आखिर कोरोनाले तोड्यो, ट्रम्पको घमण्ड !

आखिरमा ‘मै हुँ !’ भन्ने वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई पनि गत अक्टोबर १ का दिन ‘कोरोनाभाइरस पोजिटिभ’ देखियो । स्मरणीय के छ भने, वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प‘ले ‘कोरोनाभाइरस’लाई ‘चाइनीज भाइरस !’ भन्दै ‘गिज्याउँने, खिसीटिउरी !’ गर्ने गर्थे । यसले गर्दा नेपाली भनाइ वा भनौं उखान ‘पातालको राहू, आकाशको केतु, एकपटक नपरी कसरी चेतुँ !’ भन्ने उखान ट्रम्पले सम्झे होलान् ! किनभने, विश्व स्वास्थ्य संगठन (डब्लुएजओ) लगायत भाइरल रोग विज्ञहरुको भनाइलाई खिल्ली उडाउने र ‘कोरोनाभाइरस’लाई ‘चाइनीज भाइरस !’ भन्दै ‘गिज्याउँने, खिसीटिउरी !’ गर्ने ट्रम्पलाई पनि आखिरमा ‘कोरोनाभाइरसले’ छाडेन ।

अझ ट्रम्प महोदयलाई मात्रै नभएर उनकी श्रीमती अर्थात् प्रथम महिला मेलानिया ट्रम्पलाई पनि ‘कोरोनाभाइरस’ले छाडेन । अर्थात् मेलानिया ट्रम्प महोदयालाई पनि कोरोनाभाइरस पोजिटिभ’ देखियो । त्यसो त हाल प्रथम महिला मेलानिया ट्रम्पलाई ‘कोरोनाभाइरस पोजिटिभ’ देखिएपछि कहाँ उपचार गरिदैछ ? केही नखुलाइए तापनि अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई भने, मेरील्यान्डको बेथेस्डतस्थित वाल्टर रिड नेसनल मिलिटीरी मेडिकल सेन्टरमा थप उपचारका लागि भर्ना गरिएको समाचारहरु आएको छ ।

हुन पनि हाल अमेरिकामा ७५ लाख ५० हजार चानचुन मानिसहरु कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने, २ लाख १३ हजार ५ सयभन्दा बढीले आप्mनो अमूल्य ज्यान गुमाई सकेका छन् । त्यस्तै ७५ लाख ५० हजार चानचुन संक्रमितमध्ये ४७ लाख ७७ हजार चानचुन निको भएर घर फर्केकाहरु पनि छन् ।

निनाम कुलुङ ‘मंगले’

स्मरण रहोस्, यसअघि विभिन्न विदेशी न्युज एजेन्सीहरुले प्रकाशित गरेको समाचारअनुसार अमेरिको न्यु योर्कको ‘ब्रोङ्कस चिडियाखाना’को बघिनी (पोथी बाघ) मा समेत (कोभिड–१९) को संक्रामक भाइरस देखा परेको थियो । सो समाचारमा जनाइएअनुसार ४ वर्षीया सो बघिनीले लगातार सुक्खा खोकी खोक्न थालेपछि पशु चिकित्सकहरुले सो बघिनीको स्वास्थ्य परिक्षण गरेका थिए । सो बघिनीमा (कोभिड–१९) को संक्रामक भाइरस छ कि ? भनी शंका कै भरमा जाँच गर्दा अनपेक्षित रुपमा सो बघिनीमा समेत (कोभिड–१९) को संक्रामक भाइरस देखा परेपछि सो चिडियाखानामा रहेका अन्य बाघ र सिंहको पनि नमुना परिक्षण लिइएको थियो । तर, सो बारे थप समाचार भने आएन । तापनि सो चिडिायाखानालाई तत्कालै पूर्ण रुपमा बन्द गरिएको थियो । यसरी हेर्दा घटना सामान्य झै लागे पनि (कोभिड–१९) को संक्रामक भाइरसले अमेरिकामा बाघ, बिरालो र कुकुरलाई समेत छाडेन ! भने, राष्ट्रपति डोनाल्ड जे ट्रम्प महोदयलाई भने (कोभिड–१९) को संक्रामक भाइरसले छाड्ला त ? भनी यो पंक्तिकारले त्यो वेला नै एक लेख लेखेको थियो । आखिर ….

अहिले विश्वभरि फैलिएको महामारी भाइरस (कोभिड–१९) को संक्रामक भाइरस सुरुमा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा मात्रै पैmलदै गर्दा ट्रम्प महोदयले चाइनीज भाइरस ! भन्दै ख्याल–ठट्टाका रुपमा लिदै हाँसी–मजाक गर्दै थिए । जे भए तापनि यो भाइरसको संक्रमण अहिलेसम्म २१५ देशमा पैmलिएको छ भने, संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ लाई विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी गएको मार्च महिनाको सुरुमै घोषण गरेको हो ।

यसरी हेर्दा चीनबाट फैलिन सुरु भएको नोबेल कोरोनाभाइरस (कोरोनाभाइरस डिजिज–१९, कोभिड–१९) नामक संक्रामक रोगले आजका मितिसम्म विश्वका ३ करोड ४८लाख ३६ हजार ३०० भन्दालाई आक्रमण गरेको छ अर्थात् बिरामी बनाएको छ भने (कोभिड–१९) कै कारण हालसम्म विश्वका विभिन्न देशका लगभग १० लाख ३३ हजार ३०० भन्दा बढी मान्छेहरुले आफ्नो अमूल्य ज्यान गुमाएका छन् ।

