार व्यवसायीको संस्था धराशायी हुन सक्छ भन्ने मेरो मान्यता हो ।

(६) सुन्दरहरैँचा उवासमा व्यवसायीहरुको हक हितका लागि के कस्ता सुधारका कार्यहरु गर्नु आवश्यक रहेको ठान्नुहुन्छ ?

= व्यवसायिक ज्ञान र तालिमहरु प्रदान गर्नु जरुरी छ । नयाँ नीतिहरुका बारेमा ज्ञात हुनु जरुरी छ । सुन्दरहरैँचा नगरभित्र व्यापारिक क्षेत्र फोहोरको समस्या छ । घरधनीहरु र व्यापारी बीच असभझदारी छ । धेरै लगानी गरेर गरेको व्यापार १/ २ वर्ष भित्रमा त्यहाँबाट निस्कनु पर्ने हुन सक्छ । लगानी खेर जाने हुन सक्छ । त्यसैले घरधनी र व्यवसायीबीच समझदारी गराई सुमधुर सम्बन्ध विकास गर्नु पर्ने आवश्यकता छ । व्यापारी व्यावसायीलाइ सुधारमूलक प्रशिक्षण आदिको आवश्यकता छ ।

(७) यस्ता सुधारमूलक कार्य हुन नसक्नुका कारणहरु के के हुन् ?

= समस्याहरुकाे समाधान गर्न पहल गरिएको थियो । समितिहरु पनि गठन गरेका थियौँ । अघि बढ्दा बढ्दै समस्याहरु आयो । सुन्दरहरैंचामा नेपालमै नभएको बन्द निषेधित क्षेत्र घोषणा गर्न सक्याै । अन्य कामहरु प्रक्रियामा रहँदा रहँदै पनि कोभिड महामारी लगायतका समस्याले गर्न सकेनौँ । व्यवसायी साथीहरुले मलाई सहयोग गरेर अध्यक्षमा चयन हुन सकेमा यस्ता समस्याहरु समाधान गर्न सक्दो प्रयास गर्नेछु ।

(८) यहाँको विचारमा पहिले र अहिले यस क्षेत्रकाे व्यापार व्यावसायको अवस्था कस्तो छ ?

म यस क्षेत्रमा २०५५ सालदेखि व्यापार व्यावसायमा आबद्ध छु । निरन्तर व्यवसाय गरिरहेको छु । अहिले भर्खरै उद्योग पनि सुरु गरेको छु । स्थानीयहरुलाइ रोजगारी समेत दिएकाे छु । यस ठाउँमा व्यापार व्यवसाय पहिलाको भन्दा धेरै परिवर्तन भएको देखिएको छ । पहिला थोरै व्यापारी सानो व्यापार मात्र थियाे । अहिले यस ठाउँमा धेरै लगानीका व्यापारहरु पनि सुरु भएका छन् । यस ठाउँमा राजनीतिक व्यक्तित्व तथा अन्य क्षेत्रका मानिसले पनि व्यापार व्यवसायीलाई सहयोग गरेको हुनाले यो ठाउँ धेरै उपयुक्त हुँदै गइरहेको भन्ने कुरा सिद्ध भइसकेको छ ।

(९) विशुद्ध व्यवसायीमा के कस्ता गुणहरु हुन आवश्यक छ । कतिपय व्यापारीहरु व्यापारमा घाटा भयो भनेर छोड्ने गरेको सुनिन्छ नि ?

= व्यापारीहरुले मैले यो व्यवसाय गर्छु भनेर निर्णय गरेपछि त्यस व्यवसायमा लागिरहनु पर्छ । एउटा व्यवसाय सुरु गरेर अन्य तिर फाइदा हुन्छ भनेर धेरै तिर हात हाल्दा पक्कै पनि असफल भइन्छ । व्यवसायीले राजनीति भन्दा माथि उठेर काम गर्नु पर्छ । ग्राकहलाई भगवान् सम्झेर व्यापार गर्नु पर्छ । नाफा र घाटाकाे नामै व्यापार हाे । जुनसुकै पार्टी वा जुनसुकै मानिस भए पनि व्यवसायीलाई सहयोग गर्नु पर्छ । व्यापार व्यवसायीलाई यो पार्टीको वा यो अर्को आस्थाको भनेर बिल्ला भिराउने गर्नु हुँदैन ।

(१०) यस ठाउँमा व्यापार व्यावसायकाे समस्या र सम्भावना के कस्ता छन् ?

= पहिला आफै आत्मनिभर हुनु पर्छ । व्यवसायको समस्या व्यापारी आफैबाट सुरु हुन्छ । अर्को कुरा व्यापार चल्ने उपयुक्त स्थानको छनौट सही हुनुपर्छ । त्यसपछि मलाई लाग्छ व्यापार व्यवसायका लागि खासै समस्या छन् जस्तो लाग्दैन । सुन्दरहरैँचा नगरमा धेरै सम्भावनाहरु छन् । यस ठाउँका केही राजनीतिक व्यक्तित्व लगायत व्यापार व्यवसायीहरुले सहयोग गरेको पाहिन्छ । सानो उद्योग वा व्यापार भए पनि राम्रो काम मेहेनत पूर्वक गर्न सकेमा फाइदा हुन्छ ।

(११) यहाँको आगामी योजना के रहेको छ ?

= उद्योग वाणिज्य संघमा सानो पदबाट उपाध्यक्ष सम्म पदमा रही काम गरि सकेको व्यक्ति हुँ । मैले यस संस्थाको विकासको लागि धेरै कुराहरु गर्न सक्छु । उद्योग वाणिज्य सङ्घलाई नमूना बनाउनु पर्ने सवालमा काम गर्न सक्छु जस्तो लाग्छ । यहाँका सबै उद्योगी व्यापारीहरुले साथ सहयोग गरेमा अध्यक्ष भएर अझ राम्रो गर्न सक्छु । हिजो म सानो व्यवसाय गरेर आएको व्यक्ति हुँ । भर्खर मैले खोलेको आफ्नो उद्योगमा अझै रोजगारी बढाउन चाहन्छु । निरन्तर यस पेशामा लागिरहने छु । लक्ष्यमा पुग्ने मेरो धोको छ भन्न चाहान्छु ।
प्रस्तुति : मणिराम दाहाल

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…