दशैँको आशिर्वाद : डाक्टर नबनेस बाबु !


डा. बिपेश आचार्य
पुर्वन्चल बिश्वबिधालय शिक्षण अस्पताल निर्देशक, सुन्दरहरैंचा-७, गोठगाउँ
काेराेनाकाे कहरले विश्व भरी नै तहल्का मच्चिएकाे याे समय मानव जातिले कहिल्यै पनि बिर्सदैन हाेला । हरेक १०० वर्षमा देखिदै अाएका यस्ता माहामारीले अहिले टाेल समाजमा चर्चा बटुलिरहेकाे छ । अहिले सम्म सुनिएकाे हरेक १०० वर्षमा पुष्टी भएका यस्ता विश्व महामारी सायद अबकाे केहि वर्ष हरेक टाेल, समाज, देशमा चर्चाकाे विषय बनेकाे छ । हल्लै हल्ला बाट सुरू भएकाे काेराेना महामारीका कारण नेपालमा यस वर्षकाे वडा दशै, तिहार, तथा छठ जस्ता चाँड पर्वमा पनि खुसी र उमंग अाउने छाँटकाँट देखिदैन ।

काेराेना संक्रमण अनि मृत्युदर दिनानुदिन बढिरहेकाे याे विषम परिस्थीतिमा चाँड पर्व मनाउनै पर्छ भन्ने छैन तर लकडाउनले गर्दा घर परिवारमा बस्ने मौका पाएका केहि परिवारहरूले बल्ल बल्ल पाएकाे याे माैका चाँड पर्व नमनाउने त कुरै भएन । यसपालिकाे दशैमा हाे मलाई अलि अनाैठाे हुनछ कि भन्ने लगिरहेकाे छ ।

हाम्रा माननीयहरूले टिका लगाइदिएपछि सबैले अा अाफैनाे घरमा टिका लगाउने गरेका बडा दशैमा अाफन्तजनले हामीलाई ठुलाे भएर डाक्टर भएस्, इन्जिनियर भएस्, भनेर अाशिर्वाद दिएकाे थाहा नै हाेला । हामी पनि मामा घरमा मलाइ त यसाे भनेर अाशिर्वाद दिए भनेर फुर्रङ्ग हुन्छाै । र पछि गएर डाक्टर नै बन्छाै भनेर लक्ष्य पनि निर्धारणा गर्छाै । तपाइलाई थाहा छ डक्टर बन्न एउटा विद्यार्थीकाे अाधा जीवन त मिहेनत र संङर्ष गरेर नै बित्छ । तर अहिले हेर्नेहाे भने नेपालमा मात्रै हैन विशवमै चिकित्सक पेसाकाे कदर दिनानुदिन घट्दै गइरहेकाे छ । दिनरात विरामिकाे सेवा गर्ने चिकित्सक प्रतिकाे व्यवहार अमर्यादित बन्दै गइरहेकाे छ ।

अस्पताल ताेडफाेड गर्ने, चिकत्सक लाइ मारपिट गर्ने घटना संधै जसाे सुन्न अनि पढ्न पाइन्छ । झन् याे काेराेना विश्वमहामारिले त हाम्राे समाजमा प्रत्येका स्वस्थ्यकर्मी त्यसमा पनि चिकित्सक नै एउटा काेराेना भाइरस हाे कि जस्ताे गरी व्यवहार गर्छ । यस्ताे देख्दा त याे पेसामा अाउने भुल किन गरेछु भनेर कैयाै चिकित्सकहरू पछुताइरहेका छन् । अामा बुबाले पनि अाफ्नाे छाेराछाेरी लाइ डाक्टर भएस् भनेर किन अाशिर्वाद दिएछु भनेर पछुताइरहेका छन् हाेला । सबै पेशाकाे अा अाफ्नाे महत्व हुन्छ । सबै पेसाकाे सम्मान गराै, साेँच बदलाैँ, मानव बनाैँ, यस काेराेना महामारी बाट अाफु पनि बचाैँ अरूलाइ पनि बचाअाैँ, काेरोना भाइसर लाइ जुटेर हैन छुट्टिएर परास्त गराैँ ।

प्रतिक्रिया

सम्बन्धित