त्यस्तै २ करोड ५८ लाख ९८ हजारभन्दा बढी मान्छेहरु पूर्ण रुपमा निको भएर÷उपचार गराएर आ–आफ्नो घर फर्की सकेका छन् । यो तथ्यांक सन् २०२०, अक्टोबर ३, ग्रिनविच मिन टाइम (जिएमटी) ०५ः२२ सम्मको हो । स्मरणीय छ, सन् २०२०, मार्च २७, ग्रिनविच मिन टाइम (जिएमटी) ०२ः०२ बजेसम्म विश्वका विभिन्न देशमा ५ लाख ३१ हजार ८ सय चानचुन मानिसहरु मात्रै बिरामी भएका थिए । सुरुमा चीनमा मात्रै ‘नोबेल कोरोनाभाइरस डिजिज–२०१९’, (कोभिड–१९) रोग फैलदा केही देशले खुच्चिङ भने झै गरेका थिए । तर, आज तिनै देशहरुलाई नै ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’, (कोभिड–१९) को संक्रामक रोगको भाइरसले बढी ग्रस्त बनाएको छ, जनधनको बढी क्षति गराएको छ । अझ अमेरिका त विषय विज्ञहरुले आँकलन गरेको भन्दा बढी मानिसहरु बिरामी भएका छन्, मरेका छन् । गएको अप्रिल मध्य–अन्त्यदेखि नै (कोभिड–१९) को संक्रामक भाइरसको महामारीले आक्रमण गरेको देशहरुमध्ये विश्वकै पहिलो अर्थात् फस्र्ट ! हुँदै आएको छ ।

तर, केही देशहरुले भने, आफ्नो देशमा (कोभिड–१९) को महामारी सकेसम्म नफैलियोस् भनी आप्mनो देशमा (कोभिड–१९) को लक्षण देखापर्ने बित्तिकै भविश्वलाई दृष्टिगत गरी पहिले नै सक्दो सावधानी अपनाएका थिए । त्यसले गर्दा हालसम्म पनि ती देशहरुमा (कोभिड–१९) को संक्राकम भाइरसको महामारीले खासै सताएको छैन । अथवा तुलनात्मक रुपमा हेर्दा ती देशहरु जसले (कोभिड–१९) को संक्राकम भाइरस सकेसम्म रोक्ने प्रयास गरे ती देशमा कम असर परेको छ । यस्तो देशमा खास गरी सिंगापुर, दक्षिण कोरिया, कतार, जर्मनी, फ्रान्स, अष्ट्रिया, डेनमार्क, स्वीडेन, माल्दिभ्स, चीन, इरान, क्युबा, भुटान आदि देशहरु पर्छन् ।

जस्तो सिंगापुरलाई नै लिऊँ । जसले वेला छँदै (कोभिड–१९) को संक्रामक भाइरस आफ्नो देशमा व्यापक रुपमा फैललिनुभन्दा अघि नै पाइला चाली हालेकोले गर्दा विश्वकै पर्यटकीय केन्द्र, व्यापारिक केन्द्र र आर्थिक कारोबारको केन्द्र (हब) भएर पनि सिंगापुरमा (कोभिड–१९) को संक्रमाक भाइरसले धेरै ठूलो रुपमा टाउको उठाउन पाएन । हुन पनि सिंगापुर, भुटान, कतार, दक्षिण कोरिया, स्वीडेन, भियतनाम, डेनमार्क आदि देशले ‘भविश्वलाई दृष्टिगत गरी सकेसम्म पहिले नै सावधानी अपनाएका थिए ।

त्यसो त सिंगापुर जस्तो विश्वकै पर्यटकीय केन्द्र, व्यापारिक केन्द्र र आर्थिक कारोबारको केन्द्र भएको देश र भुटान, कतार, दक्षिण कोरिया, स्वीडेन, भियतनाम, डेनमार्क आदि देशहरुले पनि (कोभिड–१९) प्रति हेलचेक्र्याईँ गरेको भए वा केही होइन ! भनेझै गरेर बसेको भए (कोभिड–१९) का कारण बिरामी हुने र ज्यान गुमाउने देशहरुको लर्कोभित्र कम्तिमा ८ औं, ९ औं, १० औं, भित्र पर्न सक्थे । तर, हालसम्म पनि सिंगापुरमा (कोभिड–१९) रोगको संक्रमणका कारण २७ जनाले मात्रै ज्यान गुमाएका छन् भने, सिंगापुरमा ५७ हजार ७९७ जना कोरोना पोजिटिभ छन् ।

उता सार्क राष्ट्र भुटानमा पनि गत मार्च ६, सन् २०२० सम्ममा ‘नोबेल कोरोनाभाइरस (कोभिड–१९) को भाइरसको संक्रमण’ पहिलोपटक देखा परेको थियो । ६ मार्च, सन् २०२० मा भुटान भ्रमण गर्न आएका अमेरिकी पर्यटकमा पहिलोपटक ‘नोबेल कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण’ देखा परेको थियो । त्यसको ६, ७ घण्टामै भुटान सरकारले ती अमेरिकी पर्यटक कहाँ–कहाँ गए ? कस–कसलाई भेटे ? सोधखोज गरेर ती पर्यटकसँग सम्पर्कमा आएका सबैलाई लगेर क्वारेनटाइनमा राख्यो । फलतः भुटानमा (कोभिड–१९) को भाइरसका कारण संक्रमितको संख्या हालसम्म २८३ जना मात्रै रहेको छ भने १ जनाको मृत्यु भएको छ । हुन पनि भुटानमा गत अप्रिल महिनाको अन्त्यसम्ममा पनि (कोभिड–१९) को संक्रमणका कारण कसैको पनि मृत्यु भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित