कबिता : कोरोना

हरीचन्द्र ढकाल

 

कस्तो अदृश्य शक्ति जन्मिएर संसारलाई पिर्यो

कोरोना नामको भस्मासुर कसरी मानब बस्तिमा छिर्यो ?

डर त्रास कस्ट पीडामा बित्तदैछ घड़ी र पला

यो बेदनाको बखतमा जन हो आफुलाई सम्हाल ।

न परिभाषित गर्न सक्यो बिज्ञानले न सक्यो शास्त्रले

कस्तो भयंकर दानब रहेछ यो ढल्दैन क्षेप्यास्त्रले।

प्रकाशको बेगमा यहाँ त्यहाँ नभनी गाऊँ शहर फैलियो

एकाएक सारा जगतलाई यसले पिंजड़ा बनाई दियों ।

छेकिन्न कुनै काडेतारले न रोकिन्छ पर्खालले

न सक्छ बिपक्षीले तह लगाउन न कुनै सरकारले ।

लाखौं जिउदो शरीर क्षणमा बनाउदईछ एकै चिहान

सधै अन्धकार कहा रहला पक्कै आऊनेछ बिहान।

आत्मबल दर्हो बनाई यसलाई सक्नु पर्छ पचाउन

यस्तो राक्षस संग देबताले पनी सक्कदैंनन बचाउन।

अब त जोड घटाऊँले पनी मिल्दईन संसारकों क्षती

आशा छ यसको बिनाश गर्न छिटै आऊनेछ ओखती

आजभोली नै सकीएला भन्ने कुनै देखिएन संभाबना

कयौ ब्यबधान झेलेर पनी दुनियाले गरनै पर्छ सामना ।

आक्रान्त मानब सृस्टीमा कुनै दिन भई जावस टुनामुना

श्रापै लागोस दुनियाबाट छिटै बिलाई जा कोरोना ।।

श्रापै लागोस दुनियाबाट छिटै बिलाई जा कोरोना ।।।

हरीचन्द्र ढकाल, धनकुटा

(सशस्त्र प्रहरी निरीक्षक)

प्रतिक्रिया

सम्बन्धित