चन्द्रमा जस्तै चम्किएका चन्द्र : उद्योग बाणिज्य महासंघको उपाध्यक्षमा चन्द्रको चर्चा

इटहरी । उद्योग बाणिज्य महासंघको निर्बाचन जति जति नजिकिँदै छ, त्यति त्यति चुनावी सरगर्मी समेत बढदो छ । कार्तिक मंसिरको चिसोमा पनि चुनावी सरगर्मीका कारण माहोल तातेको छ । चुनावी माहोल बढेसँगै उपाध्यक्ष पदमा चन्द्र ढकालको चर्चा पनि उत्तिकै बढेको छ । चन्द्रागिरीका सञ्चालक ढकालको चर्चा यतिबेला त्यो भन्दा अग्लो बनेको छ ।

बागलुङको अमलाचौरमा मध्यम वर्गीय परिवार उनको पहिलो पहिचान हो । २०२२ मा जन्मिएका उनै चन्द्रप्रसाद ढकालको यतिखेरको पहिचान भने सफल व्यवसायी । मध्यमवर्गीय परिवारको पृष्ठभूमी । उद्यमशीलताको यात्रा सामान्य छैन । साढे तीन दशकको हाराहारीमा चन्द्र यतिखेर मुलुकको आर्थिक मुहार फेर्ने गरी आफ्नो व्यवसायिक यात्रामा निरन्तर लागिरहेका छन् । भर्खरै उनले कोरोना संक्रमणमाथि बिजय प्राप्त गरे । कोरोनाले गालेको शरिर उसैमा कमजोर हुने नै भयो । तर, उनमा कोरोनासँगको संघर्षले झन् नयाँ पाठ सिकाएर उर्जा भरिदिएको छ ।

पछिल्लो पटक विश्वव्यापी फैलिएको महाव्याधीको सकसले कसलाई पो बाँकी राखेको छ र ? महाव्याधीको त्रासदीले एकतिर भौतिक रुपमा आक्रमण गरिरहेको छ भने, अर्कोतिर नियमित चलिरहेका उद्योग, व्यवसायलाई गहिरो खाल्डोमा पुर्दै छ । महाव्याधीको यो आक्रमणलाई जित्दै व्यवसायी ढकालको सातै प्रदेशमा चर्चा शुरु भएको छ । जिन्दगी जति भोगाई उति सिकाई । उनमा देखिएको निस्फिक्री साहसले ‘औंशीको रात चिर्ने चन्द्र’ जस्तै देखिन्छ ।

ढकालले देशका धेरै ठाउँमा हुने ठूला महोत्सव, मेलाहरु र राष्ट्र निर्माणमा गरिने कार्यक्रममा प्रायः प्रयोजकमा रुपमा आफ्नो कम्पनीहरुलाई जोडेकै हुन्छन । ढकाल एकल छैनन् । आफ्नो सिङ्गो परिवारलाई समाज सेवामा समर्पित गराउँछन् ।

उनको अनुभव गजबकै छ । यतिखेर उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको प्रत्यासी ढकाल भन्छन्– ‘म मात्रै सफल व्यवसायी भनेको सुन्दा झसङ्ग हुन्छु । तर, हामी सबै नेपाली सफल छौैं भन्ने लाग्छ ।’ साढे दुई दशकको व्यवसायिक यात्रामा उनको भोगाई जतिसुकै उतारचढाव होस्, तर उनी आफ्नो धरातल कहिल्यै विर्सिदैनन् । ढकाल भन्छन्– ‘म त्यही धरातलमै छु र जीवनका हरेक पलहरु त्यहीँ पाउँछु ।’ अमलाचौरमा उदाएको एउटा गाउँले ‘चन्द्र’को जिन्दगीलाई चन्द्रमाकोजस्तै चमक भर्न थोरै मेहनेतले भने पुगेको छैन ।

ढकालको सबै भन्दा ठूलो सफलता भनेको ‘सरलता (सिम्प्लिसिटी) हो ।’ समय र सरलता उनका परिचायक मापन हुन । बुवा भौतिक रुपमा महाप्रस्थान गरेपछि सोह्र वर्षीय किशोरको काँधमा आमा र साना भाइबहिनीको भविष्यसमेत थपियो । त्यो बेला यी किशोरको मष्तिष्कमा उम्लिएको सकरात्मक सोंचले उनलाई जिन्दगीभर मेहनत गर्न सिकायो । त्यही आत्मबल र परिश्रमले अहिले यो स्थानमा उभ्याएको छ । उनको यो आत्मबलले दशौँ हजार मानिसको सपना पुरा गर्दैछ । हजारौँ व्यक्ति प्रत्यक्ष–अप्रत्यक्ष रोजगारीमा संलग्न छन् ।

संघीय राजधानी काठमाडौं उपत्यकाको पश्चिम दिशामा उचाइ लिएको यो डाँडा । राशिले जुरायो वा संयोग उसैको नाम पनि चन्द्रागिरि । सररर केबुल कारबाट डाँडामा उक्लिएपछि जता हेर्नुस् । तपाईंका न आँखा चिम्लिन मिल्छ, न मन अघाउँछ । यतिबेला उनको यो देखिने परियोजनाको एउटा अंश हो । मेहनतको उचाइ र चन्द्रागिरिको उचाइबाट उनले बेला–बेला सोच्ने गर्छन्– ‘सानोमा खेलेको माटोको छिँडी, आँगन र करेसाबारीले हृदय छुन्छ ।

