देश कोरोनाको महामारिबाट छट्पट्टाइरहेको छ

अहिले हाम्रो देश र यहाँको परिवेश कोरोनाको महामारिबाट छट्पट्टाइरहेको छ । बिश्वको सास कोरोनाले थुनीदिएको अवस्था छ । मानव जगतमा यस्तो महामारी पहिले पनि आएका थिए हाेलान् । र भविस्यमा पनि कोरोना भन्दा भयानक महामारी नाआउला भन्न सकिन्न । आज भन्दा एक सताब्दी अघि स्पानीस फ्लू नामक महामारीले पनि विश्व जगतलाई नि सन्देह मर्माहित बनाएको थियो । केही वर्ष अघि मात्रै आएको इबोला भाइरसले सम्पुर्ण प्राणीलाई जिवन के हो ? र यस्को सार्थकता के ? भन्ने विषयमा ठूलो प्रश्न चिन्ह तेर्साएको थियो । साचै पनि यो महामारीको क्षणमा जिवन पैसा कहलिने केही कागजका खोस्टा भन्दा माथी रहेकाे र एकअर्काको साथ, स्वच्छ हावा पानि र स्वस्थ शरिरले पैसाको परिभाषालाइ उछिनेकाे छ ।

तर हालको अवस्थामा सरकार अभिभावक भन्दा अहिले कोभिडले दिएको जिवनको परिभाषालाई उल्ट्याएर पैसा नै जीवन हो भन्दै भ्रष्टाचारमा तल्लिन भएकाे देखिन्छ । सरकार भनेको देशको अभिभावक हो, म विरामी पर्दा वा मलाइ संकट पर्दा मेरो बुवा आमाले मलाइ बेवास्ता गरेर मलाइ उपचार गर्दा के फाइदा हुन्छ ? भन्ने सोच्नुहुन्छ भने वहाँ मेरो अभिवावक भन्दा पनि एउटा दलाल मात्र हो, आज सरकारले विभिन्न सामग्रीको भ्रष्टाचारबाट जनताको दलाली गरेको अभाष हुन्छ । अहिलेको विषम परिस्थितिमा नपोल्ने मन अभिवावकको नभाइ कसाइको मन भनी म लागायत हामी युवाको धारणा छ ।

देशको अर्थतन्त्रको मेरुदण्डमानिने व्यापारीलाई निरुत्साहित गर्ने आर्थिक प्याकेजले माहामारिमा ब्यापारीमा महामारेको छ। पहिल्यै करको मार थोपर व्यापारीलाई सास फेर्न न देको सरकारको अनावश्यक लकडाउनले ब्यापारीको घाँटी दबाउने काम गरेको छ। हालको अवस्थामा लकडाउन भन्दा फरक कदम चाल्दै स्वास्थ अवस्थाको सुधार गर्न ventilator सहित थप स्वास्थ सामग्रीको उपलब्धता बढाउदै सरकारले सबैलाइ आत्मसात गरेर सबैले सिरोधार्य गर्ने कदम चालेर यो मेरो पनि देश हो र यो मेरो पनि सरकार हो भन्ने बनाउनु पर्छ।
प्रमिला ढकाल (एरिका)
युवा नेत्री

प्रतिक्रिया

सम्बन्धित