माेरङकाे विराटचाेकमा सम्झनामा नारायणगाेपाल हुने

सुन्दरहरैंचा / माेरङकाे विराटचाेकमा १९ गते शुक्रबार नझरेका फूलहरुकाे आयाेजनामा तथा एवान पिजा हाउसकाे प्रस्तुतमा सम्झनामा नारायणगाेपाल कार्यक्रम हुने भएको छ । स्व. स्वर सम्राट नारायण गाेपालकाे स्मृतिमा हुने विशेष कार्यक्रम नेपालका लाेकप्रिय गायक राज सिग्देलकाे एकल प्रस्तुति रहने भएको छ । उनले नारायण गाेपालका एक दर्जन भन्दा बढी गीतहरु गाउँने भएका छन् ।

नझरेका फूलहरुकाे हरेक कार्यक्रमहरुमा कलाकार तथा स्रष्टाहरुलाइ सम्मान गर्ने गरिएको हुँदा यस पटककाे कार्यक्रममा लाेकप्रिय गायिका प्राश्ना शाक्यलाई नारायण गाेपाल स्मृति कार्यक्रममा सम्मान गरिने भएको आयाेजक टिमका केपि घिमिरेले बताए ।

नेपाली भाषा, कला,गीत संगित तथा साहित्यकाे उत्थान र संरक्षण साथै निरन्तरता दिने उदेश्यले कार्यक्रम आयाेजना गरिने कार्यक्रमका संयाेजक छवि वैरागी घिमिरेले बताए । उनले कार्यक्रमलाई सफल बनाउँन विभिन्न महानुभावकाे साथ सहयाेग रहेकोले अहिलेकाे अप्ठ्यारो परिस्थितिकाे मनन गर्दै कार्यक्रम समाजिक दुरि कायम गरि सिमित संख्यामा हुने उल्लेख गरे ।

कार्यक्रमकाे आरएनजी समूह विराटचाेक, गाेकुलम रिसाेट, राधाकृष्ण टे्डस, जय दुर्गे इलाेक्टाेनिक्स तथा महालक्ष्मी टे्डर्स, मार्वल एण्ड टायल्स विराटचाेक सहयाेगीका रूपमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित