महिलाले कसरी क्याम्पस चलाउन सक्छे हाेला भनेकाे सम्म सुनेकी छु : प्रा.डा. अधिकारी

इटहरी / काेराेना महामारीले बन्द भएका सबै क्षेत्र बिस्तारै चलायमान र गतिसिल भइरहेका छन् । काेराेना महमारीले प्रभावित बनाएका क्षेत्र आफ्नाे लयमा फर्किने प्रयास गरिरहेका भए पनि शैक्षिक क्षेत्र कहिलेबाट चलायमान हुने निश्चित छैन् ।

अहिले विद्यालय तथा क्याम्पसहरूले वैकल्पिक विधिकाे प्रयाेग गरी पठनपाठन शुरू गरेका छन् । यसै बिचमा केहि शैक्षिक संस्थाले भने नियमित पठनपाठन समेत शुरू गरेका छन् । यसै अवस्थामा इटहरीमा रहेकाे जनता बहुमुखी क्याम्पसले अनलाइन कक्षा संचालन गरिरहेकाे छ । यसै सेराेफेराेमा रहेर जनता बहुमुखी क्याम्पस इटहरीकी नवनियुक्त क्याम्पस प्रमुख प्रा.डा. गिता अधिकारी संग गरिएकाे कुराकानिकाे सम्पादित अंश

काेराेना भाइरसकाे संक्रमणले शैक्षिक गतिबिधिमा के केस्ता प्रभाव पारेकाे छ ?

लकडाउन शुरू हुदा विद्यालयतहका सबै परिक्षा सकेर विदा दिइएकाे भए पनि कलेजमा त्याे अवस्था थिएन् । काक्षा ११र १२ काे पठनपाठन सकेर परिक्षाकाे तयारी भएकाे थियाे त्याे पनि राेकिएकाे छ । स्नातकोत्तर तहका पनि कतिपए परिक्षा हुदा हुदै राेकिएका छन् । अरू सबै क्षेत्र प्रभावित भए पनि शैक्षिक क्षेत्र सबै भन्दा धेरै प्रभावित भएकाे छ । र अब कहिले सम्म हाे भन्ने समेत अनुमान गर्न सकिएकाे छैन् ।

क्याम्पसमा विद्यार्थी भेला पारेर पठपाठन गर्ने अवस्था छैन्, अब कुन रूपमा अगाडी बढ्न सकिएला ?

अबकाे बिकल्प भनेकाे वैकल्पिक बिधि नै हाे । छठ पछि राेकिएका परिक्षा संचालनकाे तयारी भएकाे भए पनि विद्यार्थी भेला पारेर पढाउने अवस्था छैन् । अब केलजले पनि अनलाइन कक्षा शुरू गरेकाे छ । अब प्रबिधिकाे प्रयाेग गरेर अगाडी बढ्नु पर्छ । अब विद्यार्थी पनि प्रबिधिकाे नजिक हुनु पर्छ । अहिले नेपाल टेलिकमले बिभिन्न छुट ल्याएकाे छ । विद्यार्थीहरूले त्यसकाे प्रयाेग गर्नु पर्छ । अबकाे आवश्यकता नै त्यहि भए पछि जसरी भए पनि त्यसकाे पहुचमा आउनु पर्छ । हामिले अध्यानरत विद्यार्थी र भर्ना गरेका नयाँ विद्यार्थीलाइ अनलाइन कक्षामा समावेस गराएका छाैँ ।

नवनियुक्त प्रमुखकाे हुनुहुन्छ, यहाँ सम्म आइपुग्न गरेका संघर्षलाइ कसरी सम्झनु हुन्छ ?

म शुरूमा मानविकि संकाय हेर्ने साथै +२ काे संयाेजलाइ सहयाेग गर्ने गरी जिम्मेवारीमा थिए । पछि २०६७ सालबाट सहायक क्याम्पस क्याम्पस प्रमुख भए । याे १० बर्षकाे अवधिमा मलाइ धेरै अनुभव भयाे । सहायककाे सिनिएर क्याम्पस प्रमुख हुने चलनले म प्रमुखकाे भए । याे बिचमा हात तानेर माथि लग्ने भन्दा नि खुट्टा तानेर तल झार्ने पनि समाजमा नभएकाे हैनन् । एउटा महिलाले कसरी क्याम्पस चलाउन सक्छे हाेला भनेर पनि कुरा गरेकाे सुन्थे । तर माेराे अगाडी तैले सक्दिनस् भनेर भन्ने आट चै सकैले गरेनन् । मैले ति मेरा चुनाैति सम्झेर काम गरे । त्यसैले अहिले प्रमुखकाे जिम्मेवारी दिइएकाे छ ।

महिला भएकै कारण अवसरबाट बन्चित भएकाे कुनै घटना छ ?

अहिले सम्म त्यस्ताे चै भएकाे छैन् । मैले आफै प्रयास नगर्नु अर्कै कुरा हाे तर प्रयास गरेकाेमा त्यस्ताे छैन् । घरबाट पनि तिमि बुहारी है तिमिले गर्नु हुदैन् भनेर कहिलै भन्नु भएन् । माइतिघरबाट सधै सहयाेग भयाे । श्रिमानले पनि सधै सहयाेग नै गर्नु भयाे । मेराे बुवा हुनु हुन्थ्याे म क्याम्पस प्रमुख भएकाे सुनाउन त पाइन् तर उहाँले सधै मलाइ हाैसला दिनु हुन्थ्याे । उहाँले सधै भन्नु हुन्थ्याे छाेरी मान्छले आफु निर्भर हुनु पर्छ त्यसले गर्दा पनि म यहाँ सम्म आइपुगेकाे छु ।

अन्त्यमा: व्यक्तिगत कुरा क्याम्पस सग जाेडेर बदनाम गरिन्छ नि, ठिक कि बेठिक ?

याे त गलत हाे, अहिले भर्खरै पनि एउटा बिषयले कलेज विवादित भयाे । प्राध्यापक जस्ताे मान्छेले के गर्ने नगर्ने जान्नु पर्छ । कलेजमा आवद्ध सबैले बुझ्नु पर्छ, आफुले कति सम्म गर्न हुन्छ भनेर । त्यसैगरी मिडियाले पनि यसरी कलेजकाे नाम हाल्न हुने नहुने बुझ्नु पर्ने हुन्छ । याे क्यम्पसकाे कतै पनि बदनाम नहाेस्, त्यसकाे लागि सबै जिम्मेवार हुनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…