ढकालका जीवनमा कति प्रेरणादायी कथा बनेका छन् भन्ने चाख लाग्दा घटना छन् । ‘ढकालजीले मेहनेत गरेर कमाएको धेरथोर रकम खाल्डोमा पुर्ने भए’ विदेशिएका नेपालीको कमाई स्वदेश ल्याउन आइएमई स्थापना गरेर काम थाल्दाका उनीमाथिका आलोचना । ढकाल दाजुभाइप्रति आफन्त र साथीभाइका यी टिप्पणीले मन न घोँच्ने त कुरै भएन । तर, हरेस भने खाएनन्। हेरक कुरालाई सकारात्मक र अर्थसहित बुझ्न सरल व्यक्ति चन्द्र ढकाल उनताकाको ती शब्दले उनको मनमा सधैं बास गरेको छ । ‘हाम्रा आफन्त र शुभचिन्तकका सद्भाव नै हुन् ती बेलामा हामीलाई गरिएका आलोचना । अहिले पनि हामीले कुनै नयाँ कार्यको थालनी गर्दा यी शब्दहरु कानमा गुञ्जिन्छन’, हल्का मुस्कानमा ढकाल स्मरण गर्छन ।

ती शब्दले आज ढकालको उचाइ कहाँ पुग्यो ? सबै नेपाली जनजनको मन र मुखमा पुग्यो ‘बैंकबाटै विदेश तथा स्वदेशमा रकम पठाउँदा पनि आइएमइ गर्न हिँडेको या आइएमई गरेको भन्छन् ।’ यतिखेर नेपाल राष्ट्र बैंकमा नयाँ मनी ट्रान्सफरको अनुमतिपत्र माग्न जानेले ‘आईएमईको लाइसेन्स पाउँ’ भन्ने अवस्था सृजना भएको छ । हरेक व्यक्तिको सफलतामा साहयक को ? भन्ने स्वभाविक प्रश्न उठ्छ । ढकाल व्यावसायिक नेतृत्वमा अब्बल छन् । उनका सारथी हुन् भाइ हेमराज ढकाल । दुई भाइको पहलमा स्थापना गरिएको यो पहिलो कम्पनी । यतिखेर ‘मनी ट्रान्सफर’ क्षेत्रकै एक पर्यायको स्थान लिएको छ । यीनै उद्यमीको यो ‘इनोभेसन’ आज मुलुकमा खरबौँ रुपैयाँ भित्र्याउने संस्था बन्न पुगेको छ । जुन कार्य राष्ट्रका निम्ति गौरव गर्ने लायकको छ । ढकाल भन्छन– ‘नेपाली दाजुभाइले विश्वासकासाथ हामीलाई दिएको त्यो रकम । जसलाई हामीले जतनकासाथ उनीहरुका आमाबुबा, लालाबाला र समग्र आश्रित परिवारमा पुर्यायौँ । त्यही नै धेरै निमुखा नेपाली दाजुभाइ दिदीबहिनीहरुको वास्तवमा गाँस नै थियो । त्यो रकम त्यो परिवारको जीविकोपार्जन मात्रै बनेन ।

जसले नेपालको अर्थतन्त्रलाई उकास्न मेरुदण्डकै रुपमा रह्यो । त्यही पैसाले कैयौं व्यापार, उद्योगहरु सञ्चालन भए । जसका कारण हजारौँ नेपाली उद्यमी बने, बनिरहेका छन् ।’ साना–तिना व्यापारका लागि वित्तीय स्रोत, घरेलु उद्योगका लागि सिड मनी नै बनेको छ आइएमई । साना वा ठूला, घरेलु होस् वा मझौला अधिकांश उद्योग र व्यापार यही रेमिट्यान्सको जगमा उभिएका छन् । मुलुकको अगुवा रेमट्यिान्स कम्पनी ‘आईएमई’सँग सायदै कोही नेपाली नागरिक अपरिचित होलान् । ढकालको जीवनलाई फर्केर हेर्दा वाणिज्य बैंकको तल्लो तहको जागीर । २०४८ तिर सामान्य कोल्ड स्टोर र त्यसपछि कार्गो व्यवसाय । उनको व्यावसायिक यात्रा यहीदेखि शुरु भयो । यतिखेर ढकालका हातमा बैंक तथा वित्तीय संस्था, रेमिटेन्स, केबलकार, हाइड्रोपावर लगायत व्यवसाय छन् ।

व्यवसायका लागि कुनै दिनका ती दुःख बिर्सिनसक्नु छन् । १२–१३ लाख रुपैयाँ रकम अत्यावश्यक पर्दा आफैंले काम गर्ने बैंकबाट उनले ऋण नपाएका दिन छन् । वर्तमान समय उनी मुलुककै सबैभन्दा ठूलो बैंकको नेतृत्व गरिरहेका छन् । उनको परिश्रम सीमित छैन, अविश्राम छ । औंशीमा लुकेको जुनबाट पूर्णिमाको भरिलो जुन अर्थात् चन्द्रमा जस्तै चम्किएका चन्द्र ढकालको यी सफलताको कथामा उनिएको एउटै जवाफ छ– ‘लगाव, परिश्रम र इमान्दारिता ।’ एउटै व्यवसायले उनलाई छेक्न सकेको छैन । यात्रा निरन्तर छ । उनी २०७० को दशकको शुरुआतीदेखि केबलकारतर्फ आकर्षित भए । चन्द्रागिरि केबलकार । ढकालले आफ्नो व्यक्तित्व निर्माणमा गरेका संघर्षका सत्य कथाहरु धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन् ।

प्रतिक्रिया

सम्बन्धित