परिक्षण नै काेराेनाकाे उपचार हैन : उपमेयर गाैतम
इटहरी / काेराेना भाइरसकाे संक्रमण विश्व भर अहिले पनि तिव्र रूपमा बढि रहेकाे छ । नेपालमा समेत यसकाे संक्रमण फैलिरहेकाे छ । सुनसरीकाे इटहरीमा दैनिक रूपमा संक्रमण फैलिरहेकाे छ । बुधबार मात्रै इटहरीमा ५८ जनमा संक्रमण पुष्टि भएकाे छ । काेराेना नियन्त्रणका लागी इटहरीकी उपमेयर लक्ष्मि गाैतमले गरेका कामहरूले विभिन्न चर्चा पाउने गरेकाे छ ।
नेपालमा संक्रमण देखिएकाे सुरूकाे अवस्थामा क्वारेन्टाइन निर्माण देखिनै चर्चामा आएकी गाैतम पछिल्लाे समय संक्रमितलाइ घरघरमा पुगेर भट्ने देखि गुर्जाे संकलन गरेकाे कुरामा चर्चामा छिन् । त्यसै गरी केहि दिन पहिले उनी सँग जाेडिएर एउटा भिडियाे सर्वजनिक भएकाे छ । उनले सेटिङमा आफ्ना मान्छे राख्न खाेजेकाे आराेप लगाउदै भिडियाे सार्वजनिक गरिएकाे छ । उनले भने त्याे आराेपकाे खण्डन गरेकी छन् ।
यिनै बिषयमा केन्द्रित भएर उपमेयर गाैतम सँग गरिएकाे अन्तरवार्ताकाे सम्पादित अंश ।
इटहरीमा काेराेना महामारी कुन अवस्थामा छ ? हामि नियन्त्रण गर्न सक्छाै त ?
हामिले परिक्षण गरेकाे संख्या हेर्दा र समुदायमा गरिएका नमुना परिक्षणमा समेत संक्रमण देखिएकाले बाहिर आएकाे रिपाेर्ट भन्दा संक्रमण बढि छ भनेर अनुमान गर्न सकिन्छ । कतिपयले परिक्षण गर्न डराएकाे अवस्था छ, कति ठाँउमा हामि पुग्न सकेकाे अवस्था छैन् । त्यसैले अवस्था देखिए भन्दा जटिल छ । नियन्त्रण गर्न कठिन छ ।
काेराेना नियन्त्रणका लागि इटहरी उपमहानगरपालिकाले के के गरिरहेकाे छ ?
पहिलाे कुरा हामि परिक्षण बढाउने काममा केन्द्रित भएर लागेका छाै । अहिले दुइ वटा समुहलेकाे परिक्षणालाइ तिव्रता दिएका छन् । त्यस्तै अहिले आइसाेलेशन निर्माणकाे काम पनि भइरहेकाे छ । करिब एक हप्तामा इटहरीमा १०० बेडकाे सुबिधा सहितकाे आइसाेलेशन तयारी हुन्छ । लक्षण नदेखिएका संक्रमितलाइ राख्न गरिकाे मापदण्डमा आइसाेलेशन निर्माण भइरहेकाे छ । समुदायमा अझै पनि काेराेना महामारीलाइ नबुझेकाे अबस्था छ । हामि जनचेतनाकाे काममा पनि लागि रहेका छाैँ । हामि हाम्राे स्राेत साधनले सकेकाे गरिरहेका छाैँ ।
इटहरीका बजार खाेल्ने कुरा चलिरहेकाे भन्ने सुनिन्छ यसकाे बास्तविकता के हाे ?
सधै बजार बन्द गरेर हुदैन । हिजाे संघिय सरकारले लकडाउन खाेले पछि पुराै बजार खुले लकडाउन हुनु भन्दा पहिले कै जस्ताे अवस्था देखियाे तर अब त्यसरी बजार खाेलियाे भने अबस्था झन खराब हुन्छ । त्यसैले हामि स्थानिय मापदण्डकाे तयारीमा छाै । ठाँउ अनुसारकाे बिशेषता फरक हुने रहेकाले सबैले बुझ्ने खालकाे स्थानिय मापदण्ड तयार भए पछि बजार केहि खुकुलाे हुन्छ । तर लकडाउन खुलाे भनेर बिना मापदण्ड सबै खाेलिदैन् ।
इटहरीले आफ्नै पिसिआर मेसिन खरिद गर्ने बिषयमा के साेचिरहेकाे छ ?
हामि अहिले पिसिआर मेसिन खरिद गर्ने पक्षमा छैनाैँ । परिक्षण नै उपचार पनि हैन् । अहिले परिक्षण गरिरहेका ल्यावले तपाइहरूले पठाएकाे नमुना परिक्षण गर्न सक्षम छाै भनिरहेका छन् । त्यसैले अहिले त्याे आवश्यक पनि नहाेला । भाेलि आवश्यक परेछ भने नगरपालिका त्यसका लागि पनि तयार नै छ तर अहिले कुनै तयारी छैन् ।
तपाइ सग जाेडिएर एउटा भिडियाे सार्वजनिक भएकाे छ, त्यसकाे वास्वबिकता के हाे ?
मलाइ बदनाम गराउने नियतका साथ इडिट गरेर त्याे भिडियाे बाहिर आएकाे हाे । सरूवा भएका तत्कालिन प्रमुख प्रशासकिय अधिकृतकाेले जाने बेलामा काेराेना महामारीले स्थगित भएकाे परिक्षा संचालन गरेर आफ्ना मान्छे राख्न खाेजेका रहेछन्, त्याे मैले हुन नदिएकाे हाे । मेराे भनाइ यत्ति हाे कि १५ बर्ष देखि कार्यरत कर्मचारीहरु निकाल्ने र सेटिङ मा आफ्ना मान्छे नियुक्ति गर्ने योजना रहेछ त्याे सफल हुन दिइन् । मैले एक कर्मचारीलाई उपप्रमुखको नाताले जो हिजो देखि यहाँ दुख गरेर भोलिन्टिएर गरेर काम गरिरहेका कर्मचारी छन तीनलाई निकाल्न पाइन्न तिनीहरु पर्नु पर्छ भनेकी छु । गलत काम आफू नगर्ने र अरुलाइ पनि गर्न नदिने तपाईंहरु माझ मा जुन प्रतिबद्धता गरेकी थिए त्यसै को एक नमुना हो ।
प्रतिक्रिया