काेराेना कहरका बिच बैकल्पिक माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छाै : चन्द्रमणि राई

सुकुना बहुमुखी क्याम्पस बि.स २०४८ सालमा मानबिकी तथा सामाजिक शास्त्र सङ्कायको प्रमाणपत्र तह अन्तर्गत सुकुना माध्यमिक बिधालयबाट प्रारम्भ भएको हाे । यस क्याम्पस धेरै बिधार्थिहरुको ज्ञान आर्जन गर्ने मुख्य थलोका रुपमा परिचित छ । सुकुना क्याम्पस प्रदेश न १ काे ठूलाे तथा बहुचर्चित शैक्षिक संस्था पनि हाे । यस क्याम्पस सुन्दरहरैंचा नगर क्षेत्रकाे गहनाकाे रुपमा समेत परिचित छ ।

तराई खण्डकाे शान्त तथा सफा वातावरणमा अबस्थित यस क्याम्पस त्रिवि द्वारा सम्बन्धन प्राप्त मुलुकका सामुदायिक क्याम्पस मध्ये आफ्नो छुट्टै परिचय कायम गरेर गुणस्तरिय शिक्षा प्रदान गरि अगाडि बढ्न सफल भएको स्थानीयहरु बताउँछन् । बि.स २०७२ सालमा बिश्वबिधालय अनुदान आयोग (UGC)नेपाल बाट QAA: Quality Assururance and Accreditation प्राप्त गरिसकेको यस क्याम्पस UGC कै उच्च शिक्षा सुधार योजना (HERP: High Education Reform Project) भित्र रहि कार्य गर्दै आएको छ।

सुकुना क्याम्पसकाे निर्माणमा विभिन्न व्यातित्व तथा संङ्घ संस्था लगायत सरकारकाे समेत उल्लेखनीय भुमिका रहेको छ। सबै पक्षको अथक प्रयासबाट यो क्याम्पस आजको अवस्थासम्म आइपुगेको हाे । करिब ५ बिघा जमिन क्षेत्रफलमा भएको यस क्याम्पसमा विभिन्न विषयका उच्च शिक्षाकाे पठनपाठन हुने गरेकाे छ। क्याम्पसले स्नातक तहमा शिक्षा, ब्यबस्थापन ,बिज्ञान ,मानबिकी एबम स्नातकोत्तर तहमा शिक्षा तथा ब्यबस्थापन सङ्कायका कार्यक्रम सन्चालन गरेको छ। सेमेस्टर प्रणाली अन्तरगत ICTE र BBA का विषयहरु रहेका छन । ब्यबस्थापन विषयमा स्नातक तह MBS पनि सेमेस्टर प्रणाली लगायतमा आधारित रहेको छ ।

सुकुना क्याम्पस अहिलेकाे अवस्थामा भने काेराेना कहरका कारण थलिएकाे छ। हाल यस क्याम्पसकाे शैक्षिक तथा अार्थिक पक्षमा ठूलाे असर देखा परेर हजारौं विद्यार्थीकाे भविष्यमा प्रश्न चिन्न खडा भएको छ। नियमित रुपमा कक्षामा विद्यार्थी राखेर पठाउँन सकिने अवस्था छैन । अनलाइन कक्षाकाे माध्यमबाट पठनपाठनकाे कार्यलाई अगाडि बढाइएको छ । अनलाइन कक्षा सबैकाे परुच र सजिलोमा नभएको बुझिएको छ ।

त्रिविले काेराेना कहरका कारण नियमित रुपमा भर्ना परिक्षा लगायका सेडुलहरु निकाल्न सकेको छैन। यसकाे असर यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमा पनि परेको छ । सुकुना बहुमुखी क्याम्पसका प्रमुख चन्द्रमणि राई संग काेराेना कहरकाे परिस्थितिमा क्याम्पसकाे वर्तमान अवस्था , भावी याेजना तथा समसामयिक शैक्षिक विषयमा गरिएको भिडियो